
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ कात्तिक । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । यहाँको उत्पादन युरोपका विभिन्न…
झापा, २१ कात्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् । आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका…
झापा, २१ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाको पूर्वतयारी योजनाबद्ध रूपमा भइरहेको बताए। निर्वाचन सुरक्षामा कुनै त्रुटी नहुने गरी तयारी भइरहेको बताउँदै पोखरेलले भने, “लोकतन्त्रमा आफ्नो फरक मत राख्न पाउने भए पनि जनताको मताधिकार…
चन्द्र बस्नेतकनकाई, २१ कात्तिक । झापाको कनकाई नगरपालिका सुरुङ्गा स्थित एक तिन तल्ले घर डोजर लगाएर भत्काइएको छ । सुरुङ्गादेखि भारतको सिमाना सम्म जोडिने अमरपथ सडक निर्माण भइरहेको र उक्त सडक क्षेत्र भित्र बनेका भौतिक संरचनाहरू हटाउने क्रममा नगरपालिकाले आज उक्त घर डोजर लगाएर भत्काई दिएको हो । गत वर्ष नै सडक क्षेत्र भित्र परेको संरचना हटाई दिन घरधनीहरूलाई नगरपालिकाले आग्रह र अनुरोध गरेको थियो । सो क्षेत्रमा दर्जनौं घरहरू सडक क्षेत्रमा परेका थिए अरु घरधनीहरुले आफै आफ्नो घरहरू सडक बाट हटाएको तर घर धनी पदम प्रसाईँले अटेर गरेर नगरपालिकालाई मुद्दा हालेका थिए । अदालतले घरधनी प्रसाईँलाई सडकमा परेको घर…
कनकाई, २१ कात्तिक । झापा क्षेत्र नम्बर ४ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार देउमान थेवेले आफूलाई यस क्षेत्रका सबै समस्याहरुका वारेमा जानकार भएकोले निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधानका लागि प्राथमिकताका आधारमा लागिपर्ने बताउनुभएको छ । झापा सुरुङ्गास्थित जुकेकल्भटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थेबेले यहाँको विकास र उन्नति कसरी गर्नुपर्छ यहाँका बाटाहरुलाई कसरी स्तर उन्नति र पिच गर्नुपर्छ, शिक्षण संस्था र स्वास्थ्यका समस्याहरु के कस्ता रहेका छन । भन्नेकुरा आफुलाई राम्ररी थाहा भएको भन्दै जनताले आफुलाई समस्याका वारेमा जानकारी नगराईकन सिलसिलेवर रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । थेबेले भन्नुभयो, ‘यी र यस्ता समस्याहरु मैले पनि भोगिरहेको हुँदा समस्या सुन्नेलाई…
भद्रपुर, २० कात्तिक । निर्वाचन आचार संहिता विपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिड्ने गरेको पाइए पनि निर्वाचन आयोगले झापामा कारवाही चलाउन सकेको छैन । निजामती सेवा, सरकारी संस्थान तथा सरकारी विद्यालय महाविद्यालयमा शिक्षण पेशामा सरकारी कर्मचारीका रूपमा कार्यरत अधिकाम्स कर्मचारी खुलेरै भोट मागिरहेको भए पनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको पाइएको हो । निर्वाचन आचार संहिता उलंघमा नेकपा एमाले सम्बद्ध कर्मचारी बढी सकृय पाइएको छ भने नेपाली काँग्रेस, मओवादी केन्द्र र राप्रपा संबद्ध कर्मचारी पनि भोट माग्न हिड्ने गरेको पाइएको छ । पछिल्लो पटक झापा क्षेत्र नम्बर १ र ३ का नेकपा एमाले राप्रपा गठबन्धनको उम्मेदवारलाई जिताउन भन्द्र घरदैलो…
भद्रपुर, २० कात्तिक । झापा भद्रपुर नगरपालिकाका खानेपानी उपभोक्ताले आज शुद्ध खानेपानीको माग गर्दै धर्ना दिएका छन् । भद्रपुर–८ स्थित खानेपानी संस्थान भद्रपुर अन्तरगत वितरित खानेपानीका उपभोक्ताले त्यस्तो माग गरेका हुन् । खानेपानीको कार्यालयको मूलद्वार पाँच मिनेट बन्द गरेर प्रतिकात्मक रूपमा दबाबमूलक कार्यक्रम गरिएको सामाजिक अभियन्ता दीपक तिम्सिनाले बताउनुभयो । ‘उपभोक्तालाई शुद्ध खानेपानी देऊ’, ‘शुद्ध खानेपानी हाम्रो अधिकार’, ‘खानेपानीमा शुद्धता कायम गर’, ‘खानेपानी संस्थानलाई उपभोक्ता समिति मातहत ल्याऊ’, ‘जनस्वास्थ्यमाथिको खेलवाड बन्द गर’ लगायतका नारा लेखिएको प्लेटकार्डसहित कार्यालयको मूलद्वारमा धर्ना दिइएको थियो । “धर्नापछि उपभोक्ता र कर्मचारी बीच छलफल गयौं”, उहाँले भन्नुभयो, “संस्थानमार्फत् वितरित खानेपानीको गुणस्तर सुधार र कार्यालयबाट प्रवाह हुने…
झापा, २० कात्तिक । जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन् । त्यसैले त यसलाई ‘सुसाइड प्लान्ट’ समेत भन्ने गरिन्छ । यति खतरनाक हुँदा पनि बेलायतका एक व्यक्तिले यसलाई आफ्नो घरमा उमारेका छन् किनभने उनी आफ्ना पुराना प्लान्टदेखि बोर भइसकेका थिए । उनले यो बिरुवालाई पिँजडा भित्र बन्द गरेर राखेका छन् जसमा ‘खतरा’ को निशान बनेको छ । जिम्पाई–जिम्पाई प्रायः उत्तरपूर्वी अष्ट्रेलिया र मलेसियाको…
झापा, २० कात्तिक । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनले भने, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने प्रतिबद्धता गरेका थियौँ,…
नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी : प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । कात्तिक १७ गतेबाट हामीले घरदैलो र प्रचारात्मक कार्यक्रम शुरु गरेका छौं । अहिलेसम्म हामी हाम्रा पार्टीका भेलाहरु र आन्तरिक चुनाव सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिसकेका छौं । त्यो चरणका कार्यक्रहरु हामीले सकिसकेका छौं र अरु नितान्त व्यक्तिगत भेटघाटहरु र पार्टीका साना टोल टुक्रे बैठकहरु बसेर…