
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ७ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरवार र दल भित्रका खराव पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् । काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले संघीय गणतन्त्र सुदृढ बनाउन पहिले सिंहदरवार सुधारेर नेतृत्वमा पुग्ने अनि दलका नेताहरूको आचरण सुधार गर्ने अभियानमा आफू लागि पर्ने बताएका हुन् ।र्जनजीविकालाई असहज परिस्थितिबाट सहज बनाउने अभियानमा निरन्तर रहिरहेकोछु भन्दै उनले भने, ’स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका झापा १ का लागि निरन्तर रहने…
झापा, ७ कात्तिक । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले यसअघि सन् २०१५ मा पहिलो विश्व रेकर्ड कायम गरेका थिए । यसपटक शर्माले १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर विश्व कीर्तिमान रचेका हुन् । उनी यो विश्व कीर्तिमानको श्रेय आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् । शर्मालाई विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको वर्ल्ड बुक अफ रेकर्ड्स्को कार्यालय उपलब्ध गराएको छ । उनले त्यसलाई सार्वजनिक गरेका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।…
झापा, ६ कात्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल…
काठमाडौं, ६ कात्तिक । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । उनी अविवाहित हुन् । वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित…
झापा, ६ कात्तिक । स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो। तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत् रूपमा गत बिहीबार ुराष्ट्रिय तथ्यांक कार्यालयु नामकरण गरिएको थियो। गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको परिच्छेद ६ मा भनिएको छ, ‘तथ्यांकसम्बन्धी काम गर्ने केन्द्रीय निकायका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहनेगरी एक राष्ट्रिय तथ्यांक कार्यालय रहनेछ।’ त्यसै, सातादेखि कार्यालयको वेबसाइट पनि नयाँ रूपमा आइसकेको छ। तर यही अवधिमा राष्ट्रिय योजना…
झापा, ६ कात्तिक । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु९याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पु९याउन नसकेका हुन् । ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत…
झापा, ६ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो। प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन समिति गठन गरेको थियो । समितिले शुक्रवार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो। सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको…
बिर्तामोड, ६ कात्तिक । युवा नागरिक समाज झापाको बिर्तामोड नगर कमिटी गठन भएको छ । पुष्पराज प्रसाईंको अध्यक्षतामा गठित २१ सदस्यीय नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा सरोज खड्का (मिलन), उपाध्यक्ष अमित प्रसाईं, सचिव रोजन भेट्वाल, सहसचिव शान्ता उप्रेती र कोषाध्यक्षमा डम्बर बस्नेत छन् । त्यस्तै सदस्यहरुमा जानुका बानिया, सन्दीप भेटवाल, कमल शिवाकोटी, तारा भट्टराई, खगेन्द्र प्रसाई, काजीराम कार्की, कमल भट्टराई, रवि श्रेष्ठ र गुरुप्रसाद ओली रहेका छन् । कार्यक्रममा युवा नागरिक समाजका सल्लाहकार, समाजसेवी तथा कन्काई फाउण्डेसनका अध्यक्ष जयनारायण ढुंगानाले उद्घाटन गरेका थिए ।
बिर्तामोड, ६ कात्तिक । जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् । शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय पुगेर शर्माले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरिन् । केही वर्षदेखि जापानमा बस्दै आएकी शर्मा त्यहाँ व्यवसायसंगै विभिन्न संस्थामा रहेर सामाजिक काममा समेत सक्रिय छिन् । उनी पूर्व सञ्चारकर्मी समेत हुन् । उनले पत्रकारको सामाजिक सुरक्षा, भौतिक विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा ममहासंघ झापाले गरेको कामबाट आफू गौरवान्वित भएको बताइन् । पत्रकारको हितका लागि आगामी दिनमा अझ सहयोग गर्ने उनले बताइन् ।…
शरणामती, ६ कात्तिक । झापाको झापा गाउँपालिका–६ शरणामतीमा प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि सञ्चालन भइ कार्तिक २२ गते समापन हुने बताइएको छ। प्रतियोगिता सञ्चालनका लागि शनिबार बसेको भेलाले आयोजक समिति गठन गरेको छ । खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिमा उपाध्यक्षमा हुमा कार्की, सचिवमा रुपनारायण बजगाईं, सह–सचिवमा भुवन कार्की, कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै, सदस्यमा क्रमशः रुपक कार्की, गोपाल प्रसाईं, नवीन कटुवाल, भूमिका भट्टराई, डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । भेलाले गजेन्द्र ताम्लीको…