झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता…

Read More

विर्तामोड , १५ अशोज । सामाजिक रूपान्तरणका लागि युवा सहभागिता भन्ने मूल भावलाई आत्मसाथ गर्दै स्थापना भएको विर्ताबजार सोसियल युथ क्लबले बजार सरसफाई र पार्कमा बृक्षारोपण गरेको छ । विर्तामोड नगरपालिका वडा न -३ स्थित विर्ताबजारमा रहेको वुद्ध पार्क लगाएत आसपासमा सरसफाई र बृक्षारोपण गरेको क्लबका अध्यक्ष प्रभास थापा मगरले बताउनुभयो । वडा दशै, तिहार, छठको शुभकामना आदान प्रदान गदैँ सुरु गरिएको सरसफाई तथा बृक्षारोपण कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. -३ का युवाहरुको स्पूत रुपमा सहभागीता रहेको थियो ।

Read More

बिर्तामोड, १५ असोज । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । बिर्तामोड–१ घर भई बिर्तामोड–३ पशुपति टोलमा डेरा गरी बस्दै आएका २१ को राहुल राजबंशीलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले शंका लागी निजको कोठामा चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ १० ग्राम फेला परेको छ । राजवंशीलाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

Read More

भद्रपुर, १५ असोज । नेपाल विद्यार्थी संघ भद्रपुर ९ को सभापतिमा विवेक घिमिरे मुकेश निर्विरोध चयन भएका छन् । संघको उपसभापतिमा सिम्पल पौडेल र अभिशेक खतिवडा, सचिव प्रलाद राजवंशी र रितिका राजवंशी, सहसचिव जेनिशा शर्मा र उद्धव राजवंशी तथा कोषाध्यक्षमा अंशु खडा निर्विरोध चयन भएका हुन् । यसैगरी सदस्यहरूमा क्रमश शोभा खड्का, कविन्द्र राजवंशी, प्रविधि पोखरेल, औरज दाहाल, दिपेनद्र राजवंशी, रेनुका शिवाकोटी, लक्ष्मी मुर्मु, गौतम राजवंशी लगायत रहेका छन् । वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टाइको प्रमुख आतिथयमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति सोमप्रसाद ढुंगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने नव निर्वाचित सभापति घिमिरेले…

Read More

भद्रपुर, १५ असोज । वडा दशैंको अवसर पारेर भद्रपुर १० चन्द्रगढी स्थित चन्द्रगढी सेवा समाजले विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यस्था मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक नेत्य तथा गायन कार्यक्रम सम्पन्न गरिएको हो । चर्चित गायक तथा संगीतकार अर्जुन खरेलले आफ्ना विविध गीत तथा स्थानीय कलाकारहरूका विभिन्न साँस्कृतिक नृत्यहरूको प्रस्तुती रहेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, विभूति विद्या मन्दिरका संस्थापक प्रिन्सिपल गोविन्द लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन देविमाया अधिकारी तथा दीपबहादुर राउतले गरेका थिए ।

Read More

भद्रपुर, १५ असोज । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्र्तगत झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ । प्रतिनिधि सभाका ५ वटा निर्वाचन क्षेत्र तथा प्रदेश सभाका लागि १० वटा निर्वाचन क्षेत्र रहेको झापामा सवै निर्वाचन क्षेत्रहरूको समन्वय गर्ने गरी मुख्य निर्वाचन कार्यालय झापा सञ्चालनमा ल्याइएको हो । जिल्ला समन्वय समिति झापाको कार्यालयबाट सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले झापा क्षेत्र नम्वर ३ को प्रतिनिधि सभा तथा प्रदेश सभा हेर्ने गरी कार्यालय स्थापना गरिएको छ । झापामा रहेका राजनीतिक दल, सञ्चार कर्मी, प्रहरी प्रशासनका प्रमुखको उपस्थितिमा सो कार्यालयको उद्घाटन जिल्ला समन्वय समितिझापाका प्रमुख विश्वनाथ वरालले गरेका थिए…

Read More

झापा, १५ असोज । हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले…

Read More

झापा, १५ असोज । नवरात्रको छैटौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो। पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरबार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट…

Read More

बिर्तामोड, १४ अशोज । विसङ्गति विरुद्ध खबरदारीका लागि स्थापना भएको युवा नागरिक समाज झापाको बिधिवत उद्घाटन साथै शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडस्थित दुर्गा पार्टी प्यालेसमा समाजको प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमका सहभागीहरुले अब राजनीतिमा युवा आउनुपर्ने र युवा राजनीतिमा नआउने हो भने समाज परिवर्तन नहुने धारणा राखिएका थियाे ।समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक जयनारायण ढुंगाना , सल्लाहकार सदस्य डा. लक्ष्मीप्रसाद मैनाली , बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि…

Read More

झापा, १४ असोज । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सितादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’ नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाण्डौं स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई महिना…

Read More