
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ भदौ । कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ ‘जिग्री ब्रो’ नामले परिचित उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’
झापा, १५ भदौ । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए । बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै सचिव ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार अब भ्रष्टाचार वा आर्थिक अनियमितताको अनुसन्धान गर्ने निकायले सम्पत्ति शुद्धीकरणको विषयसमेत सँगसँगै अनुसन्धान गर्न सक्नेछ । जसका आधारमा भ्रष्टाचारबाट आर्जित सम्पत्तिले थप सम्पत्ति आर्जित गरेको भए, त्यसलाई समेत आर्थिक अपराध मान्ने छ । सम्पत्ति शुद्धीकरण विभागले…
झापा, १५ भदौ । सरकारले आगामी चुनावलाई लक्षित गर्दै १ अर्ब बढीका गाडी खरिद गर्ने भएको छ। अर्थ मन्त्रालयले गाडी खरिदका लागि १ अर्ब १२ करोड ५० लाख रुपैयाँ स्वीकृति दिएको हो। अर्थमन्त्रालय स्रोतका अनुसार ५० लाख रुपैयाँका दरले गाडी खरिद गर्न मागभन्दा निक्कै कम बजेट स्वीकृत भएको छ। उक्त बजेटबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयका लागि गाडी खरिद गरिने छ।
भद्रपुर, १५ भदौ । कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले स्व. तामाङको स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर–१० स्थित संगठनको कार्यालय परिसरमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो । यस वर्षको स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कार झापा कमल–६ निवासी पत्रकार गोपाल झापालीलाई प्रदान गरियो भने उत्कृष्ट राष्ट्रसेवक पुरस् जिल्ला हुलाक कार्यालयका प्रमुख अदामोदर घिमिरे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई प्रदान…
झापा, १५ भदौ । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक जस्ताकोतस्तै पास भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले पारित गरेको हो । विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।
झापा, १५ भदौ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ । मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिए । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५/७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो । सडक मर्मत र ग्राभेलयसैगरी सोही अवधिमा आठ सय १९ दशमलव ८२ किमी सडक मर्मत…
विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको बताए । कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयले ड्राफ्ट गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्वन्धि आदेश २०७७ ले समेटेका विषयमा थापाले जानकारी गराउनुभयो । उहाँले मानवअधिकार रक्षकहरूको अवस्था द्वन्द्वकालमा भन्दा सुधार भएको तर, अझै पनि ढुक्क हुने अवस्था भने नरहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १…
भद्रपुर, १५ भदौ । झापा क्षेत्र नं. ३ को ‘क’ बाट डिल्ली घिमिरे (हिक्मत) चुनावी मैदानमा उत्रिने भएका छन् । आगमी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फबाट उहाँ चुनावी मैदानमा उत्रिने भएका हुन् । शिक्षा र विकासप्रेमी युवा राजनीतिकर्मीको रुपमा छवि बनाउनुभएका हिक्मत यस क्षेत्रका लोकप्रिय युवा नेता हुनुहुन्छ । समुन्नत शिक्षा र आर्थिक, सामाजिक, राजनीतिक लगायतका वर्गीय विभेदको अन्त्यबाट मात्रै मुलुक समृद्ध बन्ने सोचले नै उहाँ माओवादी आन्दोलनसँग नजिकिएर क्रान्तिमा होमिनुभएको थियो । अवस्था र व्यवस्थाको परिवर्तन भए पनि समानुपातिक विकास र समृद्धिका कोर्ष बाँकी नै रहेकाले आफू चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ । आगामी चुनावमा टिकट पाउने…
दमक, १५ भदौ । झापाको दमक नगरपालिका–४ स्थित अर्नाखाडीका जितबहादुर धिमालको घरमा आगलागी भएको छ । विद्युत् सट भएर आज बिहान करिब ११ बजे धिमालको घरमा आगलागी भएको हो । आगो निभाउन दमक र आसपासका पालिकाहरुबाट दमकल बोलाइएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउने क्रममा छ ।
भद्रपुर, १५ भदौ । नागरिक अगुवाहरुले माग गरेपछि भद्रपुरमा लागेको मेला बन्द भएको छ । मेलाको नाममा विकृति बढेपछि मेला बन्द गर्न माग गर्दै स्वतन्त्र अभियन्ता दीपक तिम्सिनाको नेतृत्वमा नागरिक अगुवाहरुको टोली मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा मेला बन्द गर्न माग गर्दै गएको थियो । मेलाका नाममा अबेर रातसम्म होहल्ला हुनुका साथै झै–झगडा, कुटपिटसमेत हुन थालेपछि नागरिक अगुवाहरुको टोली जिल्ला प्रशासन गएको हो । जिल्ला प्रशासन कार्यालय झापा डेलिगेशन लिएर गएपछि सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले पत्र नै काटेर तत्काल मेला बन्द गर्न निर्देशन दिनुभएको थियो । जिल्ला प्रशासनको निर्देशन पछि भदौ १७ गतेसम्म सञ्चालन अनुमति लिएको मेला मंगलबार…