झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ध्यानाकर्षण यस नगरपालिकाको आ.ब. 2077/078 को महालेखा परिक्षकको कार्यालयवाट प्राप्त प्रतिवेदन प्रकाशन पश्चात विभिन्न राजनैतिक दल, संचार माध्यम, छापा तथा पत्रपत्रपत्रिका, सामाजिक संजाल तथा अन्य सरोकारवाला व्यक्ति तथा निकायहरुले देखाउनु भएको चासो, चिन्ता, ज्ञापन पत्र तथा प्रकाशित  समाचार प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएकोछ। सो सम्बन्धमा आम जनसमुदायमा पर्न गएको भ्रम तथा वास्ताविकताका सम्बन्धमा तपशिल बमोजिम स्पष्ट पारिएको व्यहोरा सम्बन्धित सवैमा जानकारी गराउदछौं। मलेप प्रतिवेदनले बेरुजु भनी किटानी गरी औल्याएका विषयवस्तु तथा शीर्षकहरूमा केही सैद्धान्तिक, केही नियमित गर्नु पर्ने, केही पेश्की वाँकी फर्छ्यौट र केही असुल उपर गर्नु पर्ने बेरुजुहरु भनी उल्लेख गरी प्रतिवेदन प्राप्त हुने गर्दछ।यसरी प्राप्त प्रतिवेदनमा सम्बन्धित…

Read More

बुद्धशान्ति, ११ भदौ । वडामा जिम्मेवारी सम्हालेको १०० दिन पुगेको सन्दर्भमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सयदिनका काम सार्वजनिक गरेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले पदभार ग्रहण गरी पहिलो १०० दिनमा गरेको काम सार्वजनिक गरिएको छ । आ.व. २०८९÷८० को बजेट निर्माण भई बजेट कार्यान्वयनको चरण शुरु भइनसकेको अवस्थामा वडाले गरेका महत्वपूर्ण कार्य र निर्णय सार्वजनिक गर्दै सय दिनको उपलब्धी जनता सामू वडाले सार्वजनिक गरेको बडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभएको छ । सय दिनको समय अवधिमा वडाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको जग्गा नापजाँच तथा तथ्याङ्क लिने कार्य जारी रहेको कुरालाई वडाले प्राथमिकताको…

Read More

झापा, ११ भदौ । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने…

Read More

झापा, ११ भदौ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०र७१ देखि सुरु गरेको हो। ुगरिब घरपरिवार सहयोग समन्वय बोर्डु गठन गरेर गरिब पहिचान गर्न सुरु गरेको सरकारको काम अहिलेसम्म पनि जारी छ। तर मुलुकभर कति गरिब छन् भन्ने तथ्यांक अझै आउन सकेको छैन । यसको मूल कारण गरिब पहिचान कार्यक्रममा घुसेको राजनीति हो। सरकारले गरिब पहिचानमा तीनै तहलाई परिचालन गर्ने प्रयास गरे…

Read More

भद्रपुर, ११ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट २७ विधाका खेलका खेलाडी छनोट भएका छन् । कूल २७ विधामध्ये बुद्धिचाल बाहेक सबै खेलको खेलाडी छनोट भइसकेको जिल्ला खेलकूद विकास समितिका भेषराज भण्डारी (प्रशान्त)ले जानकारी दिनुभयो । “बुद्धिचाल खेल भइरहेको छ”, उहाँले भन्नुभयो, “आजसम्ममा नतिजा आइसक्छ ।” नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट प्रदेशस्तरीय खेलाडी छनोटका लागि ४४९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । प्रदेश स्तरीय खेलाडी छनोट भदौ २४ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सीमित साधन–स्रोतका बीच जिल्लास्तरीय छनोट प्रतियोगिता व्यवस्थित ढंगले सञ्चालन गरिएको समितिकी उपाध्यक्ष गंगा कोइरालाले बताउनुभयो । “छनोट भएका खेलाडीहरुले प्रदेशस्तरीय…

Read More

बनियानी, ११ भदौ । झापामा झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिने मुद्दा फरार अभियुक्तलाई प्रहरीले हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ का ५८ वर्षीय बमबहादुर गुरुङ रहेका छन् । जिल्ला अदालत झापाले उनलाई २०७६ फागुन ११ गते झुठा विवरण पेस गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजेको आरोपमा छ महिना कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा पीसीआर परीक्षण पछि कैद भुक्तानका लागि झापा कारागारमा चलान गरिएको कार्यालयले जनाएको छ…

Read More

बिर्तामोड, १० भदौ । झापाको झापा गाउँपालिका–१ बाट आज प्रहरीले स्रोत नखुलेको रू १३ लाख ६० हजारसहित एक जना पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका झापा–१ स्थित लसुनाका ५४ वर्षीय तेजबहादुर गणेशको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय कुमुरखोदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रबिन भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका गणेशलाई शंका लागेर चेकजाँच गर्दा गणेशको साथबाट रकम बरामद भएको थियो । उनले प्लाष्टिकको दुई वटा झोलामा प्याक गरेर प्लाष्टिकको बोरामा लुकाएर रकम ल्याउँदै गरका थिए ।…

Read More

भद्रपुर, १० भदौ । झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालको आज अनुगमन गरिएको छ । अस्पतालको सुधारका विविध पक्षलाई समेटेर मेची प्रादेशिक अस्पताल सुधार समितिले राखेको ३६ बुँदे माग सम्बोधन भए÷ नभएको बारेमा समितिले आज अस्पतलामा अनुगमन गरेको सुधार समितिका अध्यक्ष दीपक तिम्सिनाले बताउनुभयो । अस्पतालमा बुझाइएको ज्ञापनपत्रमा २१ दिनभित्र समस्या समाधान गर्न माग गरिएको थियो । अस्पताल मातहत आउने निर्देशन क्रममा रहे पनि डायलासिस सेवा अव्यस्थित रहेको पाइएको उहाँले बताउनुभयो । “पहिला भन्दा ल्याबमा सुधार आएको छ”, उहाँले भन्नुभयो, “तर, अझै केही सुधार आवश्यक छ ।” अस्पतलाको प्रसुती वाड धेरै फोहोर हुनुका साथै म्याट्रेस, बेडसिट, सिरानीको खोल च्यातिएको पाइएको छ…

Read More

एजेन्सी । पुरातत्वविदले इजरायलको मरुभूमियुक्त दक्षिणी इलाकामा १२ सय पुरानो एक भव्य सम्पत्तिबारे पत्ता लगाएको छ जो नेगेव इलाकाको धनी व्यक्तिको जीवनको एक अनौठो झलकलाई पेश गर्छ । यसको बनावट देखेर पनि पुरातत्वविद अचम्मित छन् । इजरायलको पुरावशेष प्राधिकरण (एन्टीकिटिज अथोरिटी) ले हालै दिएको जानकारी अनुसार राहतको बेडोइन शहरमा गरिएको यो खोज आठौँ वा नवौँ शताब्दीको सुरुवाती इस्लामिक कालको हो । पुरातत्वविदका अनुसार यो विलासी घर एउटा आँगनको चारैतिर बनाइएको थियो र यसमा बस्नका लागि चारैतिर थुप्रै कोठासमेत बनाइएका थिए । एउटा निकै ठूलो स्थानको भुइँमा ढुङ्गा बिछ्याइएका थिए र त्यसैले भित्ताहरु पनि सजाइएका थिए । साथै हलको भुइँमा मार्बल…

Read More

झापा, १० भदौ । दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । यस वर्ष दसैँ–तिहार सुपथ पसलमा खाद्य कम्पनीले इन्डक्सन चुलो पनि बेच्ने भएको छ । अन्य नियमित खाद्यान्न दाल, चामल, नुन, तेल, ग्यास लगायतको बिक्री वितरण त छँदैछ, यसको अलावा यस वर्ष इन्डक्सन (विद्युतीय चुलो) समेत बिक्री वितरण गर्ने खाद्य कम्पनीका निर्देशक श्रीमणी खनालले बताए ।

Read More