झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० भदौ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।

Read More

झापा, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । राप्रपा बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा ९एमाले० राप्रपासँग नजिक भएको बताए । उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गरे । चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उनले अहिलेको संसद् विघटन गर्न माग गरे ।

Read More

शनिश्चरे, २० भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी निर्वाचन काङ्ग्रेसका लागि जीवन मरणको सवाल रहेको बताउँदै एमाले र केपी ओलीको सर्वसत्तावादबाट देश र संविधान जोगाउन पार्टी केन्द्रले गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभएको छ । ‘जनतासँग कांग्रेस’ अभियान अन्तर्गत वडा एवं टोलसम्म चुनावी अभियान सञ्चालन गर्ने क्रममा नेपाली कांग्रेस अर्जुनधारा–८ नं वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढाथोकीले यस्तो धारणा राख्नुभएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले उम्मेद्वारको मुख होइन काङ्ग्रेसको चुनाव चिन्ह रुख हेरौ भन्दै जसले टिकट पाएपनी जिताउन कांग्रेस एवं गठबन्धनका कार्यकर्तालाई आह्वान गर्नुभयो । गोपीचन्द्र गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका…

Read More

भद्रपुर, २० भदौ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले आइतबार झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारबाट दुई हजार किलोग्राम (४० बोरा) अवैध चिनी बरामद गरेको छ । अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याइ राखेको अवस्थामा उक्त परिमाणको चिनी बरामद भएको हो । चिनी आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, २० भदौ । झापाको मेचीनगर नगरपालिका–१५ बाट स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१५ निलकोठीबाट आइतबार ३० वर्षीया अप्सरा राजवंशी र ४३ वर्षीय मोहमद मोसाद आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीको घरको कोठा खानतलासी गर्दा स्रोत नखुलेको नगद रू १० लाख ८२ हजार पाँच सय रुपैयाँ र डिजिटल मिनी तराजु दुई थान बरामद गरेको हो । स्रोत नखुलेको रकम र समान बरामद भएसँगै राजवंशी र शंकित अवस्थामा सोही घरमा रहेका आलम समेतलाई पक्राउ…

Read More

झापा, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. १ बाट एमालेका नेता रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएको छ । नेकपा एमाले झापा क्षेत्र नं. १ को क्षेत्रीय समन्वय समितिको बैठकले कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक टिकाराम मंग्रातीको अध्यक्षतामा बसेको बैठकले झापा जिल्लाका सहइन्चार्जसमेत रहनुभएका कोइरालाको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

Read More

खोटाङ, २० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे नेपाल विधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवगढी–४ का ४० वर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा विधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाइते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

भद्रपुर, २० भदौ । झापाको दमक नगरपालिका–८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडा स्थित पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १–०१–००१ ज ३४३८ नम्वर र मे. १ ज २८०४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको विभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो । बरामद गरिएको करिब २२ लाख ६ हजार मुल्य बरावरको अवैध कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान…

Read More

झापा, २० भदौ । तीन क्षेत्रका उद्योगले आफ्ना प्लान्टसम्म पुग्न आवश्यक औद्योगिक पूर्वाधार बनाएमा सरकारले शोधभर्ना दिने भएको छ । तारे होटेल, सिमेन्ट र फलाम उद्योग स्वयम्ले उद्योगसम्म पुग्ने पहुँच सडक र विद्युत् प्रसारण लाइन निर्माण गरेको खण्डमा लागतको ७५ प्रतिशतसम्म सरकारले शोधभर्ना दिने गरी कार्यविधि आएको छ । सरकारले उद्योगसम्म पुग्ने सडक, खानेपानी, बिजुली, ढलजस्ता आधारभूत पूर्वाधार बनाइदिने चर्चा चलिरहेका बेला उसले लगानीकर्तालाई नै त्यस्ता पूर्वाधार बनाउन प्रोत्साहित गर्ने गरी कार्यविधि ल्याएको छ । गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरिएको व्यवस्था चालू आर्थिक वर्ष ९आव० २०७९/८० देखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। आजको आर्थिक…

Read More

झापा, २० भदौ । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । ‘चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्’, कार्कीले भने, ‘टकमा दसैँलक्षित सामान छन् ।ु सिगात्सेमा…

Read More