झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ साउन । आर्थिक वर्ष २०७८–०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने १० कम्पनीमध्ये पाँच हुन् । तत्कालीन अवस्थामा साबिक मूल्य अभिवृद्धि कर विभागमा वार्षिक ५ करोडभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परीक्षण हुने व्यवस्था गरिएको थियो । विभाग एकीकरण भएपछि १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परीक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो भने २०६० माघ १ गतेदेखि ठूला करदाता कार्यालय स्थापना गरिएको थियो।…

Read More

झापा, १५ साउन । लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको हो। संघीय संसदबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुनमा परिणत हुन्छ। नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पुगेपछि सिधै प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने भन्ने द्विविधामा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्। संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीमाथि स्वाभाविक दबाब परेको छ भने त्यसमा रहेका केही प्रावधानलाई लिएर प्रमुख प्रतिपक्षी एमालेका साथै विभिन्न पक्षबाट विरोध भइरहेको छ। विधेयकमा रहेका केही प्रावधान संशोधन गर्न राष्ट्रपतिले…

Read More

झापा, १५ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको जानकारी दिइन्। उनका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन,…

Read More

झापा, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ। सामान्य ले शाखा अधिक त दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ुकन्फर्म शाखा अधिकृतुलाई नपठाएर ुजुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन् । त्यस्तै, उपसचिव दरबन्दी रहेकामध्ये १ सय २५ स्थानीय तहमा कन्फर्मुको साटो निमित्तका रूपमा अधिकहरूलाई जिम्मेवारी दिइएको छ । जबकि, सिंहदरबारमा दर्जनौँ उपसचिव अझै पनि…

Read More

झापा, १५ साउन । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८–७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो । आव २०७८–७९ मा उजुरी बापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७–७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपियाँ माग दाबी गरिएको थियो…

Read More

महोत्तरी, १४ साउन । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ । आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो । अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो । छुरा प्रहारबाट घाइते भएका अरुणको…

Read More

सन्तोष शर्माबिर्तामोड, १४ साउन । प्रदेश नं. १ का कृषि मन्त्री झलकसिंह दर्लामी (सन्देश) ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रबद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै कृषि मन्त्री दर्लामीले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीहरुलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । “कृषि प्रधान मुलुकमा कृषिजन्य वस्तुकै आयात बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बचत तथा ऋणमा दर्ता भए पनि कृषिक्षेत्रलाई प्रबद्र्धन हुने गरी लगानी गर्न म आग्रह गर्छु ।” सहकारीहरुले गर्ने लगानीहरु उत्पादनमुखी कार्यमा बढी केन्द्रित हुन सकेमात्र मुलुकको अर्थतन्त्र सबल बन्दै जाने उहाँको भनाइ थियो…

Read More

दमक, १४ साउन । झापापाको मेचीनगर ६ काँकरभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो प्र ३–०१–०२४ च ८००० नम्वरको गाडीसहित बाह्रदशी–६ का ३० वर्षीय पुरन राई र गाडीमा सवार सप्तरी बोदेबर्साईन ५ घर भई हाल बिर्तामोड–१ भगवान चौक बस्दै आएका ३५ वर्षीय नागेन्द्र कुमार यादवलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम ८०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ साउन । यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४–१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए । जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंक विहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ । यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रीलङ्कालाई…

Read More