
झापा, ३१ असार । आज पनि देशका विभिन्न जिल्लामा बाढीको जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाका अनुसार राजधानी काठमाडौँसहित देशका २२ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भाना देखिएको हो। बाढी महाशाखाले जारी गरेको सूचनामा आज इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, लमजुङ, कास्की, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना रहेको जनाइएको छ ।
Facebook Comments Box


