
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ साउन । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् । ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल…
भद्रपुर, ६ साउन । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक आन्दोलनमा वीपीको विचार सधैं मार्गदर्शक रहेको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढी वीपी चौकमा आयोजित महामानव वीपीको ४१ औं स्मृति दिवशलाई सम्बोधन गर्दै सिटौलाले २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइमा वीपीको विचार नै मार्गदर्शक भएको बताएका हुन् । संघ र प्रदेश तहको निर्वाचनमा गठबन्धनको अर्थ र महत्व रहेको प्रष्ट पार्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले संघीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने स्पष्ट पारेका छन् । गृहमन्त्रालय समेत सम्हालिसकेका सिटौलाले संघीयता सहितको गणतन्त्र नेपालको मुद्धा उल्ट्याउने प्रतिगामी सोचको कुनै पनि दुस्साहस अव सफल…
झापा, ६ साउन । झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको आज मृत्यु भएको छ । कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नंको मोटरसाइकल बिहीबार एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको आज दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९…
बिर्तामोड, ६ साउन । साहित्य चौतारी झापाको शनिवारको मासिक काव्यसभा लोकप्रिय गायक अरुण थापाको सम्झनामा समर्पित हुने भएको छ । अध्यक्ष हस्त परियारको अध्यक्षतामा आज बसेको साहित्य चौतारीको बैठकले यस्तो निर्णय गरेको हो । साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले काव्य सभा गायक थापाको स्मृति विशेष सम्मानमा समर्पित हुने बताए । ‘थापाको २३ औँ स्मृति दिवस र काव्य सभालाई संयुक्त रुपमा मनाउन लागिएको हो’, संरक्षक श्रेष्ठले भने । मासिक काव्यसभा संयोजक सुनिता तामाङका अनुसार कार्यक्रममा सरगम संगीतालय, क्षितिज नाट्य समूह, मोरिक साधना कला केन्द्र, सिंहबाहिनी महिला समूह लगायतको प्रस्तुति रहनेछ । साहित्य चौतारीको विशिष्ट संगीत सम्मानद्वारा सम्मानित अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा…
बिर्तामोड, ६ साउन । झापाको बिर्तामोड नगरपालिकाले फोहोरमैला बिर्सजन गर्ने स्थलको व्यवस्थापन गरी अल्पकालीन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर ८का वडाध्यक्ष अजय कार्की र वडा नम्बर १०का वडाध्यक्ष दुर्योधन गुरुङ रहनु भएको छ । बैठकमा बोल्दै नगरप्रमुख प्रसाईले फोहोर व्यवस्थापनको समस्या विकराल हुनसक्ने भन्दै सबै एकजुट भएर व्यवस्थापनमा लाग्नु पर्ने बताउनु भयो । बैठकले टोल विकास संस्था मार्फत सबै घरधनि र व्यवसायीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न…
झापा, ६ साउन । मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ । बिहिबार दिउँसो सुनसरीको कोशी गाउँपालिका–५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय नजारुल हकको ९ बर्षीय छोरा नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । मोरङको जहदा गाउपालिका–७ का अशोक मण्डलको ११ बर्षीय छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए । मृतक लाशलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
मोरङ, ६ साउन । मोरङको बुढीगंगा गाउँपालिका–२ कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे HR 38X 2210 नम्वरको कन्टेनरले को.३०प ९१०३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका मोटरसाइकल चालक केरावारी गाउँपालिका–७ मोरङका २७ बर्षीय हर्क परियार र मोटरसाइकल पछाडि सवार रहेका २१ वर्षीय भिम बहादुर राईलाई उपचारको लागि बिराट मेडिकल कलेज गंगा चोक लगिएकोमा अस्पताल पुर्याउना साथ दुवै जनाको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।
झापा, ६ साउन । झापाको मेचीनगर–६ र मोरङको पथरी शनिश्चरे–२ बाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका शिवसतासी–९ का ३६ वर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई शंका लागी चेकजाँच गर्दा उनको साथ बाट २ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । त्यस्तै, इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे–२ का २७ वर्षीय अजय राईको साथबाट २०० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
झापा, ६ साउन । प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् । सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने बताइएको छ ।
झापा, ६ साउन । झापामा दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकको ज्याला बृद्धि भएको छ । साविकको ज्यालामा दक्ष श्रमिकको रू १००, अर्धदक्षको रू १७० र अदक्ष श्रमिकको रू ६५ बृद्धि भएको हो । जिल्ला दररेट निर्धारण समिति झापाले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दररेट निर्धारण गरेको हो । नयाँ दररेट अनुसार अब दक्ष श्रमिकले प्रतिदिन रू ९२०, अर्धदक्षको रू ८५० र अदक्ष श्रमिकको रू ६५० ज्याला पाउने छन् । गत आव २०७८÷०७९ मा दक्ष श्रमिकको प्रतिदिन रू ८२०, अर्धदक्षको रू ६८० र अदक्ष श्रमिकको रू ५८५ ज्याला निर्धारण गरिएको थियो । त्यस्तै, सहजकर्ता (कक्षा १० पास) को प्रतिदन रू…