
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ साउन । विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उनले भने, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।” अटो रिक्सा चलाएर पाँच जनाको परिवारको जीविकोपार्जन गर्दै आएका श्रेष्ठले सरकारले विद्युत् आपूर्ति नियमित नगरे भोकै बस्नुपर्ने स्थिति सिर्जना हुने बताए । विगतमा दैनिक…
झापा, ४ साउन । काठमाडौँ–तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८–०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ। गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७–०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २ को सर्भे फिल्ड इन्भेस्टिगेसन डिजाइन तथा ड्रइङ कार्य सम्पन्न…
झापा, ४ साउन । सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीमाथि थुपारेको छ। सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीका कारण लक्ष्यअनुसारको काम हुन नसकेको सडक विभागका उप(महानिर्देशक भीमार्जुन अधिकारीले अधिकारीले बताए । सडक विभागले सडकको वर्गीकरण गरेर राष्ट्रिय राजमार्गको निर्माण र मर्मत सम्भार गर्दै आएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
झापा, ४ साउन । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन ९सिबिआई० र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो। यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो। सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका…
झापा, ४ साउन । नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो । समितिका अनुसार अहिलेसम्म अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकोमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् । दुईवटा कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । बीमा क्षेत्रकै पहिलो मर्जर एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको संयुक्त कारोबार आइतबारदेखि सुरु भइसकेको छ । बीमा समितिले तोकेको न्युनतम दुई अर्ब ५० करोड पुँजी कायम गर्न कम्पनीले…
भद्रपुर, ३ साउन । शान्ति सुरक्षालाई मध्यनजर राखेर भद्रपुर १० स्थित वीपी चौकमा प्रहरी बिट स्थापना गरिएको छ । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नव निर्मित प्रहरी बिटको उद्घाटन गरिएको हो । बिट निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अर्थमन्त्रालयका सहसचिव सुमन दाहाललाई सम्मान गरिएको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, विभूति विद्या मन्दिर चन्द्रगढीका संस्थापक प्रिन्सिपल गोविन्द लम्साल, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमाल लगायतले शुभकामना मन्तव्य राख्दै बढ्दो दुर्घटना नियन्त्रण तथा चोरीका घटना रोगथामका लागि प्रहरी बिट महत्वपूर्ण हुने धारणा राखेका थिए ।
भद्रपुर, ३ साउन । झापाको दमकमा प्रहरीको ज्यादी बढेको आरोप लगाइएको छ । नेपाल खेलकुद महासंघ झापा र राष्ट्रिय युवा संघ झापाले आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो आरोप लगाएको हो । दुवै संस्थाले दमकमा लागुऔषध, यौनजन्य क्रियाकलाप, जुवातास, चोरी निकासी अत्याधिक बढेको जनाएको छ । ‘आपराधिक कार्य नियन्त्रणमा दमक प्रहरी असफल भएको छ’, खेलकुद महासंघ झापाका अध्यक्ष भवानी बरालले भने, ‘यसमा कही प्रहरीकै त संरक्षण छैन ।’ गठबन्धनभन्दा बाहिरका दललाई दमक प्रहरीले नजर अन्दाज गरेको युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले बताए । उनले भने, “चुनावका बेला पनि गठबन्धन बाहिरका दललाई खुलेआम सहयोग भयो ।” उनले सरकारी कर्मचारीले…
झापा, ३ साउन । झापामा जुवा खेलाउने र सोही समुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ । जुवा खेलाउने समुहले आफै उस्काउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाइएको हो । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पीडितहरु बताउँछन् । झापा गाउँपालिका–३ सिमलवाडीका ४० वर्षीय अशोक राईको अहिले जुवाले सर्वस्व गुम्नुका साथै ज्यानै जोखिममा परेको छ । आफूले लिएको पैसाका मिटरब्याजीहरुले अनेक हत्कण्डा अपनाएर उनलाई घर न घाटको बनाउनुका साथै ज्यानै जोखिममा परेको उनी बताउँछन् । सोही क्रममा…
काठमाडौं, ३ श्रावण । पछिल्लो २४ घण्टामा देशैभर थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । यस अवधिमा ६२ जना निको भएका छन् ।पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।
झापा, ३ साउन । झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ का पुर्ण बहादुर लिम्बुको २ बर्षीय छोरा ईन्सान लिम्बुको सोमबार दिउँसो घर छेउमा नै खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनिमा अचानक डुबी पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी. अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी…