झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ असार । जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कार पीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । सबुद प्रमाण बलियो हुँदाहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि तानिएका छन् । विवादमा तानिने न्यायाधीशमा व्यवसायी इच्छाराज तामाङको मुद्दामा २ करोड ‘अडियो डिल’ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला, काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौला, रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद वली, न्यायाधीश सूर्यकुमार अधिकारी र नवीन जोशी छन् ।…

Read More

झापा, १७ असार । जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ। मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए। पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन्। उनले यादवको एकल निर्णय भएको र त्यसलाई…

Read More

झापा, १७ असार । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मासँग विधेयकलाई स्वीकार गर्न नसकिने बताएका हुन् । संसद्मा पेस गर्न लागिएको नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न मन्त्रीद्वय असार ३ गते ओली निवास बालकोट पुगेका थिए। भेटमा मन्त्रीद्वयलेओली सरकारकै पालामा २०७८ जेठ ९ गते ल्याइएको नागरिकतासम्बन्धी अध्यादेशलाई नै अहिले विधेयकका रूपमा संसद्मा ल्याउन लागिएको जानकारी गराएका थिए । उनीहरूले सहमतिमा सोही अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउन प्रस्ताव राख्दा ओलीले पहिलेको र अहिलेको सन्दर्भ फरक भएको भन्दै…

Read More

झापा, १७ असार । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ । तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताए । उनीहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताए । उनीहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताए । प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक÷पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील…

Read More

झापा, १७ असार । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ। यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। प्रदेश १ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । पहाडी भू–भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Read More

विर्तामोड, १६ असार । सामाजिक क्षेत्रमा अग्रसर ‘ हाम्रो अभियान नेपाल ‘ संस्था औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरिएको छ । उक्त सामाजिक संस्थालाई संस्था दर्ता ऐन २०३४ को दफा -४ बमोजिम विहिबार स्थानीय आधिकारी प्रशासकीय अधिकृत मोहनलाल पनेरुले संस्था दर्ता गरिएको प्रमाण पत्र संस्थालाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाको औपचारिक कार्यसमितिको अध्यक्षमा नरेस महरा , उपाध्यक्ष बिज्ञानराज पौडेल , सचिवमा बिष्णु प्रसाद आचार्य , सहसचिवमा चरण प्रसाई , कोषाधक्षमा रेजिना भेटवाल चयन गरिएको छ भने सदस्यहरुमा मुकेश जैन ,दिक्ष्या तामाङ्, निलम कार्की , सनी गोयल्, सन्जिब मैनाली र सन्दिप गिरीलाई चयन गरिएको हो । यस संस्थाले बिगत…

Read More

झापा, १६ असार । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको हो । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको…

Read More

झापा, १६ असार । ‘माटो जोगाऔं’ भन्ने नारा लिएर मेची–काली म्याराथन दौड शुरु गर्नुभएका पवर्त जिल्लाका युवा नविन पुन मगरलाई झापामा स्वागत गरिएको छ । माटो संरक्षणका लागि जनचेतनामूलक अभियानमा सञ्चालन गर्नुभएका मगरलाई आज झापामा स्वागत गरिएको हो । माटो संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको कनकाई नगरपालिकास्थित हरिकुल नमुना माविले मगरलाई स्वागत गरेको हो । मगरले १७ दिन अघि काठमाडौंको टुडिखेलबाट माटो संरक्षणका लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले म्याराथन दौड शुरु गरेर अभियानको थालनी गर्नुभएको थियो । सोही अभियान अन्तरगत आफू झापा पाइपुगेको अभियानकर्मी मगरले बताउनुभयो । “विश्वमा प्रतिसेकेण्ड १२ कट्ठा जमिन मरुभूमि बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यस्तै…

Read More

बिर्तामोड, १६ असार । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । आज आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय,तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् । विजेता विद्यालयहरुले क्रमश १० हजार,८ हजार,६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे । यस्तै नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय कविता प्रतियोगितामा वीर अमरसिंह माध्यमिक विद्यालयका प्रकाश निरौला प्रथम हुनु भएको छ । यस्तै एभरेष्ट स्मार्ट एकाडेमी फाउण्डेसनका जस्मिन कडरिया द्वितीय,बालकल्याण आधारभुत माध्यमिक विद्यालयका स्वास्तिका…

Read More

झापा, १६ असार । झापाको कमल–४ चुलाचुलीमोडमा ट्रकको ठक्करबाट दमकका एक सहकारीकर्मीको मृत्यु भएको छ । दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दीपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल–४ चुलाचुली मोेडमा बुधबार राती ११ः२० बजे ट्रकको ठक्करबाट घाइते दमक–९ का ३६ वर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिमतर्फ आउँदै गरेको ना.७ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र.१–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More