
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १० असोज । झापाको भद्रपुर–१० स्थित लेखनाथ चोकमा नाइट क्लब सञ्चालनमा आएको छ । झापामा ‘पहिलो’ पटक ‘क्लब लभ कर्मा’ सञ्चालनमा आएको हो । युवा व्यवसायी शुभम् बर्माले नाइट क्लब सञ्चालनमा ल्याएका हुन् । झापाबासीसहित छिमेकी मुलुक भारतका सेवाग्राहीलाई लक्षित गरी क्लब सञ्चालनमा ल्याएइको सञ्चालक बर्माले बताउनुभयो । “नेपालका ठूला शहरहरुमा नाइट क्बल सञ्चालन छन्”, उहाँले भन्नुभयो, “तर, झापामा थिएन, नाइट क्लब प्रेमीहरुलाई लक्षित गरेर क्लब सञ्चालन ल्याइएको हो ।” क्लबमा डिजे, लाइभ म्युजिकको आनन्द लिनुका साथै इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाको स्वाद लिन सकिन्छ । सञ्चालनमा आएको क्लबले जिल्लामै नयाँपन थपिनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने…
अर्जुन आचार्यविराटनगर, १० असोज । आगामी निर्वाचनमा धनकुटा आफ्नो भागमा नपर्ने आँकलन गर्दै धनकुटाका माओवादी नेताहरुले दिएको राजीनामाले तरंग पैदा गरेको छ । धनकुटाका माओवादी नेता तथा पोलिटब्यूरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदिय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको निवर्तमान जिल्ला संयोजक डिल्लीराम राई (कमल)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यद्यपि उक्त विज्ञप्तिमा भनेजस्तो धनकुटामा माओवादी पार्टीको सिंगो समितिले राजीनामा नदिएको धनकुटाकी नेतृ तथा निवर्तमान प्रदेश सांसद कुशुम श्रेष्ठले बताइन् । ‘धनकुटामा माओवादी रित्तिएको छैन,’ श्रेष्ठले भनिन्, ‘राजीनामा भनिएपनि कति जनाको हो भन्ने खुलेको छैन, प्रदेृश समिति…
बिर्तामोड, १० असोज । झापाको बिर्तामोड–४ मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्वारा सञ्चालित अनलाइन पोटल शब्दपत्र डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । स्थानीय समाचारलाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको अनलाइन पोर्टलले छोटो समयमा धेरैको मन जित्न सफल भएको प्रकाशन समूहको भनाइ छ । गत २०७८ को घटस्थापनाको अवसर पारेर शब्दपत्र सञ्चालनमा आएको थियो । शब्दपत्र अनलाइनले हाल परिवर्तन हुँदै आएको डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक उद्धव पुरीले बताए । सबै पाठक र बिज्ञापनदाताको साथ र सहयोगका कारण नै छोटो समयमा शब्दपत्र प्रकाशन प्रालि सबै समक्ष लोकप्रिय बन्न पुगेको उनको भनाइ छ । शब्दपत्रको युट्ब…
झापा, १० असोज । मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन् । लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ। एमालेलाई मधेस प्रदेशमा निषेध गर्नेहरू नै निर्वाचन नजिकिएसँगै एमालेमै प्रवेश गर्न थालेका छन् । एमालेले मधेसमा पनि आफ्नो बलियो उपस्थिति देखाउन मधेसवादी दलका नेताहरूलाई पार्टी प्रवेश गराइरहेको छ। यसअघिका दुईवटा निर्वाचनमा एमालेलाई मधेस प्रदेशमा गम्भीर धक्का लागेपछि उसले पछिल्लो रणनीतिअनुसार मधेस प्रदेशमा ठुलो दल बन्न अन्य…
झापा, १० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा, ढुवानी, निर्वाचन स्थलको…
झापा, १० असोज । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न प्रयास थालेका छन् । मन्त्री शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न भन्दै उच्चस्तरीय समिति बनाएका छन्। अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत रहेका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनाइएको अध्ययन समितिले ब्याजदर मात्र नभई केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शनका विषयमा पनि अध्ययन गर्ने र सोही समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने अर्थमन्त्री शर्माको तयारी छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १र१ जना प्रतिनिधि सदस्य छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल…
झापा, १० असोज । सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ । यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ । चालू आर्थिक वर्ष २०७९÷८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले…
पूर्णप्रसाद मिश्र झापा, १० असोज । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य…
प्रज्वल भट्टराई सुर्योदय नगरपालिकाको १ नम्बर वडा भौगोलिक हिसाबले सबै भन्दा ठूलो वडा हो । पुरानो ईतिहास बोकेको गोर्खे बजार सम्भवत जिल्ला भरिकै पुरानो बजार मध्येको एक हो। फिक्कल बजार बाट करिवन १५ किलोमिटरको दुरिमा अवस्थित यस बजार भौगोलिक कारणले लोभलाग्दो भएतापनि बिकासनिर्माणका कार्यक्रममा अत्यन्त पछाडी परेको छ। ‘इलामबाट निर्वाचित भएर सिंहदरबार छिरेका राजनीतिक दलका नेताहरुको नजरमा हराएको गोर्खे बिकासको आशा बोकेर अझैपनी एकनासले श्रीङ्गारिन पर्खिरहेको छ। ‘ इलामबाट निर्वाचित भएर सिंहदरबार छिरेका राजनीतिक दलका नेताहरुको नजरमा हराएको गोर्खे बिकासको आशा बोकेर अझैपनी एकनासले श्रीङ्गारिन पर्खिरहेको छ। कतिपय इलामबासिलाइ नै थाहा छैन गोर्खे कहाँ छ भनेर ! सुर्योदयको मुख्य बजार…
सन्तोष शर्मा भद्रपुर, ९ असोज । झापामा पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेंगु संक्रमण देखिएको थियो”, उहाँले भन्नुभयो, “पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ ।”संक्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना संक्रमित फेला परेका छन् । यस्तै, मेचीनगरमा १०, बुद्धशान्तिमा ७, अर्जुनधारामा १, कनकाईमा ८, कमलमा ६, दमकमा ७, गौरादहमा १, झापामा ३, बिर्तामोडमा १४, भद्रपुरमा ४ र कचनकवलमा…