
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ भदौ । काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो। जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाले बनाएको छ । तर, जग्गा एकीकरण गर्दा जग्गाधनीको करिव ४५ प्रतिशत जग्गा जाने भएकाले स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका छन्। प्रस्ताव गरेको तीन वर्षसम्म पनि आयोजनाले मूर्त रूप नलिएपछि खाली जग्गा भरिने, जणा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने…
झापा, ५ भदौ । झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो । प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु¥याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो । एक महिनाअघि पनि भन्सार विभागकै लोगो र…
झापा, ५ साउन । छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन् । मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए । गण्डक सम्भौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ । नवलपरासीको भैसालोटनस्थित नेपाल९भारत सीमामा निर्मित व्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ…
भदपुर, ४ चैत । नेपाल मगर संघ मेचीनगर नगरपालिका वडा नं. १० को अध्यक्षमा एलिन लुङ्गेली मगर चयन भएका छन् । संघको आज भएको प्रथम वडा अधिवेशनले उहाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा एसिका पुलामी मगर, सचिवमा किसन राना मगर, उपसचिवमा संजोग थापा मगर र कोेषाध्यक्षमा सागर लुङ्गेली मगर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा अम्बिका आले मगर, मिना मगर, आशा मगर, मेनुका थापा मगर, तारा थापा, धनमाया थापा मगर, सरिता मगर र समर मगर चयन हुनुभएको छ । त्यसैगरी, निर्मल दर्लामीको नेतृत्वमा चार सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । सदस्यहरुमा धनराज लुङ्गेली…
भद्रपुर, ४ भदौ । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको तेस्रो वार्षिक सभा तथा दोश्रो अधिवेशनले कमलप्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको बरिष्ठ उपाध्यक्षमा नयाँनाथ पाण्डे, उपाध्यक्ष देवीमाया अधिकारी तथा मोहन श्रेष्ठ, सचिव दीपबहादुर राउत, सहसचिव युवराज न्यौपाने र कोषाध्यक्षमा खड्गबहादुर बुढाथेकी सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरूमा क्रमशः गीता कोइराला, रेखा अधिकारी, पुष्पा घिमिरे, बालकृष्ण तिम्सेना, देवीमाया प्रधान, मुरारी पोखरेल, भरत लम्साल, धनबहादुर प्रधान लगायत रहेका छन् । त्यस्तै मदनप्रसाद खतिवडा संयोजक रहने गरी तारा अधिकारी खनाल र हरिमाया निरौला बाँस्कोटा सदस्य रहेको लेखा समिति समेत…
बिर्तामोड, ४ साउन । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय भेलाले नेपाल आदिवासी जनजाति महासंघको प्रदेश कमिटी र घटक संगठन नेपाल राजबंशी र नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ । भेलाले तेह्रथुम जिल्ला समन्वय समितिका सभापती सुमन शाक्यको अध्यक्षतामा कमिटी गठन गरेको छ । सोही भेलाले झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजबंशीहरुको केन्द्रीय कमिटी पनि गठन गरेको छ । जसको अध्यक्षमा झापाका प्रभु राजबंशीलाई चयन गरेको छ । त्यसैगरी, सोही भेलाले पुर्वी नेपालमा बसोबास गर्ने धिमाल समुदायलाई सम्बोधन गर्न नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ । जसको केन्द्रीय अध्यक्षमा झापाका प्रदीप धिमाल चयन भएका छन् ।…
भद्रपुर, ४ साउन । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा झापाको भद्रपुरमा आज रथयात्रा निकालिएको छ । भद्रपुरमा जन्माष्ठमीको अवसरमा बर्सेनि रथयात्रा निकाल्ने गरिन्छ ।
बिर्तामोड, ४ भदौ । चिया र अलैंची जस्तै कुचोलाई पनि निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग गरिएको छ । काठमाडौं आज नेपाल कुचो संघको प्रथम साधारण तथा प्रथम अधिवेशनको अवसरमा त्यस्तो माग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढ्दो वैदेशिक व्यापार घाटालाई कृषिजन्य वस्तुको निर्यातले प्रतिस्थापन गर्ने बताउनुभयो । उहाँले कृषिजन्य वस्तुको निर्यात प्रबद्र्धन र बजारीकरणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, पूर्व उपाध्यक्ष उमेशलाल प्रधान, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपकुमार रिसाल, इलाम…
रोहित काफ्लेभद्रपुर, ४ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिवारदेखि जिल्लास्तरीय खेलाड िछनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता सुरु भएको हो । समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले पानसमा दीप प्रज्ववन गरेर प्रतियोगिता उद्घाटन गरे । समितिकी उपाध्यक्ष गंगाा ककोइराला भुर्तेलले स्वागत र सचिवालय सदस्य एवम् प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहलाई सम्बोधन…
बिर्तामोड, ४ भदौ । नेपाल कुचो संघले पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । संघको प्रथम साधारण तथा प्रथम अधिवेशनको अवसरमा आज काठमाडौंमा आयोजिक कार्यक्रममा पत्रकार न्यौपानेलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले न्यौपानेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । पत्रकार न्यौपाने एभीन्यूज टेलिभिजनका झापा सम्पाददता र साझा अनलाइन खबर अनलाइनका सम्पादक हुन् । त्यस्तै, संघले अलैंची तथा कुचो संरक्षक राजेन्द्र घिमिरे, उत्कृष्ठ निर्यातकर्ता सञ्जीव शाह, कुचो व्यवसायी लक्ष्मण ढुंगेल, व्यवसायी रामप्रसाद बोलखे, रघुनाथ कट्टेललाई प्रसंशापत्रद्वारा सम्मान गरेको छ । संघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघकी सदस्य सुस्मा पौडेलले…