झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरूप भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको…

Read More

निकेश खत्रीकाठमाडौं, १६ साउन । नेपालबाट आयात हुने अर्बौँ रुपैयाँको चिया आयात रोक्ने उपायको खोजीमा भारत सरकार लागेको छ । नेपालबाट आयात भइरहेको चिया गुणस्तरहीन रहेको आरोप लगाउँदै भारत सरकारले त्यसलाई नियन्त्रण गर्न कानुन नै बनाएर आयात रोक्ने तयारीमा लागेको हो । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भारत सरकार नेपालबाट निर्यात हुने चिया रोक्ने तयारीसहित कानुन निर्माणमा जुटेको बताए । उनले भने, ‘नेपालबाट आयात हुने चिया गुणस्तरहीन र न्यून मूल्य रहेकाले रोक्नुपर्ने उनीहरूको तर्क छ ।’ भारतीय चिया उत्पादकहरूको पहलसँगै यसअघि पनि पटक–पटक दुख दिँदै आएको भारत सरकारले अब भने पूर्णरूपमै चियाको आयात रोक्ने योजना बनाएको हो ।…

Read More

कनकाई, १६ साउन । झापाको कनकाई नगरपालिका–४ मा रहेको झापा मेरिगोल्ड अंग्रेजी बिद्यालयले २०७८ को एसईई परिक्षामा कनकाई नगरभरिमै उत्कृष्ट नतिजा ल्याएको छ । बिद्यालयबाट एसईई परिक्षामा सहभागी ४१ जना बिद्यार्थीमा ५० प्रतिशत भन्दा माथि बिद्यार्थीले ए प्लस र एू ग्रेड ल्याउन सफल भएका छन भने बाँकी बिद्यार्थीहरुले बि प्लस र बि ग्रेड ल्याएका छन । यो नतिजानै कनकाई नगरपालिका भरिका निजि तथा सामुदायिक बिद्यालयबाट एसईई परिक्षामा सहभागी भइ प्राप्त गरेको नतिजा मध्ये उत्कृष्ट नतिजा भएको बिद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीले बताउनु भएको छ । यसैबीच बिद्यालयले एक कार्यक्रम गरी एसईईमा सहभागी बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना साथै ए प्लस प्राप्त गर्न…

Read More

भद्रपुर, १६ साउन । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीया जेगुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । खातुनले घरबाट लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार राति १०ः१५ बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम गाँजा बरामद गरेको छ । लागुऔषध गाँजासहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड, १६ साउन । प्रहरीले झापाको दुई भिन्न स्थानबाट रू एक लाख ६० हजार भन्दा बढीको अवैध समान बरामद गरेको छ । भारतीय बजारबाट अवैध रुपमा भन्सार छली समान ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट रू एक लाख छ हजार बराबरको साडी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो । यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट आइतबार बेलुका रू ६० हजार बराबरको जुत्ता बरामद गरेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

उजिर कार्कीकाठमाडौँ, १६ साउन । झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीले आत्महत्या गरेको निष्कर्षतर्फ प्रहरी पुगेको छ। पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अन्य अनुसन्धानबाट पनि उनीहरुले आत्माहत्या नै गरेको देखिएको झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले बताए। साउन ८ गते कचनकवल गाउँपालिका ५ का पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। अघिल्लो दिन घरबाट हिडेका उनीहरु रातिसम्म पनि नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए। आइतबार बिहान उनीहरु झुण्डिएको अवस्थामा फेला परेका हुन्। तीमध्ये २ जना एउटै…

Read More

झापा, १६ साउन । भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ । एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् । घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइयो । भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ तर चालक भने फरार छन् ।

Read More

इलाम, १६ साउन । नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) को आयोजनामा इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा तीन दिने क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिमको सुरु भएको छ । संघमा आबद्ध सदस्यको नेतृत्व विकासका लागि आइतबारबाट सुरु भएको तालिम मङ्गलबार समापन हुनेछ । तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर एण्ड कर्मशका उपाध्यक्ष तथा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पानसमा बत्ती बालेर गरेका थिए । उनले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने भन्दै आयोजक प्रति धन्यवाद सहित आभार प्रकट गरेका थिए । त्यस्तै, कार्यक्रमका बिशेष अतिथि सुर्योदयन नगरपालिकाको उपमेयर दुर्गा पूसाद बरालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए…

Read More

भद्रपुर, १६ साउन । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका झापामा नेपाली सेनाले विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । झापा–७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयलाई विद्यालय भवन निर्माण गरी हस्तानतरण गरिएको हो । नागरिक सैनिक सम्बन्ध विस्तार योजना अन्तरगत निर्माण गरिएको उक्त विद्यालय भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । सेना र जनताबीचको सम्बन्धलाई अझ मजबुद बनाउन विद्यालय भवन निर्माण गरिएको पृतनापति खड्काले बताउनुभयो । नेपाली सेनाले एउटा सभाकक्ष, एउटा कक्षा र शौचालय सहितको भवन निर्माणका लागि रू ३५ लाख बजेट उपलब्ध गराए पनि रू ३२ लाख १८ हजार ८५५ मा ठेक्का लागेर भवन…

Read More

झापा, १६ साउन । सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ। विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७–७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४–७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ। विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका…

Read More