झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ साउन । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

Read More

बिर्तामोड, ११ साउन । झापाको बिर्तामोड नगरपालिकाले स्थानीयबासीलाई कौशी तरकारी खेती तालिम दिएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी संघ नेपालले आयोजनामा उक्त दुई दिने तालिम दिइएको हो । तालिममा वडा नम्बर १ का विभिन्न टोल विकास समितिहरुबाट ३० जनाले सहभागिता जनाएका थिए । सहभागीहरुलाई पट, बक्स तथा ग्रो व्यागको तयारी, विरुवा रोप्ने तरिका, कौशी खेतीका लागि आवश्यक सामाग्री, प्रयोग गर्ने विधि, विरुवाको हेरचाह, मल खाद दिने तरिका, काटछाँट गर्ने तरिका लगायतका बारेमा जानकारी गराइएको थियो । तालिममा सहभागीलाई हजारी ३० थान, ग्रो व्याग ७० थान, निमको विषादी ३० थान, फेरोमिन ट्रयाक ३० थान, पहेलो पासो…

Read More

झापा, ११ साउन । झापाको कचनकवलमा आइतबार बिहान बयरको रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको ‘आत्महत्या’का सम्बन्धमा प्रहरीले कारण खोज्न थालेको छ । स्थानीय चिया बगानमा काम गर्ने तीन किशोरीले आइतबार बिहान सामूहिक आत्महत्या गरेका थिए । झापाको कचनकवल–५ पाठामारीका १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया शर्मिला गणेशले गत साउन ८ गते बिहान स्थानीय सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । तीनै किशोरी सोही चिया बगानमा दैनिक ज्यालादारीमा काम गर्थे । झापा प्रहरीले शवको पोष्टमार्टमका लागि धरानमा पठाएको थियो । पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी नै रहेको भएपनि प्रारम्भिक रिपोर्टमा आत्महत्या…

Read More

बिर्तामोड, ११ साउन । झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ । उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी झापामा नै एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई…

Read More

बिर्तामोड, ११ साउन । बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा मंगलबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको हो । जसमा वडा नम्बर ६ मा रहेको नविन ट्रेड कन्र्सन, सुगम आयल ट्रृडर्स, वडा नम्बर ५ मा रहेको न्यु दुर्गा अटोमोवाइल्स, बोलबम आयल स्टोर, जय हनुमान ट्रेड कन्र्सन, वडा नम्बर ४ को गणेश अटोमोबाइल्स, वडा नम्बर १को हनुमान पेट्रोलियम सप्लायर्स, लक्ष्मी आयल पम्प, वडा नम्बर २ को आश्मा ट्रेडर्स एण्ड सप्लायर्स र गौरव ट्रेड…

Read More

भद्रपुर, ११ साउन । झापाको भद्रपुर नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । नगरपालिकाले उपचारका क्रममा रगत आवश्यक परेका नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको हो । नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन चालू आर्थिक वर्षमा रू पाँच लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो । नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी झापा शाखा र भद्रपुर नगरपालिकाबीच सम्झौता समेत भइसकेको छ । सम्झौता भएसँगै पहिचान खुल्ने कागजात देखाए रेडक्रस झापाद्वारा सञ्चालित ब्लड बैंकले निःशुल्क रगत लिन सक्ने रेडक्रस उपशाखा भद्रपुरका सभापति गोपाल गिरीले बताउनुभयो । ब्लड बैंकबाट दैनिक ५० देखि ७० पिन्ट…

Read More

झापा, १० साउन । झापाको कनकाई नगरपालिका–४ स्थित धार्मिकस्थल कोटीहोमको दान पेटिकाको रकम चोरी भएको छ । आज राति मूल मन्दिरमा रहेको चार वटा दान पेटिका फोरेर चोरी भएको हो । रातको समयमा दान पेटिकाको ताला फुटाएर चोरी भएको पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले बताउनुभयो । मन्दिरमा रहेको सीसी क्यामेराको फुटेजको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साउन महिना शुरु भएयता मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको छ भने दान पेटिकामा सहयोग गर्नेको क्रम पनि बढेको थियो । मन्दिरमा पटक–पटक मन्दिरमा चोरी भएपछि सीसी क्यामेरा जडान गरिएको थियो ।

Read More

झापा, १० साउन । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ । यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।

Read More

झापा, १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन् । प्रहरीका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । ‘चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको देखिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने, ‘उनीहरूको हत्या भएको देखिन्छ।’ मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ। नेपाल खबरबाट

Read More

काठमाडौं, १० साउन । अभिनेता राजेश हमालले फिल्म ‘छड्के २’मा बाबुको भूमिका अस्विकार गरेका थिए । निर्माताले ५० लाख पारिश्रमिक दिएर अफर गर्दा पनि हमाल बाबु बन्न तयार भएनन् । त्यसपछि रामबाबु गुरुले पनि नयाँ फिल्मका लागि बाबुको भूमिका अफर गरे। उक्त फिल्ममा पनि हमालले बाबु बन्न नमानेपछि अभिनेता विपिन कार्कीलाई चिट्ठा परेको छ। हमालले अस्विकार गरेको बाबुको भूमिका विपिनले सहजै स्विकार गरिदिए । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिन बाबुको भूमिकामा देखिँदैछन् । विपिनले उक्त फिल्ममा अभिनय सम्झौतापछि आफ्नो करियरकै सबैभन्दा ठूलो चुनौती मोल्न तयार भएको बताएका छन्। अभिभावक र सन्तानको सम्बन्धको कथा भन्ने यो फिल्मका…

Read More