झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० भदौ । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा…

Read More

झापा, २० भदौ । तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा ९माओवादी० केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ। प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ुकु बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गर्नुभएको हो। तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुने…

Read More

झापा, २० भदौ । पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ु स्वीकृत गर्दै कडाइ गरेको हो। कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ । पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेस गर्नु पर्नेछ। कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ…

Read More

झापा, २० भदौ । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन भाषणमा उनले कार्यालय स्थापना भएपछि ‘केही महिनामै पानीजहाज चढ्ने टिकट काटिने’ दाबी गरेका थिए । पानीजहाज कार्यालयका चार वर्ष त्यसै बिते। कार्यालय उद्घाटनसँगै आशावादी…

Read More

शरणामती, १९ भदौ ।कनकाई नगरपालिका-३ कनकाई टोल स्थित सडकमा दुर्घटनाको जोखिम बढेपछि कनकाई खेलकुद महासंघले सावधानी अपनाएको छ । कनकाई खेलकुद महासंघले कनकाई टोलको सडकको चौवाटोको बिचमा मिनि राउण्डबोर्ड निर्माण गरेर दुर्घटना न्यूनिकरणका लागि सावधानी अपनाएको हो। गत साउन ४ गते यही दुर्घटना भएर झापा-६ का राजेश कार्कीको मृत्यु भएसँगै दुर्घटनाको जोखिम बढेको भन्दै महासंघले दुर्घटना न्यूनीकरणका लागि उपाय अपनाएको कनकाई महासंघका अध्यक्ष गोबिन्द सुबेदीले बताए । हामीले अपनाएको सावधानीले केही न केही दुर्घटना न्यूनीकरण हुने विश्वास लिएका छौ उनले भने चालकहरुले समेत यसमा ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ।ह्युमपाइपद्वारा निर्मीत अस्थायी राउण्डबोर्डमा रङरोकन गरिने समेत उनले बताए । पत्रकार तथा…

Read More

विराटनगर, १९ भदौ । मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।आइतवार बसेको निर्वाचन क्षेत्रिय समितिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत रुपले एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो । बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव , धर्मलाल माझी , सुनिता सरदार , डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ । यसैगरि सोही क्षेत्रको प्रदेश सभाको क मा प्रत्यक्षतर्फ बिजय विश्वास थारु , पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समामानुपातिकतर्फ केवल रार्य , सुर्य नारायण मुडियारी , ध्यानबहादुर वन…

Read More

उदयपुर, १९ भदौ । उदयपुरको बेलका नगरपालिका-७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आए सगैं तत्काल इलाका प्रहरी कार्यालय…

Read More

झापा, १९ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले दुई बढी आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीले झापाका पाँच निर्वाचन क्षेत्रमध्ये केहीमा सर्वसम्मत र केहीमा धेरै आंकाक्षीहरुको नाम सिफारिस गरेको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आकांक्षीको धेरै रहेका छन् । झापा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वगृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, क्षेत्र नं. १ महामन्त्री विश्वप्रकाश शर्मा र झापा क्षेत्र नं. ३ मा पार्टीका झापा सभापति देउकुमार थेवेको नाम सर्वम्मत सिफारिस गरिएको छ । झापा क्षेत्र नं. २ र ५ मा प्रतिनिधिसभा…

Read More

विराटनगर, १९ भदौ । सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–८ का ५० वर्षीय दिपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भई उपचारको लागी टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । त्यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का ३५ बर्षीय प्रकाश राईको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिबार बेलुका म्याखम खोला हाइड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी…

Read More

सुनसरी, १९ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङले नियन्त्रित औषधी आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचना आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More