झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० असार । झापा कनकाई नगरपालिका–४ स्थित लक्ष्मीपाण्डे शालिकदेखि गौतम चोकसम्मको सडक कालोपत्रे गर्ने काम ठेकेदार र सडक विभाग दमकको मिलेमतोमा हुन नसकेको झापा क्षेत्र नं. ४ सांसद एलसी साँवाले आरोप लगाउनुभएको छ । ठेकेदार सुुनकोशी एभरग्रीन कम्पनी प्रालि र सडक विभाग दमकको मिलोमतोमा सडक कालोपत्रे हुन नसकेको उहाँले आरोप लगाउनुभएको हो । असार मसान्तसम्ममा कालोपत्रे सक्नुुपर्नेमा असार ३० गतेसम्ममा पनि सडकमा ढाँट राख्ने मात्रै काम भएको उहाँले बताउनुभयो । “सांसदले काम गरेनन् भन्नका लागि यो जालसाजीस भएको हो”, सांसद साँबाले भन्नुुभयो । लक्ष्मीमार्ग उक्त बाटो पूर्व प्रदेशका कृषिमन्त्री समेत भइसकेका प्रदेश सांसद हिराकुुमार थापाको घर अगाडिको समेत बाटो…

Read More

बिर्तामोड, ३० असार । झापाको बिर्तामोड नगरपालिकाले सेवा निवृत्त शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभुत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका शिक्षक जनक बहादुर थापालाई सम्मान गरीएको हो । सम्मानित हुनै तिनै जनालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यामुना आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान पत्रसहित जनहि ५० हजार रुपैयाँले सम्मान गर्नु भयो । उत्कृष्ट शिक्षकककारुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना,आधारभुत तहका ३ जना र प्रावि…

Read More

बिर्तामोड, ३० असार । सन्देशमूलक नेपाली लघु चलचित्र ‘क्राइम’ निर्माण हुने भएको छ । बीएसबी इन्टरटेन्मेन्ट प्रालि ब्यानरमा बलात्कार लगायतका समाजमा हुने अपराध आधारित चलचित्र निर्माण हुने भएको हो । चलचित्र निर्माण पक्षले आज बिर्तामोडमा चलचित्र निर्माण बारे जानकारी दिएको हो । लघु चलचित्र ‘मिसन बिर्तामोड’को सफलता पछि ‘क्राइम’ निर्मा ण गर्न लागिएको निर्माता राजन थापाले बताउनुभयो । क्राइमको साउन २ गतेदेखि झापाका विभिन्न स्थानमा छायाँकन हुने भएको छ । लगभग ५५ मिनेटको लघु चलचित्र क्राइम निर्माण गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने निर्माण निर्माता थापा बताउनुहुन्छ । क्राइमका सह निर्माता पत्रकार एवम् लेखक तीर्थ सिग्देलले समाजमा विद्यमान विकृति,…

Read More

गत केहि महिना यता रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा श्रृखंलाबद्ध बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन सालझण्डी ईलाका प्रहरी कार्यालय सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ । घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल हुन्छ तर उजुरीकर्ता ले नै आफ्नो बाख्रा चिन्न नसकेपछि प्रहरीलाई सकस पर्छ । किनकी बाख्राहरू चोरी पछि रौं काटेर र र अनेक रंग दलेर बाख्राको स्वरुप नै परिवर्तन गरिएको हुन्छ । त्यसपछि ईलाका प्रहरी कार्यालयले मालिकद्वारा बाख्राको सनाखत गराउनुको साटो बाख्राद्वारा मालिक सनाखत गराउने जुक्ती…

Read More

झापा, ३० असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो । “यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुुख्य अनुुगमन मुुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले यसको पूरै सफा गर्न समय लाग्छ तर सुुरुआत गरेका छौँ,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने । आजको गोरखापत्र दैनिकमा खबर…

Read More

झापा, ३० असार । चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ । लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैन, आकाशगङ्गाका ताराहरूको जन्म र तिनको अन्त्यका रङ्गीन तस्बिर सार्वजनिक गरिदिएको छ । ब्रह्माण्डबारेका मानव कल्पनालाई यी तस्बिरले ठोस आकार दिएको छ । अनि खोलिदिएको छ, ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल । अन्तरिक्षको अनुसन्धानका लागि चर्चित नासाको वर्षौंको योजना र छ महिनायताको अथक मेहनतका परिणाम बनेका छन् यी तस्बिर । ‘अनफोल्ड दी युनिभर्स’…

Read More

झापा, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । कोर आई थ्री ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ। निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर प्रयोगविहीन बनाउने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाव दिइएको हो। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा सामान किन्न अनुमति दिएर प्रयोग नगराउने निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही गर्न सुझाएको हो। आयोगले २०७४ सालमा १० करोड ५५…

Read More

झापा, ३० असार । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७–८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ । बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभोग नै नगरिएकाले ऋण…

Read More

झापा, ३० असार । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो। चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने…

Read More

झापा, २९ असार । महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकार र स्थानीय तहको बेरुजु सार्वजनिक गरेको छ । महालेखाले आज आर्थिक वर्ष २०७७–०७८ को प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो ।्प्रतिवेदनमा ७ वटै प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समिति तर्फको बेरुजु रकम १९ अर्ब ६५ करोड २२ लाख रहेको उल्लेख छ । गत वर्षको बाँकी बेरुजु १२ अर्ब ९९ करोड १३ लाख थियो । तर, उक्त बेरुजुमध्ये सम्परीक्षणबाट १ अर्ब ७२ करोड ४६ लाख फस्र्यौट हुँदा ११ अर्ब २६ करोड २७ लाख कायम भएको र यसवर्ष थप ८ अर्ब ३८ करोड ५५ लाख बेरुजु थपिएर महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ…

Read More