झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ भदौ । नेपाली कांग्रेसभित्र गुटको विवाद नेता तथा कार्यकर्ताबीच हात हालाहालको अवस्थासम्म पुगेको छ। एक सातामा गुटगत संघर्षका कारण विराटनगर र इलाममा कार्यकर्ताहरु परस्पर कुटाकुटको अवस्थामा पुगेका हुन्। इटहरीमा भने गुटगत संघर्षकै कारण पार्टी कार्यालयमा तालाबन्दी भएको छ। नगर जिल्ला अधिवेशनका बेलाबाट झांगिएको गुटगत संघर्ष बढ्दै जाँदा प्रदेशका विभिन्न स्थानमा कार्यकर्ताहरुबीच कुटाकुट हुनथालेको छ। ‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत इलामको निर्वाचन क्षेत्र नं. २ मा आयोजित कार्यक्रममा हात हालाहाल भएको छ।कार्यक्रम सञ्चालन भएकै स्थानमा नेताहरूबीच हात हालाहाल भएको हो। पार्टीका महाधिवेशन प्रतिनिधि तारा थापाले आफूमाथि हमला भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। उनले नगर सभापति दिलीप कार्कीलगायतले आफूमाथि सार्वजनिक…

Read More

बिर्तामोड, १४ भदौ । बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ । बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्बदा भट्टराईले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरिन् । बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सवको अवसरमा मंगलबार उक्त रकम प्रदान गरिएको हो । उक्त अवसरमा अभियान नेपलका लागि विष्णु आचार्यलाई रु ३५५५ र परोपकार बृद्धाश्रमलाई रु ३५५५ पनि सहयोग प्रदान गरियो । बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव…

Read More

भद्रपुर, १४ भदौ । झापाको भद्रपुर नगरपालिका–४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका एक किशोर शव आज बिहान फेला परेको छ । भद्रपुर–३ रंगीला चोकका १८ वर्षीय सामुएल भुलेज सोमबार मेची नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भुलेजको शव आज बिहान ७ः३० बजे पौडी खेल्न गएको स्थानदेखि करिब ७ किलोमिरट पर भद्रपुर–३ स्थित धिमालधुरामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । भुजेल बेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी महेशपुर, वडा प्रहरी कार्यालय भद्रपुर र स्थानीयबासीको प्रहरी टोली खोजी कार्यमा जुटेको थियो । फेला परेको शव भुलेजकै…

Read More

दमक, १४ भदौं । झापाको कमल गाउँपालिका–६ स्थित गेउरियामा निर्मित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएको छ । एक वर्षअघि निर्माण पूरा भएको अस्पतालको बुधबारदेखि सञ्चालनमा आउने भएको हो । अस्पतालको बुधबार प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने जनाइएको छ । सोका लागि आवश्यक तयारी पूरा भएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए । सबै किसिमका रोगको उपचार गर्न सकिने गरी पूर्वाधार लगायतका संरचना समेत निर्माण गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर अनिल कुमार यादवले बताए । अस्पताल निर्माणका लागि त्यहाँका स्थानीय मणिकुमार भण्डारी लगायत छ जना दाताले दुई बिगाहा बढी जमिन निःशुल्क उपलब्ध गराएका थिए ।…

Read More

झापा, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताइन् । “महिला…

Read More

झापा, १४ भदौ । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् । अन्ततः उनले…

Read More

झापा, १४ भदौ । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराईरमधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्। गत स्थानीय तह निर्वाचनमा तराईरमधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए । यसपटक पनि ती दलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यहाँसम्म कि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा सिके राउत नेतृत्वको जनमत पार्टीले समेत अन्य दलसँग गठबन्धन गर्न विभिन्न किसिमबाट प्रयास गरिरहेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले सत्तारूढ पाँच दलीय गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका…

Read More

झापा, १४ भदौ । उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा। सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिए। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्। उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निने जस्ता लक्षण लिएर आउने अधिकांश बिरामीमा…

Read More

झापा, १४ भदौ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो । आचारसंहिता प्रकाशित भए पनि आयोगले तोकेको मिति र क्षेत्रमा मात्रै लागू हुनेछ । ‘आचारसंहिता कहिलेबाट लागू हुने रु’ भन्ने तोकेको छैन । आचारसंहितामा प्रत्यक्षतर्फका उम्मेदवारले सम्पत्ति विवरण उम्मेदवार मनोनयन दर्ता गर्दा नै ‘शिलबन्दी’ गरी पेस गर्नुपर्ने उल्लेख छ । सम्पत्ति विवरण आयोगले उम्मेदवार निर्वाचित भएमा सार्वजनिक गर्नेछ । तर, निर्वाचित नभएमा र उम्मेदवारले फिर्ता मागेमा निर्वाचन अधिकृतको कार्यालयले फिर्ता…

Read More

झापा, १४ भदौ । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स ९यूएई०लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्। आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिसामा युवतीलाई खाडी मुलुक पुर्याई अलपत्र तथा बन्धक बनाएको पाइएपछि मानव बेचबिखनमा पर्ने…

Read More