झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मूल्याङ्कनका आधारमा पहिलो भएको छ । स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको आर्थिक वर्ष २०७८/०७९को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनि स्वास्थ्य चौकी पहिलो भएको हो । मुल्याङ्कनमा वडा नम्बर १०को सैनिकबजार आधारभुत स्वास्थ्य चौकी दोश्रो र वडा नम्बर ३मा रहेको अनारमनी नगरअस्पताल तेश्रो भएका छन् । विजेता स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रमाणपत्र प्रदान गर्नुभयो । सोही कार्यक्रमका विच महिला,बालबालिकाको स्वास्थ्य अवस्थालाई प्रबद्र्वन गर्न, स्वास्थ्य सेवालाई समुदाय स्तरसम्म स्थापित गर्न…

Read More

झापा, २५ असार । चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चार आली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय…

Read More

विराटनगर, २५ असार । मानब बेचबिखन तथा ओसारपसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरटीआई समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ । पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसारपसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला…

Read More

बिर्तामोड, २५ असार । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मेचीनगर–६ मचीपुलबाट ब्राउनसुगर सहित मेचीनगर–७ नयाँ बसपार्ककी २२ वर्षीया रोजिना आले खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेकी खड्काको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ । त्यस्तै, मेचीनगर–१ ज्योतिटोल का ४४ वर्षीय पदमबहादुर दर्जी र २३ वर्षीय चरण लामिछानेलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको छ । शुक्रबार…

Read More

बिर्तामोड, २५ असार । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर–९ का २० वर्षीय निरज राय रहेका छन् । रायले शुक्रबार बेलुका किनमेल गरिरहेकी धुलाबारी नगरपालिका–९ की ५० वर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गरेको थियो ।

Read More

झापा, २५ असार । झापाको मेचिनगर नगरपालिका–५ स्थित तिरिङ–काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । आज बिहान पौने ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टातर्फ आउदै गरेको मे१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय केजी अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ मुल्य बराबरको बरामद गरेको हो । बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

Read More

बिर्तामोड, २५ असार । झापाको बिर्तामोड–२ मा प्रमुख कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाख्रा पालन समूहलाई नश्ल सुधारका लागि दुई बोयर बोका वितरण गरेको छ । साकोसले शिवसताक्षी वडा नं. १० स्थित दोमुखा सहारा बाख्रा पालन समूहलाई ८५ हजार र विर्तामोड–७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुर पालन समूहलाई ७३ हजार रुपैयाँ मूल्यको बोयर बोका शनिवार (आज) बितरण गरेको हो । साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीद्धारा संस्थाको आगामी कार्यक्रम अन्र्तगत १० हजार कृषि उद्यमी सदस्य बनाउने लक्ष्य अनुसार आफ्ना शेयर सदस्यका दुई वटा बाख्रा पालन समूहलाई नश्ल सुधारका लागि बोका बितरण गरेको सहारा नेपालका राजु गिरीले…

Read More

बिर्तामोड, २५ असार । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन तथा लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण कार्यक्रमका केही झलकहरु । तस्वीरः झापा अनलाइन ।

Read More

झापा, २५ असार । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ । एजेन्सी

Read More

एजेन्सी । बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ । बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो । सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी एक युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए । उनलाई लामखुट्टेले दाहिने आँखा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए । बीबीसीका…

Read More