
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ असार । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउँछ। त्यसैले ती बाघलाई नियन्त्रणमा लिएर राख्नेछौ, उनले भने, “२०७७ सालयता हामीले चारवटा बाघलाई नियन्त्रणमा लिएका छौँ र अहिलेसम्म छाडेका छैनौंँ।” २०७७ सालमा चितवनको देवनगर र बाँकेबाट चालू आर्थिक वर्षमा, गत जेठमा पूर्वी चितवनको राप्तीबाट र पछिल्लो पटक असार…
झापा, ६ असार । जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ । तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना विसं २०५५ मा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र । जग्गाको अभिलेख मालपोत कार्यालयमा सुरक्षित रहन्छ र माटो कसैले बोकेर लान सक्दैन भन्ने विश्वास लमजुङका तारानिधि लोहनी र शान्तादेवी लोहनीका लागि पूर्णतः गलत…
झापा, ६ असार । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ। प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ। अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औषतमा ९।४ प्रतिशत (गत वर्षको सोही…
झापा, ६ असार । सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीको विषयमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरीतका कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने विषयमा प्रस्ट हुन गठबन्धन आबद्ध दलका शीर्षस्थ नेतालाई आग्रह गरेका थिए । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा व्यापक छलफल भएको र आफूहरूले सो सम्झौता…
झापा, ६ असार । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपु (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो। नेपाल(भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो। वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए।…
झापा, ६ जेठ । असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन। किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन्। तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ। सरकार सधैं किसानप्रति खेलवाड गर्दै आएको छ। कृषिविज्ञ लेखनाथ आचार्यले रासायानिक मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारी तथा कर्मचारीको लापर्बाहीका कारण किसानले समयमा मल नपाएको बताउँछन्। ‘किसानले बर्सेनि मल अभावको सामना गरिरहनुपरेको छ। हरेक स्टेपमा स्वार्थ जोडिएको हुन्छ’, आचार्य भन्छन्, ‘कम्पनीका पदाधिकारीले कुनै न कुनै बहाना बनाएर आपूर्ति गर्दैनन्।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ६ लाख मेट्रिकटन मल आवश्यक…
मोरङ, ५ असार । मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट एक थान पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिगत एक महिनाको अवधिमा मोटरसाइकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाइकलसहित पक्राउ गरेको थियो । मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा एक थान चाइनिज पेस्तोल, सोही पेस्तोलको गोली एक राउण्ड र म्याग्जिन एक थान भएको खुलेसँगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, ५ असार । मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मोरंङको जहदा गाउँपालिका–४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखिया जेठ ३ गते माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घर देखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ । त्यसैगरी मोरङकै रतुवामाई नगरपालिका–१ मुस्लिमटोल बस्ने साकिर आलमका २ बर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा…
झापा, ५ असार । सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६.४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन्। सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ‘विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो,’ उनले भने, ‘यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन।’ उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रोग हो । मुलुक संघीयतामा गइसकेपछि यसमा सुधार हुने अपेक्षा थियो । तर, हुन सकेको छैन । सरकारले वैशाखसम्म ३१.२८,…