
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २६ असोज । सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान–८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्र–९ का निश्चल चौधरीलाई २७० ट्याब्लेट डिकोलिक र स्पास्मो सहित पक्राउ गरेको हो । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले चेकजाँचको क्रममा सुन्दरहरैचा(१० का प्रेम खड्कालाई ट्रामाडोल ३४० क्याप्सुल, डिकोलिक…
विराटनगर, २६ असोज । झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँचको क्रममा असोज २५ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट अवैधरुपमा लुकाई छिपाई ल्याउदै गरको अवस्थामा करिव ४ लाख मुल्य बराबरको बिभिन्न किसिमको पटका जन्य विष्फोटक पदार्थ र तिहारमा बाल्ने झिलिमिली बल्व लाईट बरामद गरेको छ भने सुनसरीको देवानगंज गाउपालिका–४ स्थितबाट करिव ७३ हजार १ सय २० रुपैया मुल्य बराबरको पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।
भद्रपुर, २६ असोज । यहाँस्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले बताउनुभयो । रासस
झापा, २६ असोज । गत शुक्रवारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्…
अर्जुनधारा, २६ असोज । भौतिक तथा यातायात मन्त्री कुलमान घिसिङले अर्जुनधारा–१० र ११ स्थित बुटाबारीदेखि सालबारी हुँदै चिसापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमणि मार्गको स्थलगत अवलोकन गर्नुभएको छ । स्टक्चर निर्माणको काम भइरहेको करिब ५ किलोमिटर लामो उक्त सडकको आज मन्त्री घिसिङले स्थलगत अवलोकन गर्नुभएको हो । संघीय बजेटबाट निर्माण शुरु भएको उक्त सडकको काम चाँडो सम्पन्न गर्नका लागि पहल भइरहेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताउनुभयो । सडक निर्माण सम्पन्न भएपछि यहाँका हजारौं बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
सुनसरी, २६ असोज । सुनसरीको रामधुनी नगरपालिका–२ शिबनगरमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ ५ः०० बजे स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको स्थानीयले बताएका छन् । मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो । गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलिका इन्चार्ज लेखनाथ दाहालका अनुसार चौधरीको हत्या गोली प्रहारकै कारणले भएको हो वा अन्य…
इलाम, २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो । “सडक खुलाउन हामी दिनरात लागिरहेका…
-राजेश ढुंगाना एक दिनमाअझ एकैछिनमाससाना स्कूले नानी-बाबुहरूलेतीन दशककोकालो, ॲध्यारोलाईनिमिषभरमैध्वस्त पारिदिएपरास्त गरिदिएतीन दशककोविषाक्त देशलाईअमृत बर्षाको सम्भावना देखाइदिएको नि के-केकाविरुद्ध उठेका कलिला बाबु-नानीकाहात र आवाजहरुसडकमारगत पल्टेरदेशकोमुस्कान खोज्दै मरिरहेसडकमाक्षत-विक्षत लम्पसाररगतको आहालमा डुबेर◾️र,मर्नुभन्दा अघिअथवामर्दै-मर्दाको क्षण र समयउनीहरूलेआफ्नो वर्तमान माग्दैहाम्रो भत्किएको सपनालाईटड्कारो बौराए एक पटक हो,शहादत दिएररक्त – बलिदानकोस्कूले नानी-बाबुहरूलेहामीलाईभविष्यको नौलो क्षितिज देखाए रोक्नु हुन्न यात्राअविराम हिंड्नु पर्छभन्ने बताएसबैभन्दा धेरै तहामीलेसदैव र निरन्तरबिर्सिएकोहिंड्नै पर्ने यात्राकोबाटो देखाए ◾️ रक्तविजकहीं, कतै, कहिलेखेर जान्न – झाङ्गिन्छमर्दैन मारेरबरूजिउँदिन्छसदैवका लागि◾️हो,क्रान्ति फेरि पनियहाँ एकपटकअधुरो नै रहलातरयो क्रान्ति यसपटकउधारोमै रहे पनि यसलेएउटा ऋणमुक्तनगदर पूर्ण क्रान्तिको यात्राथालेको छहो…नानी – बाबुहरूको यो क्रान्तिलेनेपाल आफैंमाक्रान्तिमय बनेको छएउटा पूर्ण क्रान्तिको संघारगर्भाधान भैसकेको छ◾️हो,यो क्रान्तिलेपहिलो पटकनेपाल जन्माउॅछअब…
झापा, २६ असोज । हस्ताक्षर गरेको र नगरेको विषयलाई लिएर झापा कांग्रेसमा आन्तरिक छेडखानी चलेको छ । पार्टी जिल्ला नेतृत्वमा रहनु भएको एक जिम्मेवार पदाधिकारीले हस्ताक्षर गर्ने पक्षलाई “होच्याए” पछि आन्तरिक छेडखानी चलेको हो । कांग्रेस झापाका एक पदाधिकारीले ३० प्रतिसत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको सूचना सञ्चार माध्यमलाई दिएर “परिवर्तन पक्षधर” लाई होच्याएको भन्दै हस्ताक्षर पक्षधर आक्रोसित बनेको छ । हस्ताक्षर गर्ने पक्षले ५१ प्रतिसत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेको दाबी गरेको छ । हिमालय टाइम्सलाई प्राप्त हस्ताक्षर महाधिवेशन प्रतिनिधिको संख्यासहितको नामावलीले सो दाबीलाई पुष्टि गर्छ । हस्ताक्षर नगर्ने पक्ष समयको सही मूल्यांकन गर्न नसकेको, विषम परिस्थितिमा हस्ताक्षरको…
कनकाई, २६ असोज । गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगर क्षेत्रमा करिब ४ करोड बराबरको क्षति भएको छ । गरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा बाढीका कारण करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छ । करिब ८०० मिटर सडकमा क्षति पु¥याएको छ भने धानबालीमा क्षति भएको छ । “नदी नियन्त्रणका लागि नगरपालिकाले कनकाई र बिरीङ नदीमा तटबन्धन गरेकाले धेरै क्षति हुन पाएन”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “नगर क्षेत्रमा बाढीका कारण करिब ५० घरधुरी प्रभावित भएका छन् ।” विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा…