
झापा, २६ असोज । गत शुक्रवारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



