
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ साउन । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानबाट मंगलबार राति प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का ३५ वर्षीय लालबाहदुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । चिया बगानमा शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउनसुगर ४ ग्राम र गाँजा २ ग्राम १३ मिलिग्राम फेला परेकय थियो । लागुऔषधसहित पक्राउ परेका दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।यसैबीच, झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले अवैध टिकको गोलिया काठ बरामद गरेको छ ।शिवसताक्षी–१० कय बीरु…
झापा, २५ साउन । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ। अध्यागमन विभागका अनुसार २०७२ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्काशन गरिएको हो। नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिक रहेका छन् । गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देशबाट निष्काशन गर्ने निर्णय गरेको विभागले जनाएको छ। चिनियाँ र अमेरिकीपछि नेपालबाट निष्काशित हुनेमा तेस्रो ठूलो संख्या क्यानडेली र पन्च नागरिक रहेका छन्। सो अवधिमा १०(१० जना क्यानडेली र फेन्च नागरिकलाई सरकारले निष्कासन गरेको छ। विभागका अनुसार पछिल्लो तीन…
इलाम, २५ साउन । डाक्टर गोविन्द केसीले मंगलबारदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । मंगलबारदेखि २० दिनसम्म उनले सेवा दिनेछन् । डा.केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु गरिएको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ । सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि…
झापा, २५ साउन । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ । आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेको पहाडी…
झापा, २५ साउन । औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैमा कसिलो भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पूरा गरी लिइने नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन। जसका कारण गत आर्थिक वर्ष २०७८÷०७९ मा १६ वटामात्रै गुणस्तर प्रमाण चिन जारी भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा पनि ६७ वटा गुणस्तर प्रमाण चिह्न मात्रै प्रदान गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्य देशका आद्यौगिकरणको पूर्ण अभ्यास नभएका, प्रशासनिक प्रक्रियागत झन्झट तथा मापदण्ड पनि कसिलो खालको…
झापा, २५ साउन । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ गर्ने निर्णय गरेको छ । अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ । सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई र प्रदेश १ र मधेस प्रदेशलगायत प्रदेशमा एक÷एक स्थानमा स्मार्ट लाइसेन्स छपाइ तयारी गरिएको हो । संघ तथा…
बिर्तामोड,२४ साउन । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृती बर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । पुर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पांच सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा आज सम्पन्न बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । बिगत २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पुर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् । आगामी साउन २७ गते महासंघको २३ औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने उक्त पुरस्कारको राशी नगद…
बिर्तामोड, २५ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले अवैध टिकको गोलिया काठ बरामद गरेको छ । शिवसताक्षी–१० कय बीरु मगरको घरमा लुकाएर राखेको अवस्थामा टिकको १० थान गोलिया (५८.०७ क्युविक फिट) मंगलबार दिउँसो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाबाट खटिएको टोलीले मगरको घरबाट उक्त काठ बरामद गरेको थियो । बरामद काठ आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षारोपण कार्यालय केर्खा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, २४ साउन । आगामी मंसिर ४ गते एकै चरणमा हुने गरी संघ र प्रदेशको चुनावको मिति तोकिएसँगै झापामा राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा दलहरुले राजनीतिक गतिविधिलाई तीव्रता दिन थालेका छन् । यसैक्रममा विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका नेता–कार्यकर्तालाई पार्टीमै फर्कन नेकपा एमाले झापाले आह्वान गरेको छ । पार्टीका झापा अध्यक्ष दीपक कार्कीले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो आह्वान गर्नुभएको हो । “बामपन्थी परिर्वतनकारी न्यायप्रेमी जनसमुदायलाई नेकपा (एमाले) ले उठाएको झण्डा मुनी गोलबद्ध हुन हार्दिक अपिल गर्दछौं”, जारी विज्ञप्तिमा भनिएको छ, “विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आह्वान गर्दछौं ।” “मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक…