
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ साउन । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ । दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक…
झापा, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ। बैङ्कहरूले यसरी संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदरमा प्रकाशित दरभन्दा ०.५ प्रतिशत बढी दिन सकिने व्यवस्था गरे पनि यसले ब्याजदर बढाउन नै प्रेरित गरेको बैङ्कहरूले जनाएका छन् । यसअघि हाल प्रकाशित दरभन्दा ०.१ प्रतिशतसम्म बढी ब्याजदर दिन…
साउन ,१७ काठमाडौँ । नेपाल तमू (गुरुङ ) विद्यार्थीको एघारौ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ । आगामी भदौ २४ र २५ गते काठमाडौं नयाँ बसपार्क स्थित तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को भवनमा केन्द्रीय महाधिवेशन हुन लागेको हो । एघारौ महाधिवेशनका लागि “मातृभाषामा शिक्षाको सुनिश्चितता हाम्रो अभियान , उत्पादन र रोजगार लक्षित शिक्षा नीतिको पक्षमा ११औ राष्ट्रिय महाधिवेशन ” भन्ने मुलनारा राखिएको छ । देशभर करिव ५२ जिल्लामा संगठित रहेको संगठनले केन्द्रीय महाधिवेशनबाट आगामी दुई वर्षा कार्यकालको लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरी सम्पन्न गर्ने जनाएको छ । त्यसैगरी, केन्द्रीय समितिले महाधिवेशन तयारीको लागि केन्द्रीय अध्यक्ष पुकार गुरुङको…
तेह्रथुम, १८ साउन । आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ वर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन् । उनले हिजो बिहान बाबु ५३ बर्षीय भक्तबहादुर भण्डारीलाई घरायसी विवाद हुँदा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरी सक्त घाइते बनाइ भागी फरार भएका थिए । घाइते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै बिहान सँवा ७ बजे मृत्यु भएको थियो । घटनापछि फरार रहेका निज प्रतिवादी टंक बहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरि खोजतलास गर्दै जाँदा हिजै राती साढे ९ बजे…
विराटनगर, १८ साउन । उदयपुरको बेलका नगरपालिका-८ डुब्रिबोटेमा सप्तकोशी नदीले आज बिहान ४ बजे देखि बाँध कटान गरी सिसौली बस्तिमा पानी पसी डुबान शुरु भए पश्चात उक्त स्थानमा खटिएका नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुवानमा परेका स्थानीय वासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राख्दै आइरहेको छ । डुवानबाट प्रभावित स्थानीय वासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका–८ को सिसौली बस्ति र बेलाका नगरपालिका–३ को भाटेपुल बस्तिमा बाढी पसी डुवानबाट प्रभावित भएका…
मोरङ, १८ साउन । मोरङ बिराटनगर महानगरपालिका–१४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरी लैजादै गरेको अवस्थामा लागुऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ । आज दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को२ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् । फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिर्तामोड, १८ साउन । बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिले मिस्टर एण्ड मिस एसईईका बिजेतालाई छात्रवृत्ति प्रदान गरिएको छ । मिस एसईईकी बिजेता बन्दना धिमाल, मिस्टर एसईईको बिजेता, मिस्टर वेस्ट डान्सर मौषम रिजालसहित मिस एसईईको फस्ट रनर अप, मिस ट्यालेन्ट विनिसा गुरागाईं, सेकेण्ड रनर अप, मिस फोटोजेनिक हिना खड्का, मिस्टर एसईईको फस्ट रनर अप, मिस्टर इनरजेटीक सिद्धान्त दास, मिस्टर पङ्च्युअल संगम बराइली, मिस व्युटीफूल युनिसा सेञ्च्युरी, मिस कन्फिडेन्ट काव्या ठकुरी, वेस्ट स्पीकर सिवानी धिमाल, मिस हार्डवर्किङ सोनिया खत्री, वेस्ट वाल्क करिस्मा शंकर, मिस ओविडेन्ट प्रास्ना श्रेष्ठ, मिस फे्रण्डली प्राची गौतम, मोस्ट क्युरियस कुन्ती माझी, मोस्ट डिसिप्लेन प्रियन्का शर्मा पौडेल, मिस पर्सनालिटी…
बनियानी, १८ साउन । झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ । गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्जवल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उज्जवल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुन…
झापा, १८ साउन । लागुऔषध ब्राउनसगुरसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरी रहेकी छन् । हिजो बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, १८ साउन । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भइरहेको त्या खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन्। कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जानकारीसमेत दिएका छन्। पानीको सतह बढेपछि गोबरगाढामा रहेको…