झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ साउन । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन। यद्यपि आयोग पदाधिकारीको बैठकले आर्थिक कार्यविधि पारित गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ। आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र, मतपेटिका, छेकबारालगायतका निर्वाचन सामग्री स्थानीय चुनावभन्दा चार गुणा बढ्ने हुँदा निर्वाचन खर्चमा समेत उल्लेख्य वृद्धि हुनेछ। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार रुपियाँ खर्च भएको थियो। आयोगले १० अर्ब रुपियाँ बजेट माग…

Read More

झापा, ३१ साउन । राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ । गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन् । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । आजको नागरिक दैनिकमा…

Read More

झापा, ३१ साउन । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो। माहोल बीचमा केही सेलाएर हाले सम्पन्न स्थानीय निर्वाचनताका पनि फेरि तातेको थियो। त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बद्दन थालेको छ। हिजोआज ओली निवास बाहिरसमेत उहाँलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ। आजको नेपाल समाचार दैनिकमा खबर छ ।

Read More

झापा, ३१ साउन । सरकारले प्राइभेट फर्महरूलाई पनि कम्पनीसरह नवीकरणमा छुट सुविधा उपलब्ध गराउने भएको छ। सरकारको निर्णयअनुसार अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका फर्महरूले यसअघि नवीकरण गर्न छुटेको भए पुस मसान्तभित्र कारोबार विवरण, लेखापरीक्षण प्रतिवेदनसहित पाँच प्रतिशतमात्र जरिवाना बुझाएर नवीकरण गर्न सक्नेछन् । सरकारले बजेट वक्तव्यमा आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूलाई जरिवानाको पाँच प्रतिशतमात्र बुझाएर नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका संस्थाले यो सुविधा प्राप्त गर्ने भनिए पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका फर्मका सम्बन्धमा भने अन्योल थियो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ३० साउन । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ । संघले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै भारतको स्वतन्त्रता दिवस मनाएको हो । संघका अध्यक्ष धनकुमार (डिके) गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सल्लाहकार हिमालयप्रसाद कन्दङ्वा, रत्नबहादुर गुरुङ, भक्तबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियो । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले अगष्ट १५ मा स्वतन्त्रता दिवस र जनवरी २६ गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सहकोषाध्यक्ष निर्मला गुरुङले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष भीममाया नेम्वाङले गर्नु भएको…

Read More

अर्जुनधारा,३० साउन । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित साधुटारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई नगरपालिकाको तर्फबाट तत्काल राहत उपलब्ध गराइएको छ । स्थानीय ७२ वर्षीय कोमल खनालको घरमा आज आगलागी हुँदा ७ वटा कोठा भएको २ तले घर पूर्णरुपमा क्षति भएको थियो । सोमबार बिहान करिब ८ बजेतिर विद्युत् सर्ट भइ आगलागी हुँदा कुनै मानवीय क्षति नभए पनि करिब ३० लाख ९४ हजार ५ सय रुपैयाँबरारबको क्षति भएको प्रहरीको प्रारम्भिक रिपोर्ट छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात सबै जलेको थियो । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनल,…

Read More

झापा, ३० साउन । इजरायलले थप एक हजार जना नेपाली श्रमिक लैजाने भएको छ। सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले यस्तो जानकारी गराएका हुन्। मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी दिइन्। इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषी क्षेत्रमा लैजाने निर्णय आइतबार गरेको राजदुत गोदेरले बताए। यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएका थिए। एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्। भेटमा मन्त्री कुँवरले इजरायल सरकारको सहयोगप्रति गोदेरलाई धन्यवाद दिँदै आगामि दिनमा…

Read More

सन्तोष शर्माबिर्तामोड, ३० साउन । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाममा हजारौ भक्तजनले आज जल चढाएका छन् । साउनको अन्तिम सोमबार आज धामको मूल मन्दिरमा जल चढाउन बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका थिए । मूल मन्दिरमा पूजा गर्न पाँच सय मिटर भन्दा लामो दुईवटा लाइन लागेको थियो । “बिहान ६ बजेदेखि लाइनमा बसेका छौं”, बिहान ९ बजे मन्दिरमा लाइनमा बस्नुभएकी एक भक्तजनले भन्नुभयो, “तीन घण्टा भयो, बल्ल पालो आउला जस्तो छ ।” पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा धाममा जल चढाउन झापाका विभिन्न स्थानसँगै काठमाडौं, सिरहा, मोरङ, सुनसरी, इलाम र भारतका सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भक्तजन आएका थिए । धाम…

Read More

झापा, ३० साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का ९झापाली० लाई प्रदान गरिने भएको हो । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले प्रतिभा छनौट गरेको हो । गठित समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठक र २०७९…

Read More

बिर्तामोड, ३० साउन । झापाको दुई स्थानबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको पाउडर दुध र चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीले आइतबार मेचीनगरबाट पाउडर दुध र गौरीगञ्जबाट चिनी बरामद गरेको हो । मेचीनगर–७ स्थित जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छले ल्याउँदै गरेको रू एक लाख बराबरको २०० केजी दुध पाउडर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज–५ जनताबाट ३१ बोरा चिनी बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर…

Read More