झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ११ असार । प्रेस क्लब भद्रपुरको दोश्रो अधिवेशनले राजबाबू शंकरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्ष रोहित काफ्ले, महासचिव डिल्लीरमण नेपाल, सचिव द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधानलाइृ सर्वसम्मत चयन गरिएको हो । यसैगरी सदस्यरूमा क्रमशः भेषराज नेपाल (राजन), लक्ष्मी मिश्र, विगम श्रेष्ठ र दिपेन्द्र कट्वाललाई चयन गरिएको छ । गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा भद्रपुर नगर उपप्रमुख राधा कार्की, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्ष…

Read More

कनकाई, १० असार । झापाको कनकाई नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०७९÷८० लागि ७३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । कन्काई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रुपैंया अनुमानित बजेट एघारौं सभाको तेस्रो बैठकमा प्रस्तुत गरेकी हुन । बजेटमा चालुतर्फ ३३ करोड २३ लाख ५२ हजार ६ सय ३९ रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । कन्काई नगरले आगामी आर्थिक वर्षका लागि ८ करोड ३० लाख कर संकलन गर्ने अनुमान गरेको छ । साथै प्रस्तुत गरिएको बजेटमा ६८ बर्षमाथिका उमेर पुगेका र तोकिएका समुहका व्याक्तिहरुको करिव…

Read More

झापा, १० असार । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने २३ बर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका–४ कि १९ बर्षीया सिरिसा सिंह महथा रहेका छन् । उनीहरुले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोडकी १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको अनुसन्धानको क्रममा…

Read More

खोटाङ, १० असार । खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन । बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको संकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका(५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप(महानगरपालिका(१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ…

Read More

कचनकवल, १० असार । झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो । ‘दिगो सुशासन, पारदर्शी प्रशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दिगो विकास, कचनकवलको अभियान’ भन्ने नाराका साथ गाउँपालिकाले सातवटा उद्देश्यसहित १२ वटा प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ । गाउँसभामा वार्षिक नीत तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कचनकवलवासीको आवश्यकता र चाहनाबमोजिम प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिनु भयो…

Read More

अर्जुनधारा, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷०८०को लागि अनुमानित ७४ करोड एक लाख ५३ हजार दुई सय तीस रुपैयाँ बराबरको बजेट ११औं नगर सभामा पेश गरेको छ । अर्जुनधारा–८ स्थित सामुदायिक भवनको सभाहलमा नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख खड्गमाया पराजुलीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सञ्चालन गरेको उक्त सभामा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमसँगै “अर्जुनधारा नगरपालिकाको विनियोजन विधेयक, २०७९” पेश गरिएको थियो । सभाको अर्को बैठक यही असार १६ गते तोकिएको छ ।

Read More

बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गर्नु भएको हो । बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँड बाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदान बाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसै…

Read More

झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए। शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताए ।

Read More

झापा, १० जेठ । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्। करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए। विहीबार उनले विद्युतको आपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्य​लाई सहज बनाउन किने योजनामा सरकार डेको पनि बताए । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । मन्त्री बडूले…

Read More

भद्रपुर, १० असार । झापाको सदरमुकाम भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट, नीति तथा कार्यक्रमका सार्वजनिक गरेको छ । नगरपािलकाले आगामी आवका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम अन्तरगत उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार…

Read More