
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १३ साउन । जिल्ला प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रहरी कार्यालय झापाले करिब रू छ करोड बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपाल भित्र्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा रू पाँच करोड ८५ लाख २५ हजार ४३ बराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको सामग्रीमा कस्मेटिक आइटम, किरानाका सामग्री, लत्ताकपडा, सवारी पाट्र्स, विद्युतीय सामग्री, सूर्तीजन्य पदार्थ, पशुचौपाया लगायतका वस्तु रहेका छन् । प्रहरीले रू एक लाख सात हजार ५९५ मूल्य बराबरको कस्मेटिक आइटम, रू…
झापा, १४ साउन । विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको तुलनामा झिनो सुधार हो । अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन…
विश्वनाथ रिजालपरिचयएसियन हात्ति (Elephas maximus) नेपालको सवैभन्दा ठुलो स्तनधारी जनावरमा पर्दछ । IUCN ले यसलाई लोपोन्मुख (Endangered) सूची र CITES ले Appendix-1 वन्यजन्तुको सूचीमा मा राखेको छ । नेपालको राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु ऐन २०७३ मा यसलाई संरक्षित वन्यजन्तुको सूचिमा राखिएको छ । नेपालमा जंगली एसियन हात्ति वसोवास गने क्षेत्र १९ जिल्लाको करिव१०९८२ वर्ग कि.मी क्षेत्र ओगटछ । नेपालमा रैथाने जंगली एसियन हात्तिहरुको संख्या १०९ देखी १४२ वटा छन (DNPWC 2008) । तिनीहरू चार अलग–अलग समुह÷संख्यामा नेपालका पूर्व, मध्य, पश्चिम र सुदुर पश्चिम क्षेत्रमा पाईएका छन् । झापा जिल्लाको कुल क्षे.फ.१६०७२७ हे. मध्ये वनले ११.२ पतिशत (१८०६५ हे.) मात्र ढाक्छ…
झापा, १४ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् । आयोग स्रोतका अनुसार आयोगले छानबिनका क्रममा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा गरेको सरुवाको विवरण मागेर अनुसन्धान थाल्ने भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १४ साउन । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो। मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, ‘गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ।’ प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुने बताउँदै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि केही दिनभित्रै मिति घोषणा हुने…
झापा, १४ साउन । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले बिहान प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राती भने प्रदेश १ र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको…
इलाम, १३ साउन । इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्। इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्दै आएकामा बन्द गरिएपछि जिल्लावासीमा पुनः निराशा पलाएको छ । वर्षौँदेखि निर्माण सुरु भएको विमानस्थल केही…
भद्रपुर, १३ साउन । संख्या बढ्दै गएपछि झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु संगठित भएका छन् । झापाको विर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेको हो । १ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स झापा विर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा संघ गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम वस्नेत र कोषध्यक्षमा राहुल साहेवाला हुनुहुन्छ भने श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला सदस्य हुनुहन्छ । पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताउनुभयो…
झापा, १३ साउन । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेश नं। १ को नामकरण सगरमाथा राख्नु पर्ने माग अघि सारेको छ । नेपाल बहुजाती, बहुभाषी, बहुबर्गीय राष्ट्र भएकाले प्रदेश नम्बर १ को नामकरण भूगोलको आधारमा सगरमाथा राख्नु पर्ने समाजले आग्रह गरेको हो ।विश्वमा नेपाल हिमालको नामले चिनिएको देश र चिनाउन पनि सजिलो हुने भएकाले प्रदेश नं. १ को नाम सगरमाथा नै उचित हुने नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले बताएका छन् । समाजका प्रदेश नं. १ अध्यक्ष गिरीले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश नं. १ को नामाकरण जातीय आधारमा भए समाजले देशव्यापी…
भद्रपुर, १३ साउन । झापाको मेचीनगर नगरपालिकामा सर्पदंशबाट आज एक महिला स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–११ बनियागाउँकी ५१ वर्षीया रुपा मैनाली उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उनलाई बिहीबार राति १०ः३० बजे आफ्नै घरमा विषालु सर्पले बाँया खुट्टामा डसेको थियो । उप्रेतीलाई उपचारका लागि सर्पदंश केन्द्र चारआली ल्याइए पनि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पाताल बिर्तामोड पठाएकोमा उपचारको आज बिहानको राति मृत्यु भएको प्रवक्ता पाठकले बताउनुभयो ।