
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ साउन । प्रदेश नं. १ मा आर्थिक वर्ष २०७८–०७९ मा ८ हजार ५५ बटा मुद्दा दर्ता भएका छन् भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको छ । समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस आर्थिक बर्षमा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धी शीर्षकमा मुद्दा दर्ता भई कानुनी कारवाही भएको छ भने ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट गरिसकेको छ । फैसला…
मेचीनगर, ५ साउन । झापाको काँकरभिट्टा र मोरङको बिराटनगर-१५ स्थितबाट प्रहरीले अबैध भन्सार छलीका समान बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट अवैधरुपमा नेपालबाट भारततर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ रानी बसपार्क स्थितबाट अवैधरुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि ६२ हजार मुल्य बरावरको रेडिमेड कपडा बरामद गरी आवश्यक कानुनि कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाएको छ ।
झापा, ४ साउन । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साता प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र र त्यसपछि साउन पहिलो साता नतिजा आउने जनाए पनि प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको जनाएको छ । गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।
मोरङ, ४ साउन । बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । युरेनियम जस्तो पदार्थ लिई बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान गाउँपालिका(४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका–७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका(२ का ४० बर्षीय दिलिप कुमार शर्मा, बिराटनगर–१२ का ४६ बर्षीय फटिककुमार कार्की, माप्यदुधकोशी गाउँपालिका–७ सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका–९ खोटाङका ३२ बर्षीय किरन राई र धनपालथान…
बिर्तामोड, ४ साउन । नेपाल खेलकुद महासंघ स्वास्थ्य विभाग सचिव अम्बिका प्रसाईं थापा माथि दुव्र्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाइएको छ । दमक प्रहरीका प्रमुख डिएसपी. दिलिपराज गिरीले थापामाथि धम्कीपूर्ण भाषा र दुव्र्यवहार गरेको भन्दै नेपाल खेलकुद महासंघ जिल्ला कमिटी झापा र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले अनुसन्धान र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई ज्ञापन पत्र बुझाएका हुन् । “साउन १ गते बेलुका ८ः०० बजे नेपाल खेलकुद महासघ स्वास्थ्य विभाग सचिव क.अम्बिका प्रसाई थापा माथि दमक प्रहरीका प्रमुख डिएसपी दिलिपराज गिरीले धम्कीपूर्ण भाषा र दुव्र्यवहार गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको…
बिर्तामोड, ४ साउन । झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आगलागी हुँदा २० लाख २५ हजार बराबरको क्षति भएको छ । बुधबार बिहान झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको छ । त्यस्तै आगलागीबाट अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र सबै सामान जल्दा तीन लाख, अमोर…
मोरङ, ४ साउन । मोरङको बुढीगंगा गाउँपालिका–१ का दीपेन्द्र यादवका एक वर्षीया छोरीको भारतबाट उद्धार गरिएको छ। यादवकी छोरी अपहरण गरेर भारत पुर्याएको आरोपमा प्रहरीले अञ्जली साहलाई पक्राउ गरेको छ। दिपेन्द्रको छोरी लिएर अञ्जली दुई दिनअघि विराटनगरको रोड शेषचोकबाट फरार भएको प्रहरीले जनाएको छ। दिपेन्द्रकी छोरीसहित फरार भएकी साहलाई मोरङबाट खटिएको प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर आज विहान विराटनगर ल्याएको हो। प्रहरीले दरभंगाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए। ‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुलेको छैन, अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि बच्चा लैजानुको…
बिर्तामोड, ४ साउन । झापाको बिर्तामोडमा अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा आएको छ । सेवक बिजनेश प्रालिले आजदेखि सेवक सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले प्रालिको कार्यालय उद्घाटन गर्नुभयो । काठमाडौँमा अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै सेवकले प्रदेश नं. १ का यात्रुलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याएको हो । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शिवाकोटीले पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अनलाइन सवारी सेवा सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्नुभयो । ‘नयाँ सोच भएका युवाहरुले नयाँ व्यापार सञ्चालन गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘यस्ता कामको राज्यले सहयोग गर्नु पर्छ, स्मार्ट सिटी बनाउन…
झापा, ४ साउन । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै…
झापा, ४ साउन । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था झापासहित पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त झापा, मोरङ, काभ्रेपलाञ्चोक, चितवन र कास्की गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए । अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।