झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, १९ असोज । शनिबार साँझबाट परेको अविरल वर्षापछि इलाममा आएको बाढी र पहिरोले जनजीवन ठप्प पारेको छ। घटनामा हालसम्म २ जनाको मृत्यु पुष्टि भएको छ भने १५ भन्दा बढी व्यक्ति बेपत्ता छन्। इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर माथिबाट खसेको पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना अझै बेपत्ता छन्। घाइते २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी घटनास्थलमा पुगेको र उद्धार कार्य जारी रहेको जनाएको छ। माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका ५ जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन्। रातिदेखि सम्पर्कविहीन रहेका उनीहरूको खोजी कार्य जारी छ। मांसेबुंग गाउँपालिका–१…

Read More

झापा, १९ असोज । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका…

Read More

झापा, १८ असोज । निरन्तर वर्षाका कारण बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। ती जिल्लामा बाढीको अति उच्च जोखिम देखिएको महाशाखाले जनाएको छ। रेड अलर्ट जारी गरेड अलर्ट जारी गरिएका जिल्ला: – काठमाडौँ, ललितपुर, भक्तपुर – सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक – सुनसरी, उदयपुर, सप्तरी, सिरहा – धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा – सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन उच्च जोखिममा रहेका अन्य जिल्ला: – पूर्वी पहाडी र तराई क्षेत्र: इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ – मध्य पहाडी क्षेत्र: रसुवा, नुवाकोट, धादिङ, गोरखा – पश्चिमी तराई: नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही,…

Read More

सप्तरी, १८ असोज । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडकमा बिहीबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खडक नगरपालिका–१० बेलहा निवासी २८ वर्षीय चिन्तामणि चौधरीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो। अर्का चालक सुरुङ्गा नगरपालिका–७ निवासी २७ वर्षीय सोविन चौधरीको पनि उपचारका क्रममा राति ११ बजे…

Read More

बिर्तामोड, १८ असोज । काठमाडौँ। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी…

Read More

बिर्तामोड, १७ असोज । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।  गत असोज ८ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी भद्रपुर नगरपालिका–४ तारानगरकी ४ वर्षीया बालिका इन्दु रायमाझीको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बालिकालाई तारानगरस्थित भित्री सडक खण्डमा प्र.१–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल लगिएको थियो । उपचारका क्रममा आज बिहान ७ः४० बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको…

Read More

झापा, १७ असोज । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए । मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म…

Read More

झापा, १७ असोज । महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस आज बिहान बर्दिवास नगरपालिका–११, खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार आज बिहान ७ बजेतिर ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो । भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको हो । ‘दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर…

Read More

झापा, १७ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उहाँले बताउनुभयो । उल्लिखित पाँच प्रदेशभित्रका बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन प्राधिकरणले…

Read More

झापा, १७ असोज । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू(भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका…

Read More