
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ साउन । झापामा आव २०७८–७९ मा दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको छ । जिल्लामा एक लाख ५९ हजार दुई सय २० हेक्टरमा धान, मकै, गहुँ, कोदो, फापरलगायतका अन्नबाली लगाएको थियो । त्यसबाट सात लाख २६ हजार एक सय १५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । खानयोग्य कुल उत्पादन चार लाख सात हजार तीन सय ५७ मेट्रिकटनमध्ये जिल्लामा वार्षिक खपत हुने एक लाख ८९ हजार आठ सय ७१ मेट्रिक टन कटौती गरी दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको ज्ञान केन्द्रका…
बनियानी, १९ साउन । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८र७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्ट प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको सशर्ततर्फको रु २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म,…
झापा, १९ साउन । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार…
झापा, १९ साउन । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ । भोलि (शुक्रबार) देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगले जनाएको हो । गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।
विराटनगर, १९ साउन । बहुबिबाह मुद्दा र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुबिबाह मुद्धाका सुनसरी इटहरी उप महानगरपालिका–२ का ३६ वर्षीय सुशील पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उप महानगरपालिका–२० देबिगाउ का २८ वर्षीय रामसरण राई रहेका छन् । उनीहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाइएको छ । पोदारलाई बहुबिबाह मुद्धामा सुनसरी जिल्ला अदालतले २०७७ असार १ गते १ बर्ष…
विराटनगर, १९ साउन । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन्छन्, हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्थानीय सरकारले नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा…
झापा, १९ साउन । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । गत वर्ष कमला नदीले बहाव परिवर्तन गर्दा धनुषाका धेरै बस्ती डुबानमा परे। यस…
झापा, १९ साउन । झापाको बाह्रदशी गाउँपालिकामा नयाँ प्रमुख प्रशाकीय अधिकृत आउनुभएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खेमराज थापा आउनुभएको हो । उहाँलाई बुधबार एक कार्यक्रमका बीच गाउँपालिकामा स्वागत गरिएको छ । त्यसैगरी, संघीय लोकसेवा आयोगको परीक्षामा सफल भइ जानुहुने कृष्णकुमार सिंहलाई बिदाई गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाद्वारा आयोजित अन्तर सरकारी हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बाह्रदशी गाउँपालिकाको टिमलाई सम्मान गरिएको छ । साजन अधिकारी, पुजन बराल र तिर्थमाया राई सहभागी भएको हाजिरीजवाफमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
सप्तरी, १९ साउन । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए । यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय…
बाह्रदशी, १९ साउन । नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । विगत चार वर्षदेखि पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो । जसका लागि नेपाल रेडक्रस सोसाइटी झापासंग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिनुभयो । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गर्नु भएको छ । गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आबश्यक गरेको खण्डमा नेपाल…