झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ असार । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ । ‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नुभएको छ, ज्योतिषलाई हेराएर मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो । यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले…

Read More

झापा, २९ असार । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् । नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार पछिल्ला चाररपाँच दिनदेखि नेपालमा प्रतिबोरा चामलको मूल्य १०० रुपियाँ बढेको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपाल चामलमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै चामल प्रतिकेजी पाँच रुपियाँ भारतीय बढेको हुँदा प्रतिबोरा १०० रुपियाँ बढ्नुु स्वाभाविक भएको दाबी गरे । भारतमा प्रतिकेजी पाँच रुपियाँ भारतीय बढ्दा…

Read More

झापा, २९ असार । नेपाल–भारतबीच भएको जीटुजी ९सरकारदेखि सरकार० सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए । असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन । तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किसकेपछि मूल्य लगायत अन्य विषयमा सम्झौताका लागि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा अर्को टोली भारत…

Read More

झापा, २८ असार । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरिएको जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाईटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाईनबाटै आवेदन पेश गर्न सक्नेछन् । सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी…

Read More

सुनसरी, २८ असार । सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई घाइतेलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो । घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका…

Read More

झापा, २८ असार । झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट अवैधरुपमा भारत तर्फ लादै गरेको सुपारी प्रहरीले बरामद गरेको छ । सोमबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारततर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजि १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो । बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

Read More

इलाम, २८ असार । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता कीराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।” पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र…

Read More

बिर्तामोड, २८ असार । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार दिउँसो पिकअप गाडीले अटो रिक्सालाई पछाडिबाट ठक्कर दिँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । पिकअपको ठक्करबाट बुद्धशान्ति–७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभया । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका छन् । बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ न.को पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ न.को अटोलाई पछाडिबाट ठक्कर दिएको थियो । उक्त दुर्घट्नामा अटो चालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना…

Read More

झापा, २८ असार । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा लागुऔषधसहित सोमबार बेलुका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर–१० का ३१ वर्षीय प्रदीप आलेमगर र मेचीनगर–८ का २० वर्षीय प्रशन्न राजवंशीको साथबाट लागुऔषध बरामद गरिएको प्रवक्ता पाठकलले जानकारी दिनुभयो । प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ १३ ग्राम, मोबाइल २ थान र नगद रू तीन हजार बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेकय उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ…

Read More

झापा, २८ असार । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् । भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले…

Read More