
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ साउन । भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा ९सोलार फेन्सिङ० मर्मतसम्भार गरिने भएको छ । नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि रु ३० लाख बजेट छुट्याएपछि हात्तीको उपद्रो रोकिने आशा पलाएको हो । आर्थिक वर्ष २०७९–०८० का लागि वार्षिक नगर विकास योजनामै पालिकाले रु २० लाख विद्युतीय घेराबारा मर्मतसम्भारका लागि र कर्मचारीको पारिश्रमिकका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । विसंं २०७२ मा बाहुनडाँगीको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार निर्माण भएको थियो । विद्युतीय तारबारले हात्तीको प्रवेश रोक्न सफलता मिले तापनि एक वर्षयता…
झापा, १७ साउन । पछिल्लो नाग पञ्चमीका दिन घर–घरमा नागको फोटो टास्न आउने क्रम घट्दै गएको छ । पहिला पहिला नाग पञ्चमीका दिन चार÷पाँच जनासम्म नागको फोटो टाँस्न घरमा आउने गरेको भद्रपुर–४ का महरसिंह राजवंशीले बताउनुभयो । “पहिला नाग पञ्चमीका दिन बिहानै पुरोहित घरमा आउने गर्थे”, ५२ वर्षीय राजवंशीले भन्नुभयो, “अहिले आउने क्रम निक्कै घटेको छ ।” उहाँजस्तै, अनुभव छ भद्रपुर–६ की ३८ वर्षीया पुष्पा रिमालको । “हामी सानो हुँदा नाग टास्ने दिनभर आइनै रहन्थे”, उहाँले भन्नुभयो, “आज बिहानदेखि एक जना पनि आएका छैनन् ।” नाग पञ्चमीका दिन बिहानै पुरोहितहरु स्लोक लेखिएको नागको तस्वीर लिएर घरको मूलद्वारमा टास्न आउने गरेको…
मोरङ, १७ साउन । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ । आज बिहन ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ आउदै गरेको को १ ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ वर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाइते भएका थिए । घाइते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका–२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड, १७ साउन । मृगौला पीडित दिदीबहिनीलाई वैदेशिक रोजगारमा रहेका नेपाली बाट रकम संकलन गरि हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ लालमाटीका मृगौला पीडित कल्पना उप्रेती चुडाल र सविता उप्रेती वरालको उपचारका लागि ५० हजारका दरले आर्थिक सहयोग गरिएको हो। साउदी अरबमा रहेका सुरसिंह बिष्टको पहलामा संकलन गरिएको सो रकम उनिहरुलाई हस्तान्तरण गरिएको वडाध्यक्ष किशोर कुमार पौडेलले जानकारी दिए । बिष्टको पहलमा वैदेशिक रोजगारमा रहेका नेपाली बाट रकम संकलन गरि उपचारमा सहयोग पुग्ने उदेश्यले सो रकम पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले बताए ।
तेह्रथुम, १७ साउन । तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
झापा, १७ साउन । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको ३३५ केजी सुपारी बरामद भएको छ । अबैध रुपमा सुपारी चोरी निकाशी भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाटै १६० केजी सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १७ साउन । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन । आईओसीले नेपाललाई विक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो तथा पन्ध्रौँ तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य…
झापा, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन(चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् । प्रधानमन्त्रीले अन्य मन्त्रीको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय नियमित अनुगमन तथा कार्यसम्पादन मूल्याङ्कन गर्न नसक्दा सरकारका अधिकांश कामकाज ‘भद्रगोल’ अवस्थामा पुगेका छन् । यसअघिका सरकारका प्रधानमन्त्रीले मन्त्री र सचिवलाई नियमित रूपमा बोलाएर अन्तर्क्रिया गर्दै ‘प्रभावकारी रूपमा काम गर्न निर्देशन दिने’ गरेका थिए । तर, देउवा प्रधानमन्त्रीका रूपमा आएपछि एक वर्षको अवधिमा सचिवसँग एकपटक मात्रै छलफल गरेको स्रोत…
झापा, १७ साउन । काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् । विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।विभागले कुलेश्वरस्थित सहकारीको कार्यालय, सेवा केन्द्र, डिपार्टमेन्टल स्टोर्स तथा गोदाममा सिलबन्दी गरेको छ । विभागले सो संस्थाका सञ्चालक र व्यवस्थापकलाई विभागमा उपस्थित गराउन नेपाल प्रहरीलाई…
झापा, १७ साउन । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पु(याउन सकिन्छ । दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा…