
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ जेठ । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा आज यामाहा कम्पनीको पहिलो ‘नियो रेट्रो’ बाइक एफ जेड एक्स १५० सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारी बिक्रेता एमएडब्लू इन्टरप्राइजेज अन्तरगत बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक (यामाहा शोरुम) मा आज बाइक सार्वजनिक गरिएको हो । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र सयपत्री टे«ड लिंकका सञ्चालक बिनोद बस्नेतले संयुक्त रुपमा बाइक सार्वजनिक गर्नुभयो । यसअघि एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा आयोजित ‘महा एक्सचेञ्ज मेला’को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । यामाहाको यो पहिलो ‘नियो रेट्रो बाइक हो, जुन एलसिडी मिटर…
भद्रपुर, १८ जेठ । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। सगरमाथा मावि पढदै गरेकी अवस्थामा घरकी कान्छी छोरी अम्बिका १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुगेकी थिइन्। घर छेउकी तारादेवी लिम्बुले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्याएकी थिइन्। यहाँबाट पठाउने एजेन्ट तारादेवीको ५ वर्षअघि नै हत्या भइसकेकोले छोरीलाई खोज्न झन् समस्या उत्पन्न भएको उनकी ७३ वर्षीय वृद्ध आमा चन्द्रमाया गिरीले बताइन्। घरमा आमाबुबाको कुरा नसुनेर गाउँघरका महिलाको लहैलहैमा लागी अम्बिका जबरजस्ती विदेश जान्छु भनी…
भद्रपुर, १८ जेठ । झापाको भद्रपुर नगरपालिका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। भद्रपुर–८ निवासी श्रेष्ठको माता खड्गकुमारी श्रेष्ठको मंगलबार साँझ साढे ६ बजे ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खड्गकुमारीको ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि मुटु तथा श्वासप्रश्वास सम्वन्धी रोगबाट पीडित थिइन् । उनका पति शेरबहादुर श्रेष्ठ तथा तीन छोरा र तीन छोरी छन् । उनको बुधबार कनकाई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । झापा अनलाइन परिवार दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
झापा, १८ जेठ । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् । खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्। विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औँल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। ‘भित्रभित्रै…
लक्ष्मीपुर, १८ जेठ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ का गिरी दम्पतीले आफ्नो २५ औं बैवाहिक बर्षगाँठमा एक अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई ह्वील चियर प्रदान गरेका छन् । अर्जुनधारा–५ का राजु गिरी र उनकी श्रीमती मिनादेवी गिरीले २५ औ बैवाहिक बर्षगाँँठको अवसरमा सवारी दुर्घटनामा परी दुवै खुट्टा गुमाएकी ६० वर्षीया दिलमाया राईलाई मंगलवार ह्वील चियर बितरण गरेका हुन् । सहयोग गर्न पाउँदा धेरै खुसी र मनमा शान्ति महसुस भएको गिरी दम्पतीले बताए । सबैले जन्मदिन, वैवाहिक बर्षगाँठ जस्ता उत्सवमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गर्नुपर्नेमा गिरी परिवारले जोड दिए । वर्षगाँठमा फजुल खर्च नगरी एक अपाङ्गता भएकालाई ह्वील…
बाह्रदशी, १८ जेठ । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बाह्रदशी गाउँपालिका वडा नं। १ र २ का तीनवटा विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति आधारभूत विद्यालयका ३० जना र भगवती आधारभूत विद्यालयका २६ जना गरी ११५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न विद्यालय पोशाक वितरण कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नं। १ का वडाध्यक्ष टेकबहादुर सिंह राजवंशी रहेका थिए । प्रमुख अतिथि राजवंशीले आफ्नो मन्तब्यमा सिम्रिक साकोसले विपन्न…
झापा, १८ जेठ । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथग्रहण गराउनु भएको हो । कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा यमुना देवी आचार्य,तिला गौतम,निर्मलादेवि सुनार,लक्षिमा खतिवडा,संगीता सिवा,सिता ढुङ्गाना वि.क,शर्मिला राजवंशी र जगतवन्धु राजवंशी रहनु भएको छ । सपथग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । सपथग्रहण पछि कार्यपालिकाको बैठक समेत बसेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९÷८०को बजेट,नीति तथा…
अर्जुनधारा,१७ जेठ । नेविसंघ अर्जुनधारा नगर कमिटीले पोखरा बाट जोमसोम उडेको विमान दुर्घटनामा परी ज्यान गुमाएका प्रति समर्पित दिप प्रज्वलन कार्यक्रम गरेको छ । मङ्गलबार शनिचरे बजार स्थित देवकोटा चोकमा कार्यक्रमको आयोजना गर्दै विमान दुर्घटनामा परी ज्यान गुमाएका प्रति आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि अर्जुनधारा महिला संघ सभापति लिला देवि कटुवाल , अर्जुनधारा नगर सभापति दिपेन धिमाल लगाएत नगर कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
विर्तामोड ,१७ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका प्रति सर्मपित मङ्गलबार झापाको विर्तामोड स्थित मुक्ति चोक छेउ सडकमा दिप प्रज्वलन गरिएको छ । नेपाल विद्यार्थी संघ वितामोड नगर कमिटीको आयोजनमा मृत् आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको नगर सचिव खुम खड्काले बताए ।दिप प्रज्वलन कार्यक्रमको सञ्चालन नेविसंघ विर्तामोड नगर अध्यक्ष योगेन थापाले गरेका थिए भने स्वतन्त्र विद्यार्थी युनियन कनकाई क्याम्पस वितामोडका सभापति सञ्जय राई, किरण गुरुङ, लगाएतको उपस्थिती रहेको थियो । विर्तामोडको मुक्ति चोक छेउ सडकमा विमान दुर्घटनामा ज्यान गुमाउने मृत प्रति दिप प्रज्वलन गर्दै युवाहरु : मङ्गलबार नेविसंघल अर्जुनधारा…
सुनसरी, १७ जेठ । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए । मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान-१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए संगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप…