झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ३१ असार । झापाको कनकाई नगरपालिकाले पाँच सञ्चारकर्मीसहित दर्जनौंलाई सम्मान गरेको छ । आज नगरपालिकाको ११औं नगरसभाको छैठौँ बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारितसँगै उनीहरुलाई सम्मानपत्र र नगदसहित सम्मान गरेको हो । पत्रकार अम्बिका भण्डारी, तीर्थराज खरेल, विनोद पाण्डे, मदन संग्रौला र दिपेश प्रसाईंलाई नगरले नगद पाँच हजारसहित कनकाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो । त्यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेसहित नगरका कर्मचारीहरुलाई सम्मान गरियो । नगरको श्रीबृद्धिमा योगदान गरिएको भन्दै जनही नगद २० हजार रुपैयाँसहित उनीहरुलाई सम्मान गरिएको हो । वडा नं १ का निवर्तमान वडाअध्यक्ष रोशन पोखरेल, नगरमा…

Read More

बिर्तामोड, ३१ असार । झापा बिर्तामोड स्थित मेची आँखा अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सव मनाइको छ । आज भव्य कार्यक्रमको आयोजना गरी अस्पतालले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा चार जना संस्थापकसहित अस्पताललाई प्रत्यक्ष–परोक्ष रुपमा सहयोग गर्ने व्यक्ति संघसंस्था, कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक सदस्यहरु भरतलाल गिरी, दिनेश मित्तल, चण्डीराज पराजुली, भीमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा, मारवाडी सेवा समिति बिर्तामोड, साना मझौला सहकारी, इन्द्रेणी बहुउदेश्यीय सहकारीसहित झापाका १५ वटै पालिकालाई सम्मान गरेको थियो । त्यस्तै पूर्व कर्मचारी डा संजयकुमार सिंह, डा सुरजकुमार रौनियर, मेमलाल राजवंशी हाल सेवा रहेका मोहन अधिकारी, डा…

Read More

सुनसरी, ३१ असार । सुनसरी देवानगन्ज गाउँपालिका पक्की टोलबाट भन्सार छलि ल्याइएको ३० लाख बराबरको लत्ता कपडा गाडीसहित बरामद गरिएको छ । आज बिहान १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा कपडा फेला पारेको थियो । प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भइरहेको छ । बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको छ ।

Read More

झापा, ३१ असार । प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ । यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी गोपनीयताका कारण उहाँहरूको नाम त्रिविले गोप्य राखेको छ । त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन बिहेविअर’ विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने…

Read More

झापा, ३१ असार । कोभिङ–१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ। हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविके हो। बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार दैनिक भै दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४ जनाको नमुना परीक्षण गरिएकोमार सय ६० जनामा संक्रमण पुष्टि भएको छ। दुई अंकमा भरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा…

Read More

झापा, ३१ असार । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ुअब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौुं, जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ुउपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् । ु काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरु यस्तो निष्कर्षमा पुगेको उनले बताए । पार्टीको नाम, चुनाव चिह्न, झण्डा र घोषणापत्रबारे शुक्रबारबाट गम्भीर छलफल सुरु हुने नेता सिंहले बताए । यो…

Read More

बिर्तामोड, ३१ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ६ को बुट्टाबारीबाट वडा नम्बर ८ को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना र बिर्तामोड नगरपालिका विच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि तयार गरीएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर स्वीकृत गरेसंगै सडक निर्माणको पक्रिया अघि बढाइने भएको हो । बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाबाट प्राप्त विड डकुमेन्ट र ६२ करोड ९१ लाख ३० हजार ७३ रुपैयाँ मुल्य बराबरको कस्ट स्टीमेट, कार्यालय भौतिक तथा मुल्यसमेतको…

Read More

बिर्तामोड, ३१ असार । साहित्य चौतारी झापा आजदेखि २४ औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो । शुक्रवार चौतारीले २३ औँ वार्षिकोत्सव मनाउँदैछ । झापाको साहित्यिक अभियानको दुई दशकभन्दा लामो यो दौरानमा साहित्य चौतारी कोसेढुंगा सावित भएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ बताउँछन् । २०५६ साल असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ । दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमार श्रेष्ठ र स्व.…

Read More

मेचीनगर, ३१ असार । सनातन युवा मन्च नेपालको आयोजनामा काँकडभिट्टामा विश्व शान्तिको कामना गर्दै श्रीमद् भागवद् सप्ताह ज्ञान महायज्ञ पुराण हुने भएको छ । झापा मेचीनगर नगरपालिका – ६ स्थित काँकडभिट्टाको पुरानो भन्सारमा रहेको नव दुर्गा मन्दिरमा श्रावण २ गते देखि श्रावण ९ गते सम्म श्रीमद् भागवद् सप्ताह पुराण कथा एवंम् धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुन् गइरहेको हो । स्वामी श्रीनिवासाचार्य महाराज ज्युको प्रमुख व्यासत्व तथा मुखारबिन्दबाट पुराण सुरु हुन लागेको समितिका गिरीराज पौडेलले जनाकारी दिनुभयो । श्रीमद् भागवद् सप्ताह पुराण कथा एवंम् धार्मिक तथा साँस्कृतिक कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरी पुराणको तयारी सुरु गरिएको आयोजकले जनाएको छ ।

Read More

बिर्तामोड, ३० असार । आर्थिक अभावका कारण झापाको गौरादह नगरपालिका–७ का आशिक मुसहरले यतिबेला राम्रो उपचार पाउन सकेका छैनन् । ५७ वर्षीय मुसहर बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको शैय्यामा छन् । तर, आर्थिक अभावका कारण उचित उपचार पाउन सकेका छैनन् । उनी तत्कालीन माओवादी विद्रोही सेना जनमुक्ति सेना सदस्य हुन् । टुवेल (कल) गाड्ने काम गरेर जेनतेन जीविकोपार्जन गर्दै आएका उनको उपचारमा हालसम्म दुई लाख रुपैयाँ खर्च भइसकेकोछ । छातीको क्यान्सर भएका आशंका गरिएका उनलाई केमो दिइँदै आएको नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर १ सदस्य कुँबेर श्रेष्ठले जानकारी दिए । ऐलानी जग्गामा घर भएका उनी बिरामी परेपछि उपचारको खर्चसँगै परिवारको खर्च…

Read More