
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
संखुवासभा, २४ असार । संखुवासभाको चैनपुर नगरपालिका–१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । आज दिउँसो १ बजे मलामी बोकी पिलुवा खोलामा गई दाहसंस्कार गरी फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्रयाक्टर सडक साइडमा पल्टी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाइते भएका थिए । दुर्घटनाबाट घाइते भएकाहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर–९ का ४६ वर्षीय केशव कार्कीको मृत्यू भएको हो । ट्रयाक्टर चालक मोहनकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना…
झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय नोसाद मोहमद रहेका छन् । आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय धुलाबरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । ब्राउनसुगरसहित पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २४ असार । झापाको कनकाई नगरपालिका–३ एकान्त टोल भित्री सडक खण्डमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार झापा ककाई–३ की ३४ वर्षीया कमला नेपालको मृत्यु भएको हो । टाउँकोमा चोट लागेकी उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र चालक कनकाई नगरपालिका–७ का २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ…
बिर्तामोड, २४ असार । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । बिर्तामोड नगरपालिकाको सभाहलमा आज रिपोर्टस क्लब मेचीले आयोजना गरेको ‘बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष’ विषयक जनप्रतिनिधिसँगको साक्षात्कार कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र संग्रालाले आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । विगतका कार्यक्रमलाई निरन्तरता दिँदै मावनीय आवश्यकता पूरा गर्ने योजना ल्याउने र सोही अनुरुप अघि बढ्ने बताउनुभयो । “प्राथमिकताका विषय धेरै भए पनि पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएका छौं”, उहाँले भन्नुभयो, “दीर्घकालीन लाभ मिल्ने स्थायी संरचना निर्माण गर्ने हाम्रो योजना छ ।” बजेट अभावका कारण धेरै काम गर्ने अवस्था नरहेको…
मोरङ, २४ असार । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । बिहिबार दिँउसो साढे २ बजे प्रदेश १(०२(०४२ प २७६९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनबर्सी नगरपालिका-१ का ३३ बर्षीय रोशन श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको हो । उक्त मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लावारी पठाईएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
झापा, २४ असार । झापाको झापा गाउँपालिका-३ स्थितबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-३ का २२ बर्षीय फरमान अली र झापा गाउपालिका-४ का ३२ बर्षीय मनोज गणेश रहेका छन । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा उनिहरुको साथबाट १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २३ असार । नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हक खोसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन् । उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकलाई नागरिकता प्रदान गर्न लागि परेपनि सरकारले अहिले फिर्ता लिँदा एमाले आश्चर्यमा परेको बताए । उनले एमालेले नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भएपनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुराहरु नहेरी समर्थन नगर्ने बताए । सांसद भट्टराईले नागरिकता ऐन छिटोभन्दा छिटो पास…
झापा, २३ असार । प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । गृह मन्त्रालयको असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस कार्यालयमा पदस्थापना हुनु भएका प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आजै कार्यभार सम्हाल्नु भएको हो । नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसक्नु भएको छ । बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको…
झापा, २३ असार । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ। बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिर्तामोड, २३ असार । झापाको शिवसताक्षी नगरपालिकामा आज ‘बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष’ विषयक जनप्रतिनिधिसँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा नगरले लिएको लक्ष्य र राखेको प्राथमिकताका विषयमा नगरका जनप्रतिनिधिसँग साक्षात्कार गरिएको हो । नगरपालिकाको आर्थिक सहयोग र रिपोटर्स क्लब मेचीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । रिपोटर्स क्लब मेचीका अध्यक्ष शेखर सेढाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन), विशिष्ठ अतिथि नगर उपप्रमुख नरमाया कार्की, अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत अमृत राई, योजना अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्हाङ, नेपाल पत्रकार महासंघ प्रदेश कमिटी सदस्य लीलाराज झापाली लगायत रहनुभएको थियो ।…