
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, ३ साउन । सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक ईनरुवा नगरपालिका–३ का २७ बर्षीय श्याम सुन्दर यादवलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिराटनगर, ३ साउन । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समूहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको RIT समूहको प्रहरी टोलीले सोमवार २ जनालाई पक्राउ गरेको पक्राउ पर्नेहरुमा बहु–बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र रु.२०,००० जरीवाना भई फरार रहदै आएका जहदा गाउँपालिका–७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला…
झापा, ३ साउन । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः रु १० अर्ब नौ करोड ९९…
झापा, २ असार । झापा जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकाले सो आग्रह गरेको हो । बैठकले सङ्क्रमणको शङ्का लागेमा नजिको स्वास्थ्य संस्थामा गई सङ्क्रमण परीक्षण गर्न, बिनाकाममा भीडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनसमेत अनुरोध गरेको छ । प्रजिअ रिजालले काँकडभिट्टा प्रवेश नाकामा नगरपालिका इडिसीएम, एलओएम र नेपाल रेडक्रसले आपसमा समन्वय गरी कोडिभ–१९ को परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए । उनले जिल्ला…
कनकाई, २ साउन । सनराइज बैंक सुुरुङ्गाले सोमबार आफ्ना महिला ग्राहक र यस क्षेत्रका महिलाका लागि मेहन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ । साउन महिनामा हरियो चुुरा मेहन्दीको महिलाहरुमा वेग्लै महत्व रहेकोले बैंकको सुुरुङ्गा शाखाले मेहन्दी उत्सवको आयोजना गरेको बैंकका शाखाका प्रमुख तेजबहादुुर थापामगरले बताउनुुभयो । मेहन्दी उत्सवमा जुुनुु ब्युुटी पार्लरले सहजीकरण गरिदिएको र मेहन्दी उत्सवमा यस क्षेत्रका सय भन्दा बढी महिलाको सहभागिता रहेको बैंकका डिल्लीराम सापकोटाले बताउनुुभयो । मेहन्दी उत्सवको उद्घाटन कनकाई नगरपालिकाको कार्यपालिका सदस्य कृष्णमाया भुुजेलले गर्नुुभएको थियो ।
बनियानी, २ साउन । झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका इलाम फाकफोकथुम–१ का २७ वर्षीय प्रकाश गुरुङ र पाँचथर फिदिम–८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको छ । ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।
भद्रपुर, २ साउन । मेची अस्पतालमा उपचाररत रहेकै अवस्थामा सोमबार मृत्यु भएका बालक विशेष राजवंशीकी परिवारजनलाई १० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा भद्रपुर ६ मूल घर भई केही वर्षदेखि विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले सो सहयोग रकम प्रदान गरेका हुन् । गोयलबाट प्राप्त सो राहत रकम प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर र नेपाल क्यान्सर रिलिफ सोसाइटीका जिल्ला अध्यक्ष रुद्र भुर्तेलले कचनकवल ५, डॅागाबारीस्थित घरमै पुगेर उनका उनका आमा उनिमा र बुबा सुन्दर राजवंशीलाई हस्तान्तरण गरेका हुन । सो सहयोग हस्तान्तरणका अवसरमा परोपकारी अभियान समेतमा सक्रिय रहँदै आएका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष…
झापा, २ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । गत असार २९ गते भएको उक्त दुर्घटनामा घाइते भएका बिर्तामोड नगरपालिका–१ का २० वर्षीय सविन बिष्टको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । बुद्धशान्ति–१ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०१–०१५ प३४०३ नम्बरको मोटेसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी एक आपसमा ठोक्किएको थियो । विष्टको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज ४ः३० बजे मृत्यु भएको उहाँले बताउनुभयो । सोही मोटेसाइकल पछाडी सवार अर्जुनधारा–११…
सन्तोष शर्माझापा, २ साउन । झापामा ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने ८७ हजार पाँच हेक्टरमध्ये ५२ हजार पाँच सय हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । असार अन्तिम सातादेखि वर्षा नहुँदा जिल्लामा गत वर्षको तुलनामा १२ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । झापा धान खेतीका लागि मात्र चाहिने रासायनिक मल ७ प्रतिशत मात्र आपूर्ति भएको छ । झापामा साल्ट ट्रेडिङमार्फत एक पटक मात्र १७ हजार २०० बोरा युरिया र १७ हजार बोरा डिएपी मल आएको छ । त्यसयता…
झापा, २ साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा…