
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विश्वका धेरै मानिसले अमेरिकी समाजसेवी, व्यवसायी र चर्चित मोडल किम कार्दिसियनलाई चिन्छन्। उनको सफल व्यवसायसँगै शारीरिक बनावटबाट पनि धेरै मानिसहरु प्रभावित छन्। यसको एक उदाहरण बनेकी छिन् एक महिला। जसले आफू पनि किमजस्तै देखिन ठूलो रकम खर्च गरेकी छिन्। जेनिफर पाम्प्लोनाले किम कार्दिसियनजस्तो देखिन ६ लाख डलर (करिब ७ करोड ६४ हजार नेपाली रुपैयाँ) खर्च गरेकी हुन्। त्यति रकम खर्च गरेर ठ्याक्कै त्यस्तै देखिएकी उनी अहिले आफ्नो पुरानो स्वरुपमा फर्किन पुनः १ लाख २० हजार डलर (करिब १ करोड ५२ लाख रुपैयाँ) रुपैयाँ खर्च गरिरहेकी छिन्। न्युयोर्क टाइम्सका अनुसार २९ वर्षीया मोडलसमेत रहेकी उनलाई किम कार्दिसियनजस्तो देखिन १२ वर्षको समय…
उदयपुर, १ असार । उदयपुरको बेलका नगरपालिका–१ बाट नियन्त्रित लागुऔषध ट्याब्लेटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिबार राति पौने ८ बजेको समयमा तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदिप राई र २७ वर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका–२ का २१ वर्षीय ठगिन्द्र मगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाइजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाइन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ ।…
झापा, १ साउन । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राति करिब साँढे ६ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिबार राति १० बजे झापाको मेचीनगर नगरपालिका–६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार राति साँढे १२ बजे भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ ।…
झापा, १ साउन । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
झापा, १ असार । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न…
झापा, १ साउन । मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा) देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । यस आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि ८ सम्म शतप्रतिशत दलित समुदायका विद्यार्थीमात्रै अध्ययनरत छन् । २०४५ सालमा स्थापना भएको यो विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारका अनुसार सरदार, हरिजन र राम जातिबाहेकका अन्य विद्यार्थी छैनन् । नर्सरीमा मात्रै १२० जना विद्यार्थी भर्ना भएका छन् । मोरङमा एउटै विद्यालयको बाल कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी यो नै भएको दाबी गरिएको छ । २०७३ सालदेखि…
झापा, १ असार । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५।३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६।९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७।७ प्रतिशत भाडा वृद्धि गरेको थियो। भाडा वृद्धिको निर्णयलाई यातायात व्यवसायीले तत्कालै कार्यान्वयनमा ल्याए तर, पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले असार १२ गते सार्वजनिक यातायातको भाडा घटायो। भाडा वृद्धि गर्दा तल्कालै कार्यान्वयन गरेका यातायात व्यवसायीले भाडा घट्दा भने उक्त निर्णय अझै कार्यान्वयन गर्न सकेका छैनन् । सरकारको निर्णयलाई लत्त्याउँदै उनीहरूले महँगो भाडा शुल्क असुली गर्दै आएका छन्। स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालय तथा नागरिक…
झापा, १ साउन । हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो। ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केही सातादेखि आफू ठगिएको महसुस गरेका महिलाहरूको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा गिरोहद्वारा महिला प्रलोभनमा परेर ठगिने गरेको सूचना आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी भन्छन्, ‘एकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन…
झापा, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०७९–८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
बनियानी, ३२ असार । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि ९सन् १९९६ देखि २०२२ को हालसम्म० मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए । स्थापनाताका सन् १९९६ मा ८१३ जनाले सेवा पाएकामा सन् २०२२ को हालसम्ममा ८३ हजार ९८९ जनाले सेवा लिइसकेका छन् । सोही अवधिमा तीन लाख ३४ हजार ७०८ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने दुई लाख २५ हजार ७५८ वटा आँखा शिविर सञ्चालन गरिएको छ । सो शिविरअन्तर्गत २६ हजार बढीको…