
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ३२ असार । जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को६प ६८०२ नम्वरको डिस्कभर मोटरसाइकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाइकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने विराटनगर–४ का २२ वर्षीय नविन माझी, विराटनगर–८ का २५ वर्षीय मोहमद हजरत, दुहबी नगरपालिका–९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाइकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप…
बिर्तामोड, ३२ असार । झापा बिर्तामोड–२ चैतुबारीका माधवप्रसाद खरेलले विद्यार्थीलाई स्कुल व्याग वितरण गर्नुभएको छ । आफ्नो ४३ औं जन्मोत्सवको अवसरमा उहाँले बिर्तामोड–२ स्थित पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई व्याग वितरण गर्नुभएको हो । उहाँ सो विद्यालयका पूर्व विद्यार्थी समेत हुनुहुन्छ । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै उहाँले शिक्षा क्षेत्रमा समेत सेवा गर्ने उद्देश्यले ब्याग वितरण गरेको बताउनुभयो । जन्मोत्सवमा तडकभडक गर्नुभन्दा सामाजिक कार्य गर्दा आत्मसन्तुष्टि मिल्ने उहाँको भनाइ छ । कार्यक्रममा उक्त विद्यालयका कक्षा–१ देखि ४ सम्मका ७४ जना विद्यार्थीलाई ब्याग वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्याक योगेन्द्र बहादुर दाहालले व्याग दाता खरेललाई धन्यवाद दिँदै विवाह, जन्मोत्सव…
बिर्तामोड, ३२ असार । बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरीएको हो । शनिबार सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमका विच कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरीएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८का ६ जना, वडा नम्बर ९का १५ जना र वडा नम्बर १०का ११ जना रहेका छन् । बिर्तामोड नगरपालिका र…
बिर्तामोड, ३२ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मान गरेको छ । शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले तथा साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मानपत्र, खादा र माला पहिर्याएर सम्मान गरिएको हो । वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नं ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नं ४…
झापा, ३२ असार । झापामा खेत जोत्ने ट्याक्टरले किचेर शुक्रबार सह चालकको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ५ शान्ति नगरस्थित खेतमा १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा दुर्घटना हुँदा स्थानीय २६ वर्षीय विकास कुमालको मृत्यु भएको हो । ट्याक्टरले किचेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । विकास ट्याक्टरका सहचालक हुन् । ट्याक्टरका चालक ३४ वर्षीय चन्द्रबहादुर कुमाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, ३२ असार । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् । पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा रु एक लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताइन्। कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान पाएपछि उत्साही भएर रायो सागको…
बिर्तामोड, ३२ असार । बैकिङ कसुरमा २८ लाख २२ हजार जरिवाना र कैद तोकिएका एक अभियुक्तालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्धामा फरार रहेका बिर्तामोड–६ का ४७ वर्षीय टेकनाथ ढुंगानालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मिति शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कोरोना परीक्षण पछि कैद भुक्तानको लागी जिल्ला कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
झापा, ३२ असार । ०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘फ्याक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वमा पुनर्निर्माण जारी धरहरा प्राधिकरणको म्याद समाप्त भएसँगै सहरी विकास मन्त्रालयमातहत रहेर पुनर्निर्माण भइरहेको छ । प्राधिकरणकै नेतृत्वमा पुनर्निर्माणका क्रममा बढी भुक्तानी भएको पाइएको हो । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले ३१ लाख ६० हजार र त्यसको मूल्य अभिवृद्धि कर ४ लाख ११ हजार गरी ३५ लाख ७० हजार निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने देखिएको औँल्याएको छ । प्रतिवेदनअनुसार…
झापा, ३२ असार । विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ। कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ । ज्वरो अत्यधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैचा नगरपालिका(४ घर भएका कैदीबन्दी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार दिउँसो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखेर उपचार भइरहेकामा…
बिर्तामोड, ३२ असार । साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ । २०५६ असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा चौतारीले सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण गरेको छ । शास्त्रीय संगीतलाई पूर्वमा स्थापित गर्ने मेहनती प्रतिभाका रुपमा राईले आफ्नो परिचय बनाएका छन् । संगीत साधक राईलाई कार्यक्रमका प्रमुख अतिथि इलाम निवासी लोकगायक…