
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ असार । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण हालसम्ममा १८ प्रतिशत मात्र रोपाइँ भएको बताए । झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । त्यसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् । धान दिवसका अवसरमा केन्द्रले आज कमल गाउँपालिका–७ स्थित लखनपुर साना किसान सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ कार्यक्रम गरिरहेको छ ।…
मोरङ, १५ असार । मोरङको बिराटनगर महानगरपालिका–१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर–६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर–९ घर भई बिराटनगर–११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको यो । यसरी ब्राउनसुगर…
बिर्तामोड, १५ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा उनले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको बताए । झापाको अर्जुनधारा ७ मा नेकपा एमाले अर्जुनधारा र किसान महासंघले संयुक्त रुपमा आयोजना गरेको धान रोपाईमा सहभागी हुँदै खरेलले किसान, श्रमिकको पार्टी कुनै पनि गठबन्धन सफल नहुने बताएका हुन् । धान रोप्दै कार्यक्रमको शुरुआत गरेका खरेलले जिल्लाका सबै पालिकामा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गरिएको जानकारी दिए । किसान र श्रमिक वर्गको साथ पाएको पार्टी एमाले जनताको प्रीय पार्टी…
मोरङ, १५ असार । मोरङको रंगेली नगरपालिका–७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका विद्यार्थी रंगेली–७ का महादेव मण्डलको ४ बर्षीय छोरा रितिक मण्डल र रंगेली ६ का नरेश मण्डलकी ५ वर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाइते भएका थिए । बसको ठक्करबाट घाइते भएका दुबै जनाको तत्काल उपचारको लागि टाइम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भइरहेको छ…
झापा, १५ असार । प्रदेश १ सरकारले विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन सबैलाई सचेत गराएको छ । ‘स्थानीय तह, सुरक्षा निकाय, विपद् व्यवस्थापनमा काम गर्दै आएका रेडक्रस लगायतका संघ संस्थालाई तयार रहन भनिएको छ,’ प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले भने, ‘विपद् व्यवस्थापनका लागि सबै जिल्लामा दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने र आवश्यक सूचना लिने काम भइरहेको छ ।’ यसअघि पनि प्रदेश सरकारले प्रत्येक जिल्लामा पुगेर दैवी प्रकोप उद्धार समितिको बैठक राखेर आवश्यक तयारी गरेको उनले बताए । प्रत्येक जिल्लामा बाढी तथा पहिरोको जोखिम क्षेत्रको नक्साङ्कन गर्ने, उनीहरुलाई अलर्ट गराउने, जोखिममा रहेका वस्तीलाई स्थानान्तरण गर्ने, उद्धार…
झापा, १५ असार । मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको हो। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा सबैभन्दा बढी २ हजार ४ सय ६५ पहिरोका घटनामा परी १ हजार ३ सय ८७ जनाको अकालमै ज्यान गएको छ । यही अवधिमा पहिरोमा ३ सय ३० जना बेपत्ता र १ हजार १ सय ३६ घाइते भएका छन्। यस अवधिमा पहिरोबाट…
झापा, १५ असार । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ। सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले म्यानपावर कम्पनीले कारोबार बन्द गरेको ३ वर्षसम्म राखेको धरौटी फिर्ता लैजान नपाउने कानुनी प्रावधान रहेका कारण ठुलो रकम लामो…
बिर्तामोड, १५ असार । बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घरपरिवारलाई खाद्यन्न, स्वास्थ्य उपचार, पिउने पानी र सुरक्षत आश्रय स्थलको आवश्यक प्रवन्ध मिलाउने भएको छ । नगरप्रमुख तथा विपद व्यवस्थापन समिति संयोजक पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार नगरपालिकाको कार्यालयमा बसेको बिर्तामोड नगर विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले अविरल वर्षाकाकारण बिर्तामोड नगरका अधिकांस क्षेत्र डुवानमा परी ठुलो जनधनको क्षति हुन सक्ने संभावना रहेकोले रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । बैठकले डुवान तथा कटान भई क्षति हुन सक्ने जोखिम क्षेत्रको पहिचान गर्ने, जोखिम युक्त स्थानमा वसोवास गर्ने परिवारलाई सुरक्षित रहन पूर्व सूचना प्रवाह गर्ने,दैनिक हुने क्षतिको…
हल्दिबारी, १५ असार । हल्दिवारी गाउँपालिकाको सहयोग तथा टाइम्स मिडिया नेटवर्कको आयोजनामा दुई दिवसीय महिला अधिकार तथा विद्यमान कानुन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । असार १३ देखि शुरु भएको कार्यशाला १४ गते सम्पन्न भएको हो । महिला अधिकार र विद्यमान कानुनका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यशालामा हल्दिवारीका महिला जनप्रतिनिधि, विधार्थी र अगुवा महिलाहरुको सहभागिता भएको थियो । कार्यशालामा पहिलो दिन झापा बारकी सचिव एवम् अधिवक्ता हेमकला कट्टेल र दोस्रो दिन मोरङकी अधिवक्ता विष्णु कुमारी तामाङले सहजीकरण गरेका थिए । उनीहरुले वर्तमान समस्याहरुका बारेमा जानकारी दिदैं संविधानमा भएका अधिकारका बारेमा सहजीकरण गरेका थिए । दुई दिवसीय कार्यशालामा सहभागीहरुलाई…
भद्रपुर, १४ असार । अबिरल बर्षाको कारण झापा शिवसताक्षी नगरपालिका ४ मा १२ सय कुखुरा मरेका छन् । सोही स्थानका हरिदेव ताजपुरियाको कुखुराको फारममा नजिकै रहेको पैनीको पानी फारममा पस्दा १२०० बोइलर कुखुरा मर्नुका साथै कुखुराको दाना नष्ट हुँदा करिब १० लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।