झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ जेठ । झापामा रहेका नेपाली कांग्रेसका अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा समेत पार्टीका उम्मेदवारलाई जिताउन सकेनन् । जिल्लादेखि केन्द्रसम्मका नेताहरुले आफ्नो वडा समेत सुरक्षित गर्न नसक्दा उनीहरुका उम्मेदवारहरुले निर्वाचनमा शर्मनाक हार बेहोर्नुपरेको छ । नाम चलेका केन्द्रीय नेताहरुले समेत आफ्नो वडा सुरक्षित गर्न सकेनन् । पूर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको वडा भद्रपुर १० , पूर्वमन्त्री तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको वडा अर्जुनधारा ८ , महामन्त्री विश्वप्रकाश शर्माको वडा मेचीनगर ९ ,प्रदेश सभापति उद्धव थापाको वडा अर्जुनधारा ७ , पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सरिता प्रसाईको वडा बुद्धशान्ति ३ , केन्द्रीय सदस्य महेन्द्रा सुब्बाको वडा…

Read More

झापा, १५ जेठ । विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकिपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभर अहिलेसम्म दुई सयभन्दा धेरैमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्ल्यूएचओका अधिकारीले भने। मंकिपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्। यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै…

Read More

झापा, १५ जेठ । तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

Read More

झापा, १५ जेठ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो। सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड-१९ महामारीको प्रभाव क्रमशः न्युन हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो। विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण सन् २०२० मा प्रायः सबै मुलुकहरुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सङ्कुचित हुन पुगेको छ। आर्थिक गतिविधिमा आएको शिथिलताले रोजगारीका अवसरहरु न्युन हुन पुगे। जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापनसमेत कष्टकर हुन पुग्यो रोजगारी र आयमा आएको कमीसँगै गरिबी र असमानता पनि…

Read More

झापा, १५ जेठ । केन्द्रीय बैंकले नीतिगत व्यवस्थालाई निरन्तरता दिने भए पनि बाह्य दबाव कम गर्न ब्याजदर चलाउन सक्ने सङ्केत गरेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा अनुरूप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरूलाई यथावत् राखिएको जनाएको छ। तर, आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरणहरूको प्रयोग गर्ने राष्ट्र बैंकले सङ्केत गरेको देखिन्छ। मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने राष्ट्र बैंकले…

Read More

बिर्तामोड, १५ जेठ । लामो समयदेखि बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा भएका कारण ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि त्यसलाई हटाइएको छ । ०४६ सालको जन आन्दोलनको स्मृतिमा बनाइएको स्तम्भ वरिपरि घेराबारा गरिएपछि त्यस स्थानमा ट्राफिक प्रहरीले उबिएर काम गर्ने अवस्था थिएन । सो स्थानलाई खुल्ला राख्न विभिन्न प्रयास गरिएपनि सम्भब भएको थिएन । तर, अभियन्ता तथा राजनीतिकर्मी तीर्थ सिग्देलले सन्चालन गरेको होस्टेमा हैसे अभियान अन्तर्गत उनले यो बिसयमा सामाजिक संजालमार्फत आवाज उठाएपछि अहिले त्यो स्थानमा उबिएर ट्राफिक ब्यवस्थापन गर्न सहज भएको हो । सो आवाजप्रति जन आन्दोलन स्मृति स्तम्भ निर्माण समितिले सकारात्मक रुपले लिएपछि झन सहज बनेको सिग्देलले बताए । उनले…

Read More

बिर्तामोड, १५ जेठ । झापाको बिर्तामोडमा ‘बेकरीज–द केक सप’ सञ्चालनमा आएको छ । करिब दुई महिना अघिदेखि अनौपचारिक रुपमा सञ्चालित उक्त पसल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । सहकारीकर्मी दिपेन्द्र राउत र व्यवसायी उमेश राउतको संयुक्त लगानीमा बेकरीज सञ्चालनमा आएको हो । यसको कूल लागत २५ लाख रहेको लगानीकर्ता उनीहरुको भनाइ छ । एगलेस केकको साथै बेकरीका अन्य उत्पादन पनि रहने उनीहरुले बताए । केक सपमा नौ जनाले रोजगारी समेत पाएका छन् । पसलको आजै बिर्तामोड नगरपालिकाकी नगर प्रमुख र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

Read More

झापा, १५ चैत । चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । यसअघिको परीक्षामा पास ४१ प्रतिशत थियो। मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागीमध्ये ६८ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा एक हजार ४९४ परीक्षार्थीमध्ये ४७५ जना मात्रै पास भएका छन् । एक हजार १९ जना अनुत्तीर्ण भएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, १५ जेठ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड बजार शनिबार बन्द गर्नुपर्ने व्यवसायीको धारणा छ । साप्ताहिक रुपमा बजार बन्द हुने विषयमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीले शनिबार बजार बन्द गर्नुपर्ने धारणा राखेका हुन् । यस अघि बिर्तामोड सोमबार बन्द हुँदै आए पनि प्रभावकारी हुन नसकेको भन्दै शनिबार बन्दको चर्चा चल्दै आएको हो । नेपाल अलैँची व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले साप्ताहिक बन्द शनिबार हुनुपर्ने धारणा राखे । बैङ्क तथा वित्तीय कारोबारका हिसाबले शनिबार कुनै पनि कारोबार नहुने भएको हुँदा यस दिन व्यवसायीका लागि उपयुक्त भएको उनको धारणा छ । यस्तै नेकपा एमाले बिर्तामोड नगर…

Read More

झापा, १५ जेठ । झापाको मेचीनगर क्षेत्रमा केही दिनयता लगातार हात्तीको बथान पस्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको बथान आउँन थालेपछि स्थानीय त्रसित हुनुपरेको हो । हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार भारततर्फबाट दैनिक ५० देखि सयको सङ्ख्यामा बथान बनेर जङ्गली हात्ती बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । विद्युतीय घेराबारासमेत तोडेर हात्ती प्रवेश गरेपछि किसानको अन्नबाली नोक्सान गरेको र हात्ती नियन्त्रणमा समस्या भइरहेको जनाएका छन् । मेचीनगरको वडा नम्बर १ र ४ मा पर्ने क्षेत्रमा भारतबाट दैनिक हात्तीको बथान आइरहेको र स्थानीयले जङ्गलतर्फ लखेट्ने गरेको बताए छन्  । थोरै सङ्ख्यामा आएका हात्ती चाहिँ…

Read More