
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २० असार । झापाको बिर्तामोड नगरपालिकाले शारीरिक अपाङ्गता भएका महिलाहरूलाई सिलाई मेसिन प्रदान गरेको छ । आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने उद्देश्यले शारीरिक रुपमा अपाङ्गता भएका नगर क्षेत्रका १० जना महिलाहरूलाई नगरपालिकाले सिलाइ मेसिन प्रदान गरेको हो । आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईंले उनीहरुलाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको थियो । नगरपालिकाले स्वरोजगार बनाउनका लागि सिलाई प्रदान गरेको बताउनुहुँदै नगरप्रमुख प्रसाईंले भन्नुभयो, “तालीमसँगै मेसिन प्रदान गरेका छौं, त्यसलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गर्छु ।” अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले गत चैत २९ गतेदेखि एक महिने सेनेटरी प्याड र पेन्टी बनाउने तालीम दिएको नगरपालिकाका शिक्षा शाखा…
झापा, २० असार । झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताए । भारतबाट हुलका हुल आउने जङ्गली हात्ती झापाको बहुण्डाँगी क्षेत्रमा प्रवेश गरी मानवबस्ती, किसानको बालीनाली सखाप पार्नुका साथै मानवजीवन नै खतरामा पर्ने गरेको उनले जानकारी दिए । जिल्लामा हात्ती आतङ्क छ र योसँगै अहिले किसान रासायनिक मलको मार खेपिरहेका छन् । झापामा केही वर्ष पहिले बाहुण्डाँगीमा मेची…
झापा, २० असार । गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन। परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले यस्तो जानकारी दिएकी हुन् । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भन्नुभयो( एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन। अब हामीलाई मन्त्रीपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ। सबै कुरा राम्रोसँग अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकोले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौँ। उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयन गर्नेछौँ। अहिले पत्र…
झापा, २० असार । अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन । साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको कानुन पनि शून्य छ । झन्डै एक वर्षदेखि कानुनी शून्यताको अवस्था भए पनि सरकारले साबिकका व्यवस्था जगाउने कुनै प्रक्रिया अघि बढाएको छैन । जसले गर्दा विवादका कारण छुट्टिने समझदारीमा पुगेका जनता समाजवादी पार्टीका दुई पक्षले प्रक्रियासमेत अघि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले कानुनी शून्यताको अवस्थाबारे कानुन मन्त्रालयको रायसमेत मागेको छ । अहिले राजनीतिक दलसम्बन्धी ऐनको दल विभाजनको व्यवस्था…
झापा, २० असार । न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ । तर, सो प्रतिवेदन सर्वोच्च प्रशासनले दराजमा थन्काएर राख्दै आएको छ । समितिहरूले दिएको सुझाव कार्यान्वयन हुन नसक्दा अहिले पनि न्यायालय बिचौलियाकै घेरामा रहने गरेको र न्यायालयभित्रै न्याय किनबेच हुने गरेको सरोकारवालाको दाबी छ । पछिल्लोपटक सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले न्यायालयमा व्यापक रूपमा भ्रष्टाचार हुने गरेको र न्यायाधीशमार्फत् नै न्याय किनबेच हुने गरेको औंल्याएको थियो । प्रतिवेदनमा न्यायाधीशहरू आफैं मुख्य बिचौलियाका…
झापा, २० असार । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो। नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प्रतिशत रहेको छ। यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ…
बिर्तामोड, २० असार । झापाको बिर्तामोड नगरपालिकाले माछा फार्महरुको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतबार नगरका विभिन्न वडामा रहेका फार्महरुको अनुगमन गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको शर्सत अनुदान मार्फत चालु आर्थिक वर्ष २०७८÷०७९ मा आएको बजेटबाट नगरपालिकाले कृषकहरुलाई क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम सञ्चालन गरेको छ । जसमा क्षेत्र विस्ताका लागि प्रति कठ्ठा दश हजार रुपैयाँ,पोखरी मर्मतका लागि प्रति कठ्ठा तिन हजार तिन सय,यान्त्रिकरणका लागि लागत साझेदारीमा ५० प्रतिशत र सिँचाईमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको नगरको कृषि पशुपंछि तथा मत्स्य विकास शाखाले जनाएको छ…
कनकाई, २० असार । झापाको शिवसताक्षी नगरपालिका–४ जनता बजारमा आइतबारदेखि माछापुर्छे बैंकले शाखारहित सेवा सुरु गरेको छ । आइतबार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैकको १६७ औ शाखारहित उक्त सेवा केन्द्रको उदघाटन गर्नुभएको हो । उक्त साखाबाट बैँकखाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तउदथा सामाजिक सुरक्षा रकम झिक्न समेत सकिने लगायातका बैँकका ७० प्रतिशतका कामहरु सबै गर्न सकिने उक्त बैंकले जनाएको छ । उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, व्यापारी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
झापा, १९ असार । झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए संगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ बर्षीय सुरेश परियार रहेका छन् । असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परे सगै घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको आधारमा भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको भन्ने खुल्न आए संगै हत्यामा…
सुनसरी, १९ असार । सुनसरीको रामधुनी नगरपालिका-३ सिघिया स्थित नहरको पानीमा डुवी १ जनाको मृत्यु भएको छ । आज दिउँसो पौने १२ बजे स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई पानीमा डुवेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगेकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ।