झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर मात्रै आफूले दुई वर्षमा तीन लाख पाउन्ड (लगभग ४ करोड ७० लाख रुपैयाँ) कमाएको दाबी गरेकी छिन् । तर यसले आफ्नो यौन जीवन भने ध्वस्त पारेको उनले जिकिर गरेकी छिन् । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् । २८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन् । उनीप्रति पुरुषको अपेक्षामा विरोधमा उनले यस्तो गरेको बताइन् । केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले उनलाई ‘फोहोरी’ को संज्ञा दिएका छन् ।…

Read More

झापा, १७ जेठ । कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फरहरीएकोमा खुसी व्यक्त गरेको छ। राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन् जसले नेपाल भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कचनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोस्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन्। आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

Read More

झापा, १७ जेठ । बिर्तामोड उद्योग बाणिज्य संघले दुई जना पत्रकारलाई सम्मान गरेको छ । संघको सोमबार अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो । पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले दोसल्ला ओढाएर नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए । साधारण सभामा संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार सिवाकोटी, नेपाल उद्योग वाणिज्य संघका प्रदेश–१ अध्यक्ष टीकाराज ढकाल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजाल लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक विश्वमणि पोख्रेल, कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राजु…

Read More

झापा, १७ जेठ । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेटको प्राथमिकता पेस गरेका हुन् । प्रदेश सरकारको प्राथमिकतामा कृषि क्षेत्रको बढ्दो व्यापारघाटालाई लक्षित गरी कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बिउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरुसँग जोड्न नमूना कार्यक्रमहरुको सुरुवात गर्ने उल्लेख छ । यस्तै रासायनिक मलमाथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने,…

Read More

भद्रपुर, १६ जेठ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन–२०७९ मा झापामा १७.१८ प्रतिशत मत बदर भएको छ । कूल चार लाख ५५ हजार २६८ मत खसेको मतमध्ये १७.१८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो । “प्रारम्भिक चरणमा समग्रमा बदर मत प्रतिशत निकालिएको छ”, उहाँले भन्नुभयो, “विस्तृतमा तथ्यांक आउन बाँकी छ, हामी काम गर्दै छौँ ।” झापामा सबैभन्दा धेरै उपप्रमुख÷उपाध्यक्ष पदमा २०.८४ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वडाध्यक्षमा ११.५२ प्रतिशत मत बदर भएको कार्यालयले जनाएको छ । यस्तै, प्रमुख÷अध्यक्षमा १२.७३ प्रतिशत मत बदर भएको छ । महिला सदस्यमा…

Read More

झापा, १७ जेठ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो। सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान…

Read More

झापा, १७ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने, “पूर्वाधार कर बराबरको मूल्य समायोजन गर्ने अन्तिम चरणमा छौँ, यो आर्थिक वर्षमा पूर्वाधार करबापतको रकम समायोजन गर्ने र पछि पेट्रोलियम पदार्थको मूल्यका अवस्था हेरेर गर्छा ।” मूल्य समायोजन गर्ने भनिए पनि घटाउने वा कर छुट दिने भन्ने निर्णय भइसकेको छैन । आर्थिक विधेयक २०७९ मा भने हालकै शुल्क कायम गरिएको…

Read More

सुनसरी, १६ जेठ । सुनसरीको ईटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी-५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र MADE IN USA लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको…

Read More

उदयपुर, १६ जेठ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी चालक सिमरा उप–महानगरपालिका–१ का ३३ बर्षीय सुदिप घलान, सोही स्थानका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

Read More

सन्तोष शर्माबिर्तामोड, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि घोषणा गरेको बजेटमा झापासँग जोडिएका विभिन्न योजना परेका छन् । सरकारले घोषणा गरेको बजेट वक्तव्यमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने, बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । त्यस्तै, झापाको जोखिमयुक्त नदी कन्काई, कमल, रतुवा, मावा नदी नियन्त्रण, बाँध निर्माणको कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै, पृथ्वीनगरमा व्यवस्थित सीमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने भएको छ । सरकारले दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्नुका साथै झापाको सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको बजेट वक्तव्यमा…

Read More