झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ असार । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी’ नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रति एमएल तोकिएको छ । तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा…

Read More

झापा, १९ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो। अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयक संसद्बाट पारित गरी ऐनको रूपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए। उनले भने, ‘अहिले संसद् चलिरहेको अवस्थामा छिटोभन्दा छिटो यो विधेयक संसद्मा दर्ता गर्ने प्रक्रियामा जानेछौं। त्यसपछि संघीय निजामती सेवा ऐनलाई ल्याउनेछौँ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

झापा, १९ असार । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर, निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले जनाएको छ । इक्यानका अनुसार लामो समयसम्म भिसा…

Read More

झापा, १९ असार । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन । कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि…

Read More

झापा, १८ असार । आफूले भोगचलन गर्दै आएको जमिनको धनीपूर्जा हातमा छैन । कर्मचारीले लगत संकलन गरेको वर्षौं बिते पनि तत्काल धनीपूर्जा हात लाग्ला भन्ने कमै आशा बोकेकी झापा अर्जुनधारा १ स्थित टप्पुकी चन्द्रमाया बिक शनिबार औधी खुसी भइन् । अर्जुनधारा वडा नम्बर १ को कार्यालयमा आयोजित कार्यक्रममा अन्य सहभागीजस्तै उनी पनि बसिरहेकी थिइन् । औपचारिक कार्यक्रम सकिन लाग्दासम्म सहभागी नचट्पटाइ बसिरहे । वडा सचिव मञ्जु भट्टराईले ७३ वर्षीया चन्द्रमायाको नाम बोलाइन् । र, प्रमुख अतिथिको हातबाट एक पाना कागज थापिन् । उनलाई थाहा छैन, त्यो कागजमा के छ भनेर रु तर, उनलाई लागेको छ कि त्यो कागज आफूले जोतभोग…

Read More

बिर्तामोड, १८ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक सशक्त प्रहार गरेका थिए । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रुपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ…

Read More

झापा, १८ असार । आजदेखि सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरेको छ । स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने जनाइएको छ। त्यस्तै, सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने जनाइएको छ। प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ। यस्ता छन् १३ बुँदे मापदण्ड १. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ। २. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार…

Read More

झापा, १८ असार । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो। सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ। प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२…

Read More

झापा, १८ असार । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका…

Read More

बिर्तामोड, १८ असार । झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ खोलाले बगाउँदा एक बालकको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–५ अतिथि सदनका नविन ओलीका ६ वर्षीय छोरा सर्वजित ओली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । कनकाई–८ लक्ष्मीपुर स्थित बिरिङ नदी नजिकैको वनभोज स्थलमा बुबासँग घुम्न गएका बालक दिउँसो सम्पर्कविहीन भएका थिए । खोजतालस गर्ने क्रममा बालकलाई उनका बुबाले करिब पाँच सय पर खोला किनारमा मृत फेला पारेको उहाँले बताउनुभयो । कानूनी प्रक्रिया पुरा गरेर गरी शव आफन्तलाई बुझाइएको र घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More