झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबनियानी, ११ जेठ । डिभिजन कार्यालय झापाले यो वर्ष करिब पाँच लाख थान बिरुवा वितरण गर्ने भएको छ । फलपूmल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिनुभयो । जसमा १५ हजार फलफूल र ४ लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा रहेका छन् । वन बिरुवा रू ४७ लाख ५० हजार र फलफूलका रू ६ लाख गरी रू ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो । बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ । टिक, मसला, मलेसियन साल,…

Read More

बिर्तामोड, ११ जेठ । झापामा आज बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी –धरमपुर खण्डमा यात्रुबहाक बसको ठक्करबाट एक जना प्रहरी र एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ वर्षीय जितुहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु मध्ये एक जना प्रहरी जवान भएको र एक जना भर्खरै स्थानीय निर्वाचनमा खटिएका…

Read More

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो । भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’ स्थानीय मिडिया रिपोर्टलाई…

Read More

झापा, ११ जेठ । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९–८० को सरकारी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ। आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिन विशेष व्यवस्था गरिने…

Read More

झापा, ११ जेठ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ। आजको नागरिक दैनिकमा खबर…

Read More

झापा, ११ जेठ । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ। वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम लक्षित गरेको पनि…

Read More

झापा, ११ जेठ । गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुर मा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो । २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ । स्थानीय तह निर्वाचनमा नौ जना महिला नेतृ उपप्रमुख…

Read More

भद्रपुर, ११ जेठ । झापाका जडीबुटी पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको छ । चालू आर्थिक वर्षमा जिल्लाका पाँच वटा पकेट क्षेत्रलाई लक्षित गरी ९ लाख रुपैयाँ अनुदान आएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, गौरादह नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको हो । यो कार्यक्रम पामारोजा, लेमनग्रास, पचौली, तुलसी, सतावरी र अश्वगन्धा खेती तथा भण्डारण गर्ने कृषकका लागि लक्षित गरिएको हो । जेठ ४ जेठ ४ गतेदेखि २१ दिने म्याद रहेको सूचना जारी गरिएको कार्यालयले जनाएको छ । यो कार्यक्रम…

Read More

झापा, १० जेठ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेकी हुन् । सरकारले बजेटमार्फत स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । यसैगरी शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् । ​नीति तथा कार्यक्रमका मुख्य बुँदा–आन्तरिक र बाह्य प्रभावका कारण आर्थिक समस्या न्यूनिकरण गरिने–उत्पादन र उत्पादकत्व वृद्धि, पूर्वाधार विकास, दिगो विकास, सुशासन र गरिबी…

Read More

बिर्तामोड, जेठ १० । अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले आफ्नो जन्मस्थलमा पुगेर जन्मोत्सव मनाएका छन् । ताप्लेजुङस्थित श्रीजंघा गाउँपालिका–२ मा रहेको भगवती आधारभूत विद्यालय पुगेर उनले जन्मोत्सव मनाएका हुन् । आफू अध्ययनरत् विद्यालयमा पुगेका उनले विद्यालयको स्तरोन्नतिका लागि भौतिक संरचना निर्माणमा सहयोग पु¥याउँदै जन्मोत्सव मनाएका हुन् । नव निर्बाचित गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानको प्रमुख आतिथ्यका बीच बिर्तामोडका व्यवसायी भट्टराईले त्यस क्षेत्रका ७५ जना ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेका थिए भने विद्यालयमा अध्ययनरत् ६५ जना विद्यार्थीलाई कापी–कलम र ब्याग प्रदान गरे ।

Read More