
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ६ बैशाख । अनन्तश्री विभूषित जगतगुरु शंकराचार्य स्वामी निश्चलाचन्द्र सरस्वतीजी महाराज बुधबार झापाको बिर्तामोड आउँदैछन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट अनन्तश्री विभूषित जगतगुरु शंकराचार्य स्वामी निश्चलाचन्द्र सरस्वतीजी महाराज नेपालको जनकपुर, लाहान, बिराटनगरहुँदै बुधबार बेलुका झापाको बिर्तामोड आउने बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । वैशाख ७ गते बुधबार वेलुकी ५ः३० वजे चारपानेमा रहेको साङ्गवेद संस्कृत विद्यालय विवेकाश्रममा अनन्तश्री विभूषित जगतगुरु शंकराचार्य स्वामी निश्चलाचन्द्र सरस्वतीजी महाराजको स्वागत गरिने र वैशाख ८ गते बिहीबार बिर्तामोडको अतिथिसदनमा बिहान ११ः३० वजेदेखि हुने धर्मसभामा उनले आशीर्वचन प्रदान गर्ने कार्यक्रम रहेको श्री शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए ।…
बिर्तामोड, ५ चैत । शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताए । त्यसका लागि मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता कार्यान्वयन…
मोरङ, ५ बैशाख । मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका(७ स्थितबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर(१६ स्थितबाट ४ लाख ९ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, ५ बैशाख । झापाको दमक नगरपालिका–४ जनचेतना टोल स्थितमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ बर्षीय सुजन बि।क। ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईते भएका बि।क।लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा हिजो दिउँसो सभा १ बजे बजे मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई सवारी धनी मोरङ उर्लाबारी(५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका(४ का दिपेन…
झापा, ४ बैशाख । झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो । त्यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका(५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् ।…
मोरङ, ४ बैशाख । मोरङको सुन्दरहरैचा नगरपालिका–६ का ६४ वर्षीय देवीप्रसाद तामाङ र ३२ वर्षीय मणिकुमार तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत चैत ३० गते राति पौने १० बजेको समयमा स्थानीय देवीप्रसाद तामाङ र ४१ वर्षीय गणेश भनिने मानबहादुर तामाङ बीच सामान्य बादबिबाद भई झै–झगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ वर्षीय मणीकुमार तामाङले मानबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए । घाइते मानबहादुरलाई उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते बिहान मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई…
झापा, ४ बैशाख । झापामा केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताए । सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ । विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा…
झापा, ४ बैशाख । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८।६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ। तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको बढेको तथ्याङ्क छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सिमेन्ट आयात सबैभन्दा बढी ८४ प्रतिशतले घटेको छ। यस्तै, एमएस विलेट आयातमा २४ प्रतिशतले कमी आएको छ भने सुगर मोलासिस आयात पनि ७२.४ प्रतिशतले घटेको छ। फागुन मसान्तसम्ममा कच्चा कटन आयातमा…
झापा, ४ बैशाख । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ(आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति जुट्न नसकेको बताए। केन्द्रले तय गरेको सात बुँदे आधारअनुसार एकीकृत समाजवादीले काठमाडौँको कागेश्वरीमनोहरा, बूढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर…
झापा, ४ बैशाख । खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु(याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताए । उनले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भने “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ ।” मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा…