
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ असार । प्रदेश नं. १ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले झापामा सहकारी क्षेत्रका समस्याका बारेमा जानकारी लिएको छ । मन्त्रालयले आइतबार झापाको बिर्तामोडमा ‘झापा जिल्लाका सहकारी संघसंस्था तथा सहकारी अभियानसँगको अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी जिल्लामा रहेकय सहकारी संस्थाहरुको समस्याका बारेमा जानकारी लिएको हो । कार्यक्रममा मन्त्री ओमप्रकाश सरावगीले प्रदेश नं. १ मा रहेका सहकारीको समस्या, चुनौती र सम्भावनाका विषयमा जानकारी लिन थालिएको बताउनुभयो । “सहकारीको मर्म र समस्या बुझेर अघि बढ्न प्रदेश सरकारको योजना अनुरुप अघि बढेका छौँ”, मन्त्री सरावगीले भन्नुभयो, “यहाँबाट प्राप्त सुझावलाई मनन् गरेर साही अनुरुप काम गर्ने छौँ ।” सहकारीहरुलाई ऐनले तोकेको,…
ताप्लेजुङ, १३ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९–८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए । गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत…
भद्रपुर, १२ असार । संस्थागत विद्यालय शिक्षनक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन एनप्याब्सनका नाममा भद्रपुर नगरभित्र प्रचलित नियम कानुन विपरितका गतिविधि बढेको ठहर गर्दै यथाशिघ्र नसच्याइए आन्दोलनमा जाने निर्णय गरेको छ । संस्थागत विद्यालयलाई संस्थागत बनाउन राज्यले तय गरेर चालु अवस्थामा रहेका नियम कानुन विपरित मनपरी ढंगबाट विद्यालय सञ्चालन गर्ने प्रवृत्ति बढेको ठहर गर्दै समितिले यस्ता कृयाकलाप बन्द नगरे कडा आन्दोलनमा जाने निर्णय गरेको हो । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक बिदा मिच्ने, पठनपाठनका क्रियाकलाप बाहेक अन्य गतिविधिमा शिक्षकलाई जवरजस्ती लगाउने, श्रम ऐनको अपहेलना गर्दै न्युनतम पारिश्रमिक दिन अश्विकार गर्ने, तीन वर्षयता दिइदै आएको पारिश्रमिक…
धेरैजसो महिलाले आमा बन्ने सपना पालेका हुन्छन् । केही महिला आमा बन्न नपाउँदा आजीवन दुःखी रहन्छन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौँ जसले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ सन्तान जन्माइसकेकी छिन् । यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने र यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या पनि निम्तिन सक्ने जानकारी दिएका छन् । यी महिलाले आफ्ना सन्तानको पालनपोषण एक्लै गरिरहेकी छिन् यी महिला को हुन् र कहाँ बस्छिन् ? यत्तिका बच्चा जन्माउनुको कारण के थियो ? यसबारे जानकारी लिऔँ । एनवाई पोस्टकाअनुसार ४४ सन्तान जन्माउने यी आमाको नाम मरियम नबातान्ज हो…
झापा, १२ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको अनुगमन गर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रूपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको बताए । उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा…
झापा, १२ असार । भुटानी शरणार्थीको पारिवारिक ‘सेन्सस स्लिप’ अपडेट गरिने भएको छ । जिल्ला स्थित शरणार्थी समन्वय इकाईले अपडेटका लागि सूचनासमेत जारी गरेको छ । उसले पारिवारिक जनगणनाका लागि शरणार्थी शिविरमा निवेदनको ढाँचा पनि वितरण गरेको छ । अहिले भुटानी शरणार्थी दमकस्थित बेल्डाँगी र मोरङको पथरीशनिश्चरेस्थित गरी करिब साढे ६ हजार भुटानी बस्दै आएका छन् । उनीहरूको ‘सेन्सस स्लिप’ सोमबारदेखि अपडेट गरिने भुटानी शरणार्थी शिविर बेल्डाँगीका शिविर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । ‘लामो समयदेखि सेन्सस स्लिप अपडेट नहुँदा उनीहरूको आइडीमा भएको हट नम्बर र उनीहरू बस्ने हट नम्बर फरक छ,’ उनले भने, ‘पुनर्वासले अहिले दुई वटा शिविरमा मात्र…
झापा, १२ असार । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकि हाल सम्म फरार रही लुकि छिपि बसेका दमक नगरपालिका–७ झापाका ३९ बर्षीय तेजु भन्ने तेज वहादुर मगर, मिक्लाजुङ गाउँपालिका–३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बु, सोही स्थानका २६ बर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका–२ लालभित्ती मोरङका २१ बर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका–५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति…
बिर्तामोड, १२ असार । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखा पर्यटकीय क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा शनिबार बेलुका इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–८ इलामका २५ वर्षीय सुजेन्द्र राई, झापा कनकाई नगरपालिका–३ का ४३ वर्षीय बेनुप्रसाद चिमरिया र कनकाई–४ का ३२ वर्षीय हेमनारायण चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १७ ग्राम ब्राउनसुगर, रू ८८ हजार पाँच सय, मोबाइल २ थान र ३ थान मोटरसाइकल बरामद गरेको छ । त्यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक…
इलाम, १२ असार । इलामको माङसेबुङ गाँउपालिका–२ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका–५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका–६ का ५० बर्षीय प्रकाश राई रहेका छन् । आज दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जाँदै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अं।२०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो…
बिर्तामोड, १२ असार । संघीय लिम्बूवान पार्टी नेपालले लिम्बुवान स्वायत्त प्राप्तको माग सम्बोधन नभए आन्दोलन हुने जनाएको छ । प्रदेश नं. १ को नामाकरणको विषय टड्कारो रुपमा उठिरहेका बेला पार्टीले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाले ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बूवान स्वायत्त राज्य हुनुपर्ने बताउनुभयो । “लिम्बूवान प्राप्तिका लागि धेरै संघर्ष भएको छ, रगत बगेको छ”, उहाँले भन्नुभयो, “हाम्रो माग र आन्दोलनलाई नजर अन्दाज गरे यसको मूल्य महँगो हुनेछ ।” लिम्बूवान स्वायत्त राज्य मागको कुरा हचुवाको भरमा नभएको बताउँदै उहाँले यसको ऐतिहासिक र राजनीतिक आधारहरु प्रशस्त भएको उल्लेख गर्नुभयो ।…