
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ असार । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा आज झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीप’मा चार प्रदेशका २१ जना खेलाडी भिड्दैछन् । ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा एकेडेमीको आयोजना र नेपाल रिङ रेस्लिङ संघको संयोजनमा प्रतियोगिता भइरहेको एकेडेमीका महासविच पुरेन्द्रविक्रम लाखेले जानकारी दिनुभयो । प्रतियोगितामा चार वटा प्रदेशका २१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने र प्रतियोगिता सम्पन्न गर्न रू १६ लाख खर्च हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्णा श्रेष्ठले जानकारी दिनुभयो । जसमा स्पोर्टस एकेडेमी र राष्ट्रिय खेलकूद परिषद् ५०÷५० प्रतिशत लागत सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न पाँच वटा विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । केरखास्थित सहिद धर्मभक्त…
बिर्तामोड, १७ असार । बिर्तामोड नगरपालिका पूर्ण खोप युक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रवार (आज) नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोप युक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो । खोप समन्वय समितिको शुक्रवार विहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप युक्त वडा घोषणा भई सकेको जनाउँदै नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि कार्यपालिकामा प्रस्ताव गरेको थियो । २३ महिनाभन्दा मुनिका बच्चाहरुले सबै प्रकारका खोप लगाई खोपको पुर्ण सुनिश्चिता भइसकेकोले बिर्तामोडका सबै वडालाई यस अघिनै पुर्ण खोपयुक्त वडा घोषणा गरिसकिएको छ । बिर्तामोडमा पुर्ण खोपका लागि शतप्रतिशत प्रगति…
भद्रपुर, १७ असार । झापाको भद्रपुरदेखि बिर्तामोड जाने क्रममा महत्वपूर्ण कागजात भएको पर्स हराएको छ । अर्जुनधारा नगरपालिका–११ का भवानी शंकर फुयलको आज भद्रपुरदेखि बिर्तामोड जाने क्रममा महत्वपूर्ण कागजात भएको पर्स हराएको हो । उक्त पर्समा दुई वटा बैंकको एटिम कार्ड, कतारको दुई वटा मोबाइलको सीमकार्ड, नगद, लाइसेन्स लगायतका कागजात रहेको फुयालले झापा अनलाइनलाई बताउनुभयो । “मैले प्रहरी कार्यालयमा सामान हराएको निवेदन दिएको छ,” उहाँले भन्नुभयो, “भेट्नुहुने महानुभावले सम्पर्क गरेर उपलब्ध गराइदिनुभए उचित पुरस्कार समेत दिने थिएँ ।” उहाँले भेट्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नं. ९८४१९५२३४२ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।
बिर्तामोड, १७ असार । वर्षाका कारण आएको बाढीले झापाको अर्जुनधारा नगरपालिकामा जमिन कटान गरेको छ । अर्जुनधारा हुँदै बग्ने टाङटिङ नदीमा आएको बाढीले अर्जुनधारा–२ र ५ नं. वडामा खेतीयोग्य जमिनमा क्षति पुर्याएको हो । नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली लगायतको नगरको टोलीले बाढीले पुर्याएको ठाउँको स्थलगत अवलोकन गर्नुभएको छ । बाढीले क्षति भएको २ नं. वडाको चैरासे र ५ नं. वडाको पानीकलमा तत्काल जीआइ पाइप र तार जाली प्रयोग गरेर क्षति रोक्ने प्रयास गर्न नगरप्रमुख निर्देशन दिनुभएको नगरपालिकाका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिनुभयो ।
बिर्तामोड, १७ असार । झापाको बिर्तामोडबाट विद्युतीय अटो रिक्सा बिक्री शुरु भएको छ । अल्फा इ–अटो सप्लायर्सले आजदेखि महेन्द्रा कम्पनीको विद्युतीय अटो ‘ट्रेओ’को बिक्री शुरु गरेको हो । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईं, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले संयुक्त रुपमा शोरुम, सप्लायर्सका सञ्चालक कमल पौडेल लगायतले विद्युतीय अटो रिक्सा र शोरुमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईंले पेट्रोलियम पदार्थको मूल्य बृद्धि भइरहेको अवस्थामा विद्युतीय अटोको बिक्री शुरु हुनु सुखद् रहेको बताउनुभयो । उहाँले विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, विशेष अतिथि उवासंघ बिर्तामोडका अध्यक्ष शिवाकोटी विश्वमा विद्युतीय उपकरणको…
झापा, १७ असार । राष्ट्रिय सभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्तावलाई सर्वसम्मतीले पारित गरेको हो । त्यस्तै मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमवार…
झापा, १७ असार । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार जरिवाना गरेको हो । राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो ? क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपि माग गरेका हुन् । सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई…
धनकुटा, १७ असार । मोरङ र धनकुटाबाट लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङबाट चार र धनुकटाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनकुटाको धनकुटा नगरपालिका–१ स्थित हिले माबि अगाडी चेकजाँचको क्रममा ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् । उनको साथबाट लागुऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरिएको थियो । त्यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट…
झापा, १७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए । रासस
पैसा कमाउने उद्देश्यले एक महिलाले आफ्नो श्रीमानलाई नै ‘भाडा’ मा राखेकी छिन् । बढ्दो महँगीसँग जुध्नका लागि आफूले यस्तो गरेकी ती महिलाले स्पष्टिकरण पनि दिएकी छिन् । श्रीमानलाई भाडामा राख्नका लागि सुरुमा ती महिलाले एउटा वेबसाइट सुरु गरिन् र त्यसको प्रचारका लागि फेसबुकमा एउटा अभियान पनि चलाइन् । उनले यसको नाम ‘हायर माई ह्यान्डी हब्बी’ सर्भिस राखेकी छिन् । यस्तो रोचक घटना बेलायतको हो । महिलाको नाम हो – लौरा । आफूलाई यो आइडिया एक पोडकास्ट सुनेर आएको लौराले बताएकी छिन् । उनले पोडकास्टमा एउटा यस्ता व्यक्तिबारे थाहा पाइन् जसले मानिसहरुको घरको साधारण काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका थिए ।…