झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ जेठ । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् । २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

Read More

बिर्तामोड, ४ असार । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गरे ।  खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए । खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३…

Read More

बनियानी, ४ जेठ । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार–व्यवसाय लगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो । ‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिबृद्धि ः बिर्तामोड नगरको, विकास र सुशासनसहितको समृद्धि’ नारासहित नगरपालिको आगामी कार्ययोजना बनाएको हो ।नगरपालिकाले स्वास्थ्यतर्फ चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाका लागि उपयुक्त वातावरण तयार गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने,…

Read More

झापा, ४ असार । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू(भगमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो ः प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही…

Read More

जापानको नागोयामा रहेको स्टार्टअप कोकेनवा इंकले ‘पकेट टोइलेट’ उत्पादन गरेको छ । यसलाई विश्वको सबैभन्दा सानो, बोक्न मिल्ने शौचालय भनिएको छ । तपाईंलाई दिसा पिसाब लागेपछि तपार्ईं जुनसुकै अवस्थामा त्यसलाई बिसर्जन गर्न बाध्य हुनुहुनेछ । राम्रो शौचालयले हाम्रो दैनिक क्रियाकलापलाई सकारात्मक बनाउन निकै हदसम्म काम गर्छ । यो बिना हामीले आफ्नो जीवन कल्पना पनि गर्न सक्दैनौँ । युद्धग्रस्त क्षेत्रहरू र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा सबैभन्दा बढी खोजिने भनेको शौचालयहरू नै हुन् । तर त्यस्ता स्थानमा स्वच्छ शौचालयका खासै विकल्पहरु उपलब्ध हुँदैनन् । खासमा भन्ने हो भने पकेट टोइलेट भन्ने उत्पादन पनि उपलब्ध छ । यसको विशेषता के छ भने यो…

Read More

झापा, ४ असार । जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् । जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ…

Read More

झापा, ४ असार । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्। भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् । भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। ‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने…

Read More

झापा, ४ असार । मरुभूमिमा पसिनाका थोपा(थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन्।ू हरेरामले…

Read More

बिर्तामोड, ३ असार । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान बिर्तामोडको आयोजनामा र बिर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए । प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई शान्त्वना भएका थिए । त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात्रा तृष्णा भट्टराई प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी दोस्रो, मोहनमाया माविकी पुजा पुरी तेस्रो र देवी माविकी रोजु भण्डारी शान्त्वना…

Read More