झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ असार । आगामी चौबीस घण्टा देशभर सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले…

Read More

झापा, १६ असार । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ । माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १६ असार । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन्। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गरेका थिए । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता ९एसईसी० सम्पन्न भई २९७ जना कामदार…

Read More

झापा, १६ असार । पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् । पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् । उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो। कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ…

Read More

सुरुङ्गा, १५ असार । यौन हिंसामा परेका तथा सडक बालबालिकासँग यहाँस्थित बंगाली सवा समाज कनकाईले दही चिउरा खाएर असार १५ मनाएको छ । कनकाई नगरपालिका–१ स्थित सुस्तश्रवण सरोकार समाज नेपालको आश्रममा रहेका बालबालिकासामु असार १५ को दही–चिउरा खानको साथै बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको हो । बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलका अनुसार आश्रममा रहेका बालबालिकालाई समाजले खाद्यान्न सहयोग गर्नुका साथै उनीहरुलाई असार १५ को दहि चिउरा खुवाइएको हो । सुस्त–श्रवण सरोकार समाजकी अध्यक्ष शान्ता पोखरेल (भगिरथा)का अनुसार यस आश्रममा हाल २० जना फरक क्षमता भएका सडक बालबालिका, यौन हिंसामा परेका फरक क्षमताका बालबालिकाहरु रहँदै आएका छन् । उनीहरुलाई…

Read More

झापा, १५ असार । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडक खण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुन्जिबारी स्थित हुलकी राजमार्ग अन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकतिर कालोपत्र भन्दा भित्रको आधा भाग खाल्डो परेको छ । पूलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवत–जावतमा रोक लगाइएको छ । यता, जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । गाउँबस्तीमा बाढी पसेर…

Read More

झापा, १५ असार । महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार एकसय जना (५० प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको पाइएको छ भने ५३ जना (२७ प्रतिशत) महिला तथा बालबालिकामाथि यौन हिंसा भएको छ । जसमध्ये २३ वटा (१२ प्रतिशत) बलात्कारको घटना भएका छन् । तथ्याङ्कमा एक नाबालिकको बलात्कारपछि हत्या भएको उल्लेख छ । त्यस्तै, २८ वटा (१४ प्रतिशत) सामाजिक हिंसा, २० वटा (९ प्रतिशत) यौन दुर्व्यवहार, ८ वटा (४ प्रतिशत) हत्या र २ वटा…

Read More

झापा, १५ असार । विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् । सदस्य सावित्रकुमारी रेग्मीले सामाजिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई कार्यान्वयन गराउन निर्देशिका पनि आवश्यक रहेको बताइन् । सदस्य शान्ता पोखरेलले गर्भवतीदेखि ज्येष्ठ नागरिक ग्रामसम्म बजेट विनियोजन भएकामा खुसी व्यक्त गरिन् । सदस्य रामचन्द्र लिम्बूले पाँचथर, इलाम, धनकुटा, उदयपुर र मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरको स्तरोत्रतिका लागि सरकारले बजेट…

Read More

बिर्तामोड, १५ असार । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँचवटा विधामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् । झापाको केरखास्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५…

Read More

भद्रपुर, १५ असार । राष्ट्रिय धान रोपाई दिवश २०७९ को अवसरमा भद्रपुर नगर प्रमुख, उपप्रमुखले धान रोपेर भव्य रूपमा मनाएका छन् । कृषि शाखा भद्रपुरको संयोजनमा भद्रपुर २ स्थित कमलधाप क्षेत्रमा रहेको मार्गदर्शक महिला कृषि सहकारीको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, वडा सदस्य द्रोणप्रसाद कोइराला लगायत जनप्रतिनिधिहरूले धान रोप्दै धान रोपाई महोत्सव मनाएका हुन् । सोही अवसरमा हिले दौड समेत सम्पन्न गरिएको थियो ।

Read More