झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ असार । हिमाल सुरक्षा परिषद् नामक आपराधिक समूहको नेतृत्वकर्ता ४३ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल कारागार चलान भएका छन् । थुनामा राख्न अदालतले आदेश दिएपछि उनी लगायत तीन जनालाई कारागार चलान गरिएको हो । प्रहरीका अनुसार झापाको कनकाई नगरपालिका-८ लक्ष्मीपुरमा बस्दै आएका खगेन्द्र विभिन्न ठाउँमा बम आतङ्क मच्चाउने र चन्दा असुली गर्दै आएको आपराधिक समूह हिमाल सुरक्षा परिषद्का केन्द्रीय अध्यक्ष हुन् । परिषद्को नेतृत्व गरिरहेका उनीसहित सुनसरीको इटहरीकी आशा ठकुरी भनिने लक्ष्मीदेवी थापा र लमजुङको ढोडेनी गाउँपालिका(७ का २३ वर्षीय शेरजंग गुरुङलाई कारागार चलान गरिएको छ । तीनै जनालाई जिल्ला अदालत सुनसरीका न्यायाधीश सुवासबाबु पुरीको इजलासले गत जेठ…

Read More

हल्दिबारी, १४ असार । झापाको हल्दिवारी गाउँपालिकामा दुई दिने महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिवारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानुनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो । हल्दिवारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विधार्थीको सहभागितामा कार्यशाला शुरु भएको छ । पहिलो दिन आज वडा नं. १ र २ को सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलवार सहभागिता हुनेछ । कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् । मंगलवारको सहजीकरण मोरङकी अधिवक्ता विष्णु कुमारी तामाङले गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए…

Read More

बिर्तामोड, १३ असार । झापाको बिर्तामोडमा आज टिभीएस कम्पनीको नयाँ बाइक सार्वजनिक गरिएको छ । टिभीएस बाइकको आधिकारिक बिक्रेता पाथीभरा अटो लिङ्क बिर्तामोडले आज एक कार्यक्रमका बीच टिभीएसको आरटीआर १६० फोरभी बाइक सार्वजनिक गरेको हो । कार्यक्रममा बिर्तामोडमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, शोरुमका सञ्चालक याम कार्कीले संयुक्त रुपमा बाइक सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले टिभीएसले हरेक वर्ग, उमेरका मानिसलाई लक्षित गरेर टिभीएसले बाइकहरु उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले ग्राहकको सुविधालाई कम्पनीले सदैव प्राथमिकता दिएको उल्लेख गर्नुभयो । टिभीएसको आरटीआर १६० फोरभी बाइकको फिचरका बारेमा अटो लिङ्कका सेल्स…

Read More

मोरङ, १३ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–५ बुढीपुल स्थितबाट लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन । हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको ८ किलोग्राम गाँजा बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १३ असार । मेची राजमार्गको इलाम फिदिम सडक खण्डअन्तर्गत पाँचथरको फाल्गुननन्दद्द३ पाङ्ग्रेभीरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आइतबार बेलुका बिर्तामोडदेखि पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खसेको थियो । सो घटनामा परी कारका चालक हल्दिबारी–५ जलथलका ४५ वर्षीय प्रकाश बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँचथर फालेलुङ–२ का ३६ वर्षीय भीष्म केरुङ घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी…

Read More

झापा, १३ असार । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो । यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । नयाँ भाडाअनुसार काठमाडौंदेखि बाजुराको मार्तडीसम्म पुग्न ९ सय ४४…

Read More

झापा, १३ असार । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन् । यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्रयोगकर्ता भयमा छन् । पछिल्लो समय ९८२९६२८४९२, ९८२५५९९०६८, ९८२५५९९७४७ जस्ता मोबाइल नम्बरबाट यस किसिमको ओटीपी आउन थालेको छ । यस्ता नम्बरको सङ्ख्या दर्जनौँ पुगिसकेको छ ।…

Read More

झापा, १३ असार । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८–७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८–७९) मा उल्लेख छ । कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत र गण्डकीको ९ दशमलव ६ प्रतिशत योगदान रहेको छ । मुलुकको समग्र…

Read More

झापा, १३ असार । देशभर मनसुनी वायुको प्रभावका कारण सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित…

Read More

बनियानी, १३ असार । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिए । ‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’, उनले भने, ‘केही घर निर्माणका क्रममा छन् ।’ सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप…

Read More